कोमल वलिले दाङमा स्थापना गरीन् चलचित्र पुरस्कार

२०७५ कार्तिक ७, बुधबार १९:५८ मा प्रकाशित

घोराही, कार्तिक ७ । चर्चित लोकगायिका, राष्ट्रिय सभा सदस्य कोमल वलिले चलचित्र पत्रकारीता पुरस्कार स्थापना गरेकि छिन् । उनले दाङ जिल्लालाई चलचित्र नगरीको रुपमा बिकास गर्न दाङ जिल्लामा रहेर कृयासिल रुपमा चलचित्र पत्रकारिता गर्ने एक जना उत्कृष्ट चलचित्र पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले सो पुरस्कार स्थापना गरेको बताइन् ।

कोमलले केही दिन अगाडि रिपोर्टर्स क्वल दाङले आफुलाई सम्मानस्वरुप प्रदान गरेको नगद पुरस्कारलाइ उनले आफ्नोतर्फवाट चलचित्र पुरस्कार स्थापना गरेको घोषणा गरेकि थिइन् । उनले स्थापना गरेको सो पुरस्कारको अक्षयकोषको राशि एघार हजार एक सय एघार रुपैयाँ रहेको छ । सांसद कोमलले हरेक बर्ष नगदसहीत सम्मान स्वरुप रिपोर्टर्स क्लब नेपाल दाङ शाखामा कोमल वली फाउन्डेसन मार्फत आफ्ना पिता ललित बहादुर वली र माता दिपा वलीको नाममा ललित–दिपा उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीने जानकारी दिइन् ।

SPONSORED

चलचित्र पत्रकार संघ दाङले चलचित्र पत्रकारीता पुरस्कार स्थापना गरेकोमा सांसद कोमललाई धन्यवाद दिएको छ । संघका अध्यक्ष धुर्वराज न्यौपाने(डि.आर.एन)ले चलचित्र पुरस्कार स्थापना गरेर चलचित्र सम्वन्धी समाचार, लेख, रचना सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण गर्न सहयोग पुर्याएको भन्दै यो उत्कृष्ट कार्यका लागि सांसद कोमललाई संस्थाको तर्फवाट धन्यवाद दिएको बताए ।

SPONSORED

SPONSORED