२०७६ कार्तिक १७, आईतवार १९:५२

नेकपाले दाङ ३ ख मा दियो उत्तरकि पत्नी बिमलालाई टिकट, शोभाराम बस्नेत र चुर्ण वलिको नामा मात्रै सिफारीस

घोराही १७ कात्तिकर नेपाल कम्युनिष्ट पार्टी नेकपाले दाङ क्षेत्र नं। ३ को प्रदेशसभा २ का लागि उम्मेदवार टुंगो लगाएको छ । आईतबार साँझ बसेको नेकपा सचिबालय बैठकले उपनिर्वाचन हुने उक्त क्षेत्रकालागि बिमला ओलीलाई उम्मेदवार बनाउने भएको हो । त्यस क्षेत्रका प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनकालागि बिमलालाई उम्मेदवार बनाउने भएको हो

घोराही–१६ मा कांग्रेसबाट डिसी सर्वसम्मत उम्मेद्वार

दाङ,१७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं। १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं। २ को पदाधिकारीको आज आइतवार घोराहीमा सम्पन्न बैठकले वडा नं। १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई

सासुको घरमा आगो लगाउने ज्वाँई पक्राउ परे

दाङ,कात्तिक १७ । आफ्नै सासु (आमा)को घरमा आगो लगाएर फरार रहेका ज्वाँई पक्राउ परेका छन् । सासुको घरमा आगो लगाएर फरार जिल्लाको साविक घोराही नगरपालिका वडा नं. ६ र हालको घोराही उपमहानगरपालिका वडा नं. १८गिठेपानी निवासी २६ बर्षीय रामबहादुर विक पक्राउ परेका छन् ।विकले घोराही उपमहानगरपालिका वडा नं. २ निवासी सुन्तली विकको घरमा २०७३ साल बैशाख १३ गते बेलुका ६ बजेतिर आगोलगाएका थिए । उच्च अदालत तुलसीपुरले उक्त कसुरमा दोषी ठहर गर्दै २०७५ साल फागुन १४ गते ४ बर्ष कैद सजायको फैसला गरेकोथियो । त्यसयता फरार रहँदै आएका विकलाई आइतवार विहान ६ बजेतिर गोप्य सूचनाको आधारमा घरवाटै पक्राउ गरिएको जिल्लाप्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । पक्राउ परेका विकलाई आवश्यक कानुनी कारवाहीको लागि आइतवार नै अदालत पेश गरिएको छ ।

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु

दाङ,कात्तिक १६ । दाङस्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु भएको छ । laasमृत्यु हुनेमा छिमेकी देशभारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेल रहेका छन् । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार पटेल आइतवार विहान साढे ६ बजेतिर घोराही उपमहानगरपालिका  वडा नं. ३स्थित सगरमाथा सिमेन्ट कारखानाको निर्माणाधिन भवनवाट लड्न पुग्दा गम्भीर घाईते भएका थिए ।   टाउकोमा गम्भीर चोट रहेका पटेललाई घोराहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमापठाइएको थियो । उनको त्यही उपचारका क्रममा विहान साढे १० बजेतिर मृत्यु भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड र महासचिब बिष्णु पौडेल कार्तिक २० गते दाङ आउने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” कार्तिक २० गते दाङ आउनुहुने भएकाे छ । नेकपा दाङले तुलसीपुरमा आयाेजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आउने नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयाे । प्रचण्डसँगै पार्टी महासचिव विष्णु पाैडेल पनि आउनुहुने उहाँले जानकारी दिनुभयाे । नेकपाले पार्टी एकता पछि अध्यक्षकाे सहभागीतामा

कार्तीक २० गते प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापा दाङ आउदै

घोराहि, कार्तीक १७ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यही कात्र्तिक २० गते राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउँदै छन् । आगामी मंसीर १४ गते हुने निर्वाचनका लागि राप्रपा दाङले कार्तिक २० गते तुलसीपुरमा चुनावी घोषणा कार्यक्रम राखेको छ । घोषणा सभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष थापा दाङ आउन लागेको राप्रपा