काठमाडौं
/ राष्ट्रियसभा सदस्य कोमल वलीले कलाकारहरुले माग गरेको ‘रोयल्टी’ सम्बन्धि मागलाई कानुनमा समावेश गर्ने बताएकी छिन् ।

शनिबार काठमाडौंमा नेपाल सांगीतिक संघको १९ औं साधारणसभालाई सम्बोधन गर्दै उनले अहिले केन्द्रीय संसदले कानुन निर्माण गरिरहेको भन्दै वौद्दीक सम्पत्तिको रक्षार्थ स्रष्टालाई शिरमा राखेर कानुन संसोधन गर्न लागेको बताईन् ।

त्यस अवसरमा बरिष्ठ संगीतकार दिपक जंगमले श्रष्ठाहरुवीचमा पनि छलफलको आवश्यकता भएको बताए । यसले संगीतको विकासमा ठुलो टेवा पुग्ने उनको भनाई छ ।वरिष्ठ गायक प्रेमध्वज प्रधानले अहिले भईरहेको संगीतको विकासबाट आफु हर्षित भएको बताए । सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको साधारणसभाको सहजीकरण उपाध्यक्ष शशि शर्मा मजगैंयाले गरेका थिए ।