काठमाडौ । गायिका पारु रञ्जित र गायक पुस्कर सुनुवारको स्वरमा तिहार गीत सार्वजनिक भएको छ । ‘आयो है तिहार बोलको गीतमा तिहारका केही मौलिक पक्षको चर्चा गरिएको छ । शहरको रमझमले छाँयामा पर्दै गएको देउसी र भैली जस्ता मौलिक पर्व जोगाउन आफुले तिहार गीत सार्वजनिक गरेको पारुको भनाई रहेको छ ।

देउसी भैलो गीतमा किरण के उप्रेतीको रचना रहेको छ भने पुस्कर सुनुवारले संगीत तयार पारेका हुन् । उक्त गीतको भिडियोमा कजिश श्रेष्ठको निर्देशन, मोहन सुनुवार (नबिन)को सम्पादन र अजय रेग्मीको छायांकन रहेको छ । कजिश श्रेष्ठ,मनु मगर,केशब बिश्वकर्मा, प्रमिला पुन ,रेश्मा बोम्जनलगायतले अभिनय गरेका छन् ।