आजको राशिफल

२०७४ पुष ६, बिहीबार १०:१४ मा प्रकाशित

२०७४ साल पौष ०६ गते विहिवार
पौष शुक्ल पक्ष तृतिया तिथी
सुर्यादय विहान ६ः५२ सुर्यास्त साँझ १७ः१२
मेष आम्दानी तथा सम्मान हात पार्ने समय छ । पुरानो साथी भेटिनुका साथै प्रेम सम्वन्ध सफल हुनेछ । मेहनत तथा लगनशीलताले प्रसिद्धि बढ्नेछ । आम्दानीको स्रोत सबल बन्नेछ ।
बृष सामाजिक कामको परिबन्धले केही झमेला निम्त्याए पनि तपाईलाई सम्मान मिल्नेछ । हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ ।
मिथुन केहि असन्तोष होला । समय मै काम नबन्दा मानसिक बोझ बढ्नेछ । परिवारको काममा रोकावट होला । तर पनि समाजको उन्नतिको लागी समय दिन सकिनेछ ।
कर्कट नयाँ काम प्रारम्भ होला । तर अरूका लागि उपयोग भइने छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ ।
सिह प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । भौतिक साधन लाभ हुनेछ ।
कन्या विद्यामा प्रगतिको योग देखिँदैन । तपाईको योग्यताको कदर हुन सक्ने छैन । कार्य रोकिन जानेछ । आजको दिन अचानक प्रेममा बाधा अवरोध देखिनेछ । गरिएको लगानी असफल देखिन्छ ।
तुला पारिवारीक रुपमा असन्तुष्ट समय रहन सक्नेछ । किनबेचमा घाटाको समय रहला । बोली दोषले गर्दा बन्न थालेको कार्य रोकिने देखिन्छ । आजको दिन भुमिमा विवाद रहला ।
बृश्चिक कार्य सञ्चालनमा सहयोग मिल्नेछ । बलवान कार्य होला । मित्रहरुको साथ घुमफिरको बातावरण तयार हुने समय देखिन्छ । परिवारसँग मेलमिलाप होला । आनन्दयूक्त समय रहने देखिन्छ ।
धनु ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू पुनः सुरु हुनेछन् । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर गुम्नेछ ।
मकर अवसरले मार्ग निर्देशित गर्ने छ । आजको दिन लगनशीलताले कीर्तिमानी दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।
कुम्भ आम्दानी फस्नेछ । कामको दायित्व पनि बढ्न जानेछ । आजको दिन बीचमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफन्तको शुभ आर्सिवाद प्राप्त हुने समय बन्नेछ ।
मिन विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । अहिलेलाई लगानी भएपनि पछिको लागी अवसर जुट्नेछ । समय शुभ प्राभावको देखिन्छ ।
चिना (जन्म कुण्डली) लेख्न, ग्रह सम्बन्धी जान

SPONSORED

फोन ९८५७८२८०७२, ९८४७८२८०७२

SPONSORED

SPONSORED