कला लम्सालकाे ‘पातली ‘ बोलको तिज गीत सार्वजनिक(भिडियोसहीत)

२०७६ श्रावण ४, शनिबार १९:४१ मा प्रकाशित

घोराही । । तनहुँको थर्पुमा जन्मिएकी कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम बनाउन सफल भएकी छन् ।

तनहुँकी गायिका भनेर देश विदेशमा चिनँदै आएकी कला लम्सालले यस वर्षको तीजलाई ‘पातली ‘बोलको गीत कोसेली बजारमा ल्याएकी छिन् । शिव हमालको शब्द तथा लयमा बजारमा आएको गीतमा कला लम्साल संगै करिस्मा ढकालले अभिनय गरेकी छिन् । आफनै लगानीमा निर्माण गरेको उक्त भिडियो अहिले आफनै नयाँ युट्युव च्यानलबाट सार्वजनकि गरेको भिडियो छन् । भिडियो राखेको तीन दिनैमा ७० हजार भन्दा बढीले हेरि सकेका छन् ।

SPONSORED

मौलिक गीत गाउने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी’ लगायतका तीज गीत बजारमा ल्याएकी छिन् । कलाका १० वटा भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् ।

SPONSORED

उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रहेकोद थियो । हरितालिका तीज लोक संस्कृतीको जर्गेना गर्ने पर्व भएकाले आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएको गायिका लम्सालले बताइन । उनले तीज सँग नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नका लागि मौलिक गीतको निर्माण तर्फ लागेको बताईन् ।

SPONSORED

तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् । उनले सांगीतिक क्षेत्रमा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई अघि बढाउने योजना छ ।

यो गित भिडियोमा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।