काठमाडौं । गायक एवम् संगीतकार नरेश खाती क्षेत्रीले ठट्यौली शैलीमा ‘मुइ खानलाई आमला…’ बोलको गीत रिलिज गरेका छन् ।

गीतमा गायिका पविना तामाङले नरेशलाई साथ दिएकी छिन् । गीतको शब्द नरेश आफैले लेखेका हुन् । आधुनिक, लोक तथा दोहोरी लगायतका गीतहरूमा संगीत एवम् स्वर दिँदै आएका नरेशले ठट्यौली शैलीमा गीत ल्याएर सबैलाई आश्चर्यमा पारेका छन् ।

आफ्नै युट्युब च्यानलबाट नरेशले म्युजिक भिडियो रिलिज गरेका छन् । गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको ‘मुइ खानलाई आमला…’मा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा विष्णु सापकोटा ‘हर्के हवल्दार’, पुजन घिमिरे, झक्कड थापा, बलबहादुर खातीको अभिनय रहेको छ