संगीतमा बिकृति होईन्, परिबर्तन भएको हो’

२०७५ कार्तिक १०, शनिबार १४:५३ मा प्रकाशित

तुलसीपुरकी रेश्मा केसी लामो समय देखि संगीतिक क्षेत्रमा क्रियाशील छन् । उनको धेरै गीत बजारमा आएका छन् । सानै देखि गीत संगीतमा रुची राख्ने केसी पछिल्लो समय स्टेज कार्यक्रमहरुबाट पनि निकै अफर आउने गरेको छ । उनै केसीसंग सुमन केसीले गरेको कुराकानीको सारसंक्षेप ।

आजभोलि के मा ब्यस्त हुनुहुन्छ ?

SPONSORED

आजभोलि गीत रेकर्डिङको काम ब्यस्त छु । संगितक कार्यक्रमहरुमा पनि ब्यस्त छु । बिभिन्न स्टेक कायक्रमहरुमा भ्याईनभ्याई छ । भखरै मात्रै नयाँ गीत पनि आको छ । ‘खै किन हो’ नामक गीत बजारमा आएको छ ।

SPONSORED

सांगीतिक क्षेत्र कतिको सजिलो पेशा हो ?

SPONSORED

सांगीतिक क्षेत्र मात्र हैन हरेक क्षेत्रमा जुन आफ्नो मनैदेखि लगाब रहन्छ नि त्यो पेशा अफ्ट्यारो वा त ग्रारो भन्ने हुँदैन । त्यो सजिलो नै हुन्छ । त्यसैमा हरेक ब्यक्तिको भोगाइ फरक– फरक हुन्छ । नयाँ आएका ब्यक्तिका लागि भने गाह्रो छ । तन, मन लगाएर संगीतमै समर्पित ब्यक्तिहरुलाई भने सहज नै छ जस्तो लाग्छ मलाइ ।

सांगीतिक यात्रा कसरी सुरु भयो ?

मेरो सानैदेखि गीत सगीतमा धेरै लगाब थियो । अनि पारिवारिक माहोल नै संगीतमय भएर होला ममा पनि गीत संगीतको नाशा चड्दै गयो र बड्दै गयो । अनि सबैबाट साथको हौसला पाए । साथै पारिवारिक माहोलले गर्दा फेरी नै संगीतमा केही गर्नुपर्छ र सगीतमै लाग्नु पर्छ भन्ने लागेर अहिले यसमै लागि परेकी छुँ ।

गीत संगीतको भविष्य कस्तो छ ?

गीत संगीतको भविष्य पहिलेको भन्दा धेरै राम्रो छ । समय अनुसार परिवर्तन भयेको छ, यो खुसीको कुरा हो । हामीले परिवबर्तलाई बिकृती भन्न चाहिँ मिल्दैन जस्तो लाग्छ मलाई । दर्शक स्रोताले जस्तो खोज्नुहुन्छ, जस्तो रुचाउनु हुन्छ त्यो अनुसार हामी चल्नु पर्ने हुन्छ जस्तो लाग्छ मलाई । गीत संगीतमै लागि परेर आउनेहरुका लागि भने भविष्य उज्ज्वल छ ।

गीत संगीत क्षेत्रको सुधारमा राज्यले कस्तो कुरामा ध्यान दिनुपर्ला ?

गीत संगीत क्षेत्रमा मात्र हैन कि सबै क्षेत्रमा राज्यको आँखा पुग्यो भने अनि बल्ल सबै कुरा ब्यवस्थित हुन्छ जस्तो लाग्छ । हुन त गीत संगीतिकमा धेरै परिवर्तन भएको छ पहिलेको भन्दा, नेपाली गीत संगीत देश बिदेशसम्म पु¥याउन आफ्नो देशलाई विश्वमा चिनाउन जति दुख गर्नु भएकोे छ । त्यस्तो ब्यक्तिहरुलै अर्थात् श्रष्टाहरुलाई राज्येले सहयोग गरोस् । राष्ट्रको गहना सम्झेर छुट्टै ब्यवस्था गरोस् । नेपाल कला संस्कृतिमा आफैमा धनि छ । यहि कला संस्कृतिलाई संसार सामु पु¥याउन साथै जगेर्ना गर्न राज्यले पनि सहयोग गरे अझ राम्रो हुन्नेथ्यो जस्तो लाग्छ ।

अन्त्यमा के केही भन्नु छ ।

सबै स्रोता तथा दर्शकहरु, पाठकहरुलाई धन्यबाद दिन चहान्छु । हजुरहरुको माया साथ रहिरहोस् साथै यससंग जोडिनु भएका सम्पुर्ण परीवार र विशेष त सुमन केसीलाई धन्यबाद दिन चहान्छु ।