काठमाडौं
२० मंसिर / गणेश बेलबासेको निर्देशन रहेको चलचित्र ‘प्रेमनाथ’को छायाँकन सकिएको छ । केही दिन अगाडि पशुपतीमा बाबाजीहरुको दृश्य खिच्दै निर्माण युनिटले चलचित्रको छायाँकन सकाएको हो ।

‘चलचित्र प्रारम्भिक सम्पादनमा जुटिसकेको छ’ निर्देशक बेल्बासेले भने ‘२,४ दिनमा सकिन्छ । त्यसपछि डबिङको काम थालिनेछ ।’प्रेम कथाको बिषयमा बनेको ‘प्रेमनाथ’को सम्पादन अनन्त घिमिरेले गरेका हुन् । दाङ, रोल्पा, लुम्बिनी, बुटवल, भैरहवा, नेपालगन्ज, काठमाडौं र भारतको लखनउमा छायाँकन गरिएको चलचित्रमा राज थापा, कृति गौतम र मोनालिशा विष्ट लगायतको मुख्य भुमिका रहेको छ । कृति र मोनालिशाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

सुरबीर पण्डित, गजित बिष्ट, नबिन श्रेष्ठ, कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको चलचित्रमा निर्देशक बेलबासे आफैले खलनायकको भूमिका निर्बाह गरेका छन् ।चलचित्रको प्रदर्शन मिति अहिले तोकिएको छैन ।