मुस्ताङ । मुस्ताङको जोमसोमा ‘तिमी टाढा कता कता…’बोलको गीत छायाङ्कन मंगलबार गरिएको छ ।

कर्ण दाश र प्रश्ना शाक्यको स्वरमा सजिएको गीतमा बसन्त निरौलाले निर्देशन गरेका छन् । पवित्रा आचार्यको कोरियोक्राफी रहेको गीतमा दिव्य सुबेदीले छायाङ्कन गरेका छन् ।सारा सिर्पाली  र विजय कार्कीको अभिनय रहेको गीत अरविन्द पौडेलले निर्माण गरेका हुन् । कर्ण दाशको संगीत रहेको गीत किशोर दत्त बरालले लेखेका हुन् ।