संगीतकार नरेश खाती क्षत्रीको गीत बिन्ध्यवासिनी अवार्डमा प्रतिस्पर्धा गर्दै

२०७५ कार्तिक २५, आईतवार २१:३१ मा प्रकाशित

काठमाडौं । संगीतकार एवम् गायक नरेश खाती क्षत्रीको लोकदोहोरी गीत ‘रुदै रुदै तिम्रो शहर…’ बोलको गीत बिन्ध्यवासिनी म्युजिक अवार्डमा मनोनयन सहित कडा प्रतिस्पर्धामा रहेको छ ।

बिन्ध्यवासिनी म्युजिक अवार्ड मनोनयनमा परेको यो गीतलाई भोटिङ गर्न संगीतकार खातीले आग्रह गरेका छन् । ‘मेरो गीत बिन्ध्यवासिनी म्युजिक अवार्डको मनोानयनमा परेको छ’, उनले भनेका छन्, ‘दर्शक स्रोताहरूले भोटिङ गरिदिनुभयो भने पुरस्कार जित्ने सम्भावना छ ।’ प्रतिस्पर्धामा रहेको गीतलाई जिताउन भोटिङ आवश्यक रहेको उनले बताए ।

यो गीतलाई भोटिङ गर्न संगीतकार क्षत्रीका अनुसार मोबाइलको म्यासेज बक्समा गएर ‘बिएमए’ टाइप गरी स्पेस दिएर ‘१७सी’ टाइप गरेर ३३००१ मा सेण्ड गर्नुपर्छ । यति भएपाछि एक भोट प्राप्त हुन्छ ।

गीतमा मेक्सिम खाती र पूर्णकला विसीको स्वर रहेको छ । गीतमा शब्द र संगीत नरेश खातीले दिएका छन् । म्युजिक भिडियोमा रञ्जिता गुरुङ, हेउबाला गौतम, महेन्द्र गौतम, नरेश खाती क्षत्री र सुनिता थापाको अभियन रहेको छ ।

https://www.youtube.com/watch?v=kv8rmp5rr4I