शाहको ७५ हजार रुपैया चौधरीले बुझाए

२०७४ पुष २३, आईतवार २१:४९ मा प्रकाशित

घोराही, २३ पुस । तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहको हराएको ७५ हजार रुपैया डिल्लु चौधरीले बुझाउनुभएको छ । शाहले आज बेलुका तुलसीपुरको विरेन्द्र चोकमा हराउनुभएको थियो । हराएको ७५ हजार रुपैया चौधरीले भेटाएपछि प्रहरीलाई बुझाउनुभएको थियो ।

तुलसीपुरको सितलपुर चौकमा डिल्लु हेयर कटिङ ब्यबसाय सञ्चालन गर्दै आउनुभएका चौधरीले रुपैया भेटाए लगत्तै प्रहरीलाई बुझाउनुभएको थियो । उद्योग बाणिज्य संघका उपाध्यक्ष शाहले चौधरीलाई धन्याबाद ज्ञापन गर्नुभएको छ ।

SPONSORED

SPONSORED