चर्चित लोक गायिका शर्माको तीज गीत ‘चौतारी’ सार्वजनिक (भिडियो)

२०७६ श्रावण ४, शनिबार १९:५२ मा प्रकाशित


काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको हो । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ ।

गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय समाजमा पारिवारिक कलहले विकृत बन्दै गइरहेका बेला शर्माले चौतारी तीज गीत मार्फत पारिवारिक प्रेमलाई मिठास रुपमा प्रस्तुत गरी समाजलाई सकारात्मक सन्देश दिने चेष्टा गरेकी छन् ।

SPONSORED

खुमन अधिकारीको लय बैकुण्ठ महतको शब्द रहेको गीतमा शीतल शर्माले स्वर भरेकी छन् ।

SPONSORED

भिडियो

SPONSORED