श्रीगाउँमा काँग्रेसको रणनीतिक छलफल,सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोस – नेता दीपक गिरी

 दाङ,कात्तिक २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आह्वान गरेका छन् । दंगिशरण गाउँपालिका वडा नं. ६ को श्रीगाउँ मैदानमा आयोजित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै नेता गिरीले काँग्रेस जीवन मरणको अवस्थामा रहेको हुँदा हिजोका सानातिना तितोपिरो विर्सेर काँग्रेसको पक्षमा जनमत निर्माणका लागि खटिन सबै नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

‘कम्युनिष्ट आतातायिका विरुद्धमा र लोकतन्त्रको पक्षमा एक भएर लाग्नुहोस,’ नेता गिरीले भने ‘ अन्यथा भोलि लोकतन्त्र धरापमा पर्ने खतरा देखिइसकेको छ।’

काँग्रेसले मंसिर १४ गते हुने निर्वाचनमा दाङमा केशव आचार्य जस्ता निष्ठावान नेतालाई उम्मेदवार बनाएको हुँदा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे । ‘केशवजी व्यक्ति हो, तर हाल उहाँको जीत र हार नेपाली काँग्रेस संग जोडिएको छ,’ नेता गिरीले भने ‘ उहाँका व्यक्तिलाई भन्दापनि पार्टीलाई हेरेर रुखमा मतदान गर्नुहुन आग्रह गर्दछु।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य तथा पूर्व श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले चुनाव कुनै व्यक्ति र गुटको नहुने हुँदा सबैले लोकतन्त्रको रक्षाको लागि मतदान गर्न आग्रह गरे । कम्युष्टि सरकारले जनताको ढाड सेकिने गरि कर बृद्धि गरेको हुँदा त्यसवाट छुटकारा पाउन नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले गुट उपगुटको कुरा छोडेर एक जुट भएर निर्वाचनमा होमिन सबैलाई आग्रह गरे । उनले यो जितसंगै भविस्यमा नेपाली काँग्रेसको विजय यात्रा सुरु हुने दाबी गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेदवार केशव आचार्यले आगामी चुनाव व्यक्तिगत रुपमा आफ्नो मात्रै नभइ काँग्रेसको प्रतिष्ठा समेत जोडिएको हुँदा प्रजातन्त्रकको रक्षाको लागि मतदान गर्न अपिल गरे । ‘म व्यक्ति हुँ ,जानेर नजानेर कहिले काँही मेरा कमिकमजोरी रहे होलान,’ उम्मेदवार आचर्याले भने ‘ तर अब त्यो सबै विर्सिदिनुहोस मलाई भन्दापनि प्रजातन्त्रको रक्षाको लागि नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्नुहोला।’

उनले केही कमिकमजोरी भएको भए आत्मआलोचना गर्ने तथा भोलिका दिनमा सच्याएर जाने उनले प्रण गरे । उनले आफु सबै गाउँ र बस्तिमा पुग्न नसकेपनि त्यसलाई अन्यथा नठानी सहयोग गर्न आग्रह गरे । आफुले आजिवन प्रजातन्त्र र लोकतन्त्रका लागि जीवन समर्पन गरेको व्यक्ति भएको हुँदा भविस्यमा पनि जनताकै माझमा रहने उनले प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस दाङका सचिव शंकर डााँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, युवा नेता सुरेश हमाल, नेतृ देवा डाँगी लगाएत अन्य दर्जनवढी बक्ताहरुले नेपाली काँग्रेसका उम्मेदवार केशव आचार्यलाई विजयी बनाउन कुनैपनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

५०१ सदस्य प्रचार प्रशार समिति
नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यलाई सघाउन निर्वाचन क्षेत्र नं. ३ (२) का क्षेत्रीय सभापति खिमबहादुर वलीको संयोजकत्वमा ५०१ सदस्य मुल प्रचार प्रशार समिति गठन गरेको छ । श्रीगाउँमा भएको भेलाले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा विजयी गराउन सहयोग गर्ने उदेश्यले गठित समितिको सदस्यहरुमा गाउँपालिका कार्यसमितिका पदाधिकारी रहेका छन् ।

जसमा शोभाकर न्यौंपाने,बुद्धिराम तिवारी, बलबहादुर बुढा, तुलसीपुर उपमहानगरपालिका सभापति,२५ वटै वडा समितिका सभापतिहरु, प्रेस यूनियनका प्रतिनिधि, काँग्रेस महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, पूर्व महाधिवेशन प्रतिनिधिहरु, पूर्व गाउँ समितिका सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु, शुभेच्छुक संघ संस्थाका अध्यक्षहरु सदस्यहरु रहेका छन् ।

दिपक गिरीले भने–काग्रेसले यसपालिको चुनाव दाङवाट जितेर देशैभरी नयाँ शन्देश दिन्छ’

घोराही, कार्तिक २१ । नेपालि काग्रेसका नेता दिपक गिरीले यसपालिको उपनिर्वाचनमा काग्रेस एकतावद्ध भएको बताएका छन् । घोराहीमा उमेद्वारीपछि काग्रेस पार्टि कार्यालयमा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै गिरीले पार्टिले योग्य र सक्षम उम्मेद्वार चुनावि मैदानमा ल्याएको भन्दै अहिलेको कम्युनिष्ट सरकारको ज्यादतिवाट जनता असन्तुष्ट भएको बताए ।

उनले प्रदेश प्रमुख हटाउन सक्ने सरकारले प्रदेश ५ को राजधानि तोक्न नसकेर जनता अल्मलाइरहेको पनि बताए । काग्रेसले ल्याएको बजेट तथा कार्यक्रम जति पनि अहिलेको वर्तमान सरकारले ल्याउन नसकेको भन्दै काग्रेसले ल्याएका योजनाहरु अहिले कम्युनिष्टका नेताहरुले उद्घाटन गर्दै हिडेको आरोप लगाए । काग्रेस एकतावद्ध भइसकेको र अव काग्रेसलाई कसैले हराउन नसक्ने बताए । पश्चिम दाङमा काग्रेसको वलियो जनमत रहेको भन्दै यसलाई सहीरुपमा सदुपयोग गरेर जनताको पक्षमा काग्रेस पुरै उभिने बताए । कम्युनिष्ट सरकारले जनतालाई भुलभुलैयामा पारेर अघिल्लो पटक चुनाव जितेको आरोप लगाउदै काग्रेसप्रति जनताको विश्वास थप बढ्दै गएको गिरीले बताए । दाङमा अघिल्लो चुनावमा हेभिवेट र राजधानिको प्रचार गरेर कम्युनिष्टले चुनाव जितेको र चुनाव जितेको झन्डै दुई वर्ष भन्दा बढि हुन लाग्दा पनी राजधानि तोक्न नसकेर जनतालाई झुक्याउन खोज्नु राजनितिक वेइमानि भएको टिप्पणि गरे ।

उनले घोराही १६ र दाङ ३ ख मा काग्रेसले विजयको सुरुवात गर्ने भन्दै सम्पुर्ण काग्रेस नेता, कार्यकर्तालाई इमान्दारीतापुर्वक चुनावमा खट्न निर्देशन दिए । उनले अहिले चुनाव जितेमा अन्य आउने चुनावमा सबै पार्टिका नेताहरुले अवसर पाउने भन्दै यो कुरालाई मनन गरेर अघि बढ्न पनि आग्रह गरे ।

इञ्चार्ज शंकर पोख्रेलले भने–उत्तर कुमारलाई सम्झेर विमलालाई जिताउनुहोस, विकासको लहर ल्याउछौ’

घोराही
२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले दिवंगत उत्तरकुमार वलीको सोच पुरा गर्न उहाँकी धर्मपत्नी विमलाकुमारी खत्री वलीलाई उमेद्वार बनाईएको बताउनुभएको छ ।

दिवंगत उत्तरकुमार वलीले पश्चिम दाङको बिकासमा खेलेको भूमिका र जनताको भावना बोक्ने नेता भएका कारण उहाँको सपना पुरा गर्न धर्मपत्नीलाई उमेद्वार बनाईएको पोख्रेलको भनाई छ ।

आज घोराहीमा उमेद्वारी पछि भानु चोकमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले रातदिन चुनावी अभियानमा खट्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

उत्तरकुमारको अभाबलाईै विमलाले पुरा गर्ने क्षमता राख्ने भन्दै उहाँले जित सुनिश्चित रहेको समेत दावी गरेका छन । अब विमलालाई पश्चिम दाङको विकासमा खम्बाकोरुपमा पार्टीले जिम्मेवारी दिएको भन्दै एक ढिक्का भएर जिताउन लाग्नुपर्नेमा जोड दिएका छन ।

विमलाकै साथ सहयोगले उत्तरकुमार वलीले जनताको भावना जित्न सकेर नेतृत्व गर्ने हैसियतमा पुगेको उहाँको भनाई छ । त्यसैले उत्तरकुमार वलीको सोच र योजना पुरा गर्न विमलालाई उमेद्वार बनाईएको समेत पोख्रेलले धारणा राखेका छन ।

सभामा उमेद्वार विमलाले पार्टीले गरेको विश्वास र दिएको जिम्मेवारीलाई श्रीमानको सपना पुरा गर्ने अबसरकारुपमा लिएको बताएका छन । सबैको साथ सहयोग आबस्यक रहेको भन्दै उहाँले अब जनताको सेवा र विकासमा खट्ने प्रतिबद्धता जनाएका छन।

दाङका स्थानीय तहका प्रतिनिधि भन्छन्: बल्ल जनप्रतिनिधि भइयो

देवेन्द्र बस्नेत 

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का सुरेश श्रेष्ठ उक्त वडाका वडा सदस्य हुन्। जनस्तरमा प्रत्यक्ष रूपमा जोडिँदै आएका सुरेशलाई दुई वर्षसम्म आफू जनप्रतिनिधि भएको भान नै भएन। कारण उनलाई सर्वसाधारण स्वयंले नै जनप्रतिनिधिभन्दा पनि कर्मचारीको दृष्टिले बुझ्थे। सर्वोच्च अदालतको शुक्रबारको फैसलाले उनलाई ठूलो राहत मिलेको छ। उनले भने, ‘कार्यकालको दुई वर्षसम्म जनप्रतिनिधिको रूपमा भन्दा पनि कर्मचारीका रूपमा जनताले बुझे, अहिले बल्ल जनप्रतिनिधि हुँ भनेर गर्व गर्न पाइने भयो।’

जनप्रतिनिधिको मासिक सेवासुविधा तोकेको प्रदेश ५ ले वडा सदस्यको मासिक तलव ९ हजार रुपैयाँ तोकेको थियो। ९ हजार मासिक तलव बुझ्दै आएका सुरेशले सर्वसाधारणले आफूलाई कर्मचारीकै दर्जा दिएको धेरैपटक सुने। सर्वसाधारणले भनेको काम समयमै हुन नसकेको खण्डमा गुनासो सुन्नुपथ्र्यो। जनप्रतिनिधिका नाममा कर्मचारी न हुन्,’ सुरेशले भने, ‘तल्लोस्तरसम्म प्रत्यक्ष जोडिने भनेको हामी वडा सदस्य हो, हामीहरू जनतासामु पुग्दा जागिरेको रूपमा हेर्थे, भनेको समयमा काम भएन भने कर्मचारी हुन् भनेर गुनासो गरिन्थ्यो।’

तुलसीपुर उपमहानगरकै वडा नम्बर ११ का वडा सदस्य सुवास डाँगीले पनि सर्वोच्चको फैसलाको स्वागत गर्दै भने, ‘स्थानीय जनप्रतिनिधिको अपमान हुनेगरी दिइएको तलब सुविधा रोक्नु सम्मानित अदालतको आदेश स्वागत योग्य छ, अब बल्ल पो जनप्रतिनिधि हुँ भनेर गर्व गर्न पाईने भयो।’ उनले पनि आफ्नो अहिले सम्मको जनप्रतिनिधि कालमा जनप्रतिनिधि भनेर गर्व गर्ने ठाउँ कहिल्यै भएन।

सर्वसाधारणले जनप्रतिनिधिभन्दा तलबधारी कर्मचारीको रूपमा बढी बुझे। मासिक ९ हजार रुपैयाँ तलब सुविधा लिएकै कारण उनीहरूलाई जनस्तरबाट झनै ठूलो दबाब आइरहन्थ्यो। आफूले भनेको काम जसरी पनि हुनै पर्ने भन्ने जनस्तरको दबाब त्यही मासिक तलब नै रहेको डाँगीले बताए। ‘मासिक तलब खाने पनि के जनप्रतिनिधि ? यिनीहरू जनप्रतिनिधि कम, बढी कर्मचारी हुन् भन्ने सोच निकै हाबी भयो,’ उनले भने, ‘त्यही मासिक ९ हजार रुपैयाँ तलबकै कारण जनस्तरबाट दबाब झनै बढी भयो, तलब खानेले काम पनि गरिदिनु प-यो भन्ने दबाब धेरै भोगेँ। यति मात्रै हैन, सर्वसाधारणले बोलाएको ठाउँमा भनेकै समयमा पुग्नुपर्ने अर्को बाध्यता थियो।’

सर्वोच्चको फैसलाले अब आफूहरूप्रति लागेको कर्मचारीको ट्याग हट्नेमा विश्वस्त छन् उनी। जनस्तरमा विशुद्ध जनप्रतिनिधि बनेर सेवा गर्न पाउने अवसर मिलेको भन्दै वडा सदस्य डाँगीले थपे, ‘अब छाती चौडा पारेर जनप्रतिनिधिको रूपमा मात्रै काम गर्न पाउने भयौँ।’

जनताको सेवा गर्ने प्रणसहित दलीय प्रतिनिधित्व गर्दै स्थानीय सरकारमा सहभागी भएका जनप्रतिनिधिले सर्वोच्चको फैसलालाई स्वागतयोग्य भनेका छन्। तर हरेक तहका जनप्रतिनिधिलाई सोहीअनुसारको कानुनी व्यवस्था लागू गरिनुपर्ने तर्क पनि उनीहरूको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले सरकारी सुविधाको विरोध गर्दै आएका थिए। उनले वडा अध्यक्षका लागि उपमहानगरले बाँडेको मोटरसाइकलसमेत लिएनन्। आफ्नै निजी स्कुटरमा सवार रहँदै आएका उनले त्यो बेला भनेका थिए, ‘म जनताको सेवा गर्ने भनेर स्थानीय सरकारमा आएको हुँ, सरकारी सुविधा सकेजति कम उपभोग गर्नुपर्छ भन्ने सोचले मैले मोटरसाइकल नलिएको हुँ।’

उनले पनि सर्वोच्चको फैसलालाई स्वागतयोग्य भनेका छन्। ‘स्थानीय सरकारको सेवासुविधा रोकिनु राम्रो कुरा हो, किनकी जनप्रतिनिधिले भरपुर सेवासुविधा भोग गरेको राम्रो हैन,’ उनले भने, ‘यो कानुनी व्यवस्था सबै तहमा प्रतिनिधित्व गर्ने प्रतिनिधिमा लागू हुनुपर्छ, अन्यथा स्थानीय सरकारका जनप्रतिनिधिमाथि मात्रै अन्याय गरेको प्रष्टै देखिने छ।’ प्रदेश ५ सरकारले वडा अध्यक्षको मासिक तलव २६ हजार रुपैयाँ तोकेको थियो।

प्रदेश ५ ले जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब ४१ हजार र उपप्रमुखको ३६ हजार रुपैयाँ निर्धारण गरेको थियो। यस्तै जिल्ला समन्वय समितिका सदस्यको मासिक तलव १६ हजार तोकेको थियो। यसैगरी, उपमहानगरपालिकाका प्रमुखको ४० हजार र उपप्रमुखको मासिक तलब ३५ हजार, उपमहानरका वडा अध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १६ हजार र वडा सदस्यको तलब ९ हजार रुपैयाँ तोकिएको थियो।

यसैगरी नगरपालिकाका प्रमुखको मासिक तलब ३५ हजार, उपप्रमुखको ३० हजार, वडा अध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको १३ हजार र वडा सदस्यको मासिक तलब ८ हजार रुपैयाँ तोकिएको थियो। यस्तै गाउँपालिकाका अध्यक्षको तलब ३० हजार, उपाध्यक्षको २७ हजार, वडा अध्यक्षको २० हजार , कार्यपालिका सदस्यको १२ हजार र वडा सदस्यको मासिक तलब ७ हजार रुपैयाँ तोकिएको थियो। स्थानीय सरकारका जनप्रतिनिधिलाई मासिक तलब दिइनु गैरसंवैधानिक भन्दै अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले मासिक पारिश्रमिक रोक्न आदेश गरेको हो।

नागरीकवाट ।

१८ करोड बैँक घोटालामा दाङका एसपी भट्टराई भन्छन्–व्राञ्च म्यानेजरसहीत बैँक सञ्चालक र सिइओको मिलेमतो देखीयो’

घोराही, कार्तिक ३ । दाङस्थित तत्कालिन वेष्टर्न बैँक हालको देव बैंकमा भएको झन्डै १८ करोड रूपैयाँ बराबरको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय, दाङले आफ्नो अनुसन्धान पूरा गरेरे सरकारी वकिल कार्यालयमार्फत मुद्धा दर्ता गरेको छ । तत्कालिन वेष्टर्न बैँक सञ्चालक खड्ग बहादुर बुढाथोकिसहीत ५६ जनामाथि बैंकिङ कसुर मुद्धा दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराइले मिलेमतोमा नै त्यति ठुलो रकम हिनामिना भएको प्रहरी अनुसन्धानले देखाएको बताए । उनले लामो समय लगाएर प्रहरीले गरेको अनुसन्धानकाक्रममा तत्कालिन वेष्टर्न बैँक नारायणपुरका व्राञ्च म्यानेजर समिर बुढाथोकिसहीत बैँक सञ्चालकहरु, सिइओ र बैँकका अन्य कर्मचारीहरुको मिलेमतोमा नै बैँक हिनामिना भएको खुलेको पनि बताए ।

व्राञ्च म्यानेजरवाट झन्डै १८ करोड बैँक हिनामिना भएको देशभरीको पहिलो घटना हो । एसपि भट्टराइले आफु आए लगत्तै सर्वाधिक चासो रहेको यो घटनामा पुर्ण प्रभावकारी अनुसन्धान भएको पनि बताए । उनले सरकारी वकिल कार्यालयसंग राय लिई जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतसहीत राष्ट्र बैँक र सिआइविवाट खटिई आएको टोलिवाट संयुक्तरुपमा भएको प्रहरी अनुसन्धानले दोषिलाई कारवाही हुने आफुले विश्वास लिएको बताए । ‘बैँक सञ्चालक, सिइओसहीत त्यस बैँकका कर्मचारीहरु मिलेर नै यति ठुलो रकम हिनामिना भएको छ, प्रहरीको प्रभावकारी अनुसन्धानले अहिले सबै प्रमाण जुटाएर अदालतमा मुद्धा दायर भएको बताउदै आउदा दिनमा यो घटनाको अनुसन्धानका कारण अव अरु घटना घट्न नपाउने पनि बताए । जिल्ला प्रहरी कार्यालय दाङले देव बैंकको १८ करोड हिनामिना प्रकरणमा अनुसन्धान गरेर शुक्रवारमात्रै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । आइतवार जिल्ला सरकारी वकिल कार्यालयले बुढाथोकिसहीत ६ जना बैँक सञ्चालक, एक जना अडिटर, सिओसहीत ६ जना बैँक कर्मचारी, खाताको रकम दु?पयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि तुलसिपुरस्थ्ति उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा मुद्धा दर्ता गरेको हो ।

मुद्धा दर्ता गर्नेक्रममा बैँक सञ्चालकह? र सिओ फरार रहेको उल्लेख गरीएको छ । जिल्ला सरकारी वकिल कार्यालय दाङका कार्यालय प्रमुख सुशिल देवकोटाले तत्कालिन वेष्टर्न बैँक नारायणपुर हाल देव विकास बैँकका म्यानेजर समिर बुढाथोकिलाइ मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिओसहीतका कर्मचारीह? र खाताको रकम दु?पयोग गर्नेलाई सहयोगिकारुपमा मुद्धा दर्ता गरीएको जानकारी दिनु भयो । सरकारी वकिल कार्यालयले बैँक हिनामिना प्रकरणमा तत्कालिन बेष्टर्न बैँकका सञ्चालकह? बैँक सञ्चालक खड्गसहीत बैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकि, सञ्चालकह? अर्जुन बुढाथोकि, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्धा चलाएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए । त्यस्तै हिनामिना प्रकरणमा तत्कालिन बेष्टर्न बैँकका सिइओ खिमबहादुर डिसि, बैँकका कर्जा विभाग प्रमुख अनिल कुमार न्यौपाने, वुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसि, सहायक सिर्जना थापासहीत ६ जना र खाताको रकम दु?पयोग गरेकोमा बसन्त बहादुर बस्नेतसहीत ४३ जनामाथि मुद्ता दर्ता गरीएको छ । सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्धामा १८ करोड ३ लाख ७२ हजारको दोब्वर विगो(३६ करोड बढि) सहीत वमोजीम जरीवाना र अभियुक्तलाई कैद सजायको माग गरीएको छ ।
भदौ ३ गते बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ गरेको थियो । दाङ प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन अन्तरगत ६० दिन थुनामा राखेर अनुसन्धान पूरा गरेको हो।

प्रहरीले केही दिन पहिले अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिएका छन्।

‘हामीले अनुसन्धान पूरा गरेका छौं, दोषीहरूलाई फाइन्डआउट गरेका छौं। , प्रहरी अनुसन्धानकाक्रममा बैँकका सञ्चालक, सिइओ, वैँकका अन्य कर्मचारीहरुको मिलेमतोमा यो रकम हिनामिना भएको खुलेको छ, अदालतमा मुद्धा पनि दर्ता भइसकेको छ, दोषिलाई अदालतले कारवाही गर्छ’’ एसपी भट्टराईले भने । आफुहरुले प्रहरी अनुसन्धानकाक्रममा बैँक घोटाला काण्डमा कुनै पनि दोषिलाई नछाडिएको भन्दै आफु आएपछि यो मुद्धाको अनुसन्धान आफmुे पनि गरेको भट्टराइको भनाई छ ।

एपपी भट्टराईका अनुसार अनुसन्धानमा बैंकका सिइओ, सञ्चालक समिति समेत गरि झन्डै ५६ जना दोषी देखिएको प्रतिवेदन बुझाएको छ। सरकारी वकिलले आइतवार उक्त फाइल उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा पेश गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं। १० नारायणपुर स्थित तत्कालिन बैष्टर्न बैंक तथा हालको देव विकास बैंकबाट १८ करोड ३लाख ७२ हजार रुपैंया हिनामिना गरेको उजुरी पछि प्रहरीले बैंकका म्यानेजर बुढाथोकिलाई लमहीबाट पक्राउ गरेको थियो।

घोराही १० नारायणपुर निवासी म्यानेजर बुढाथोकीको बयानका आधारमा प्रहरीले यो अवधिमा थप १४ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेका मध्य तीन जना तारेखमा छुटेपनि अन्य १४ जनालाई भने हिरासतमा राखेर अनुसन्धान गरेको हो।

घोराही उपमहानगर १० स्थित नारायपुर बजारमा रहेको बैंकको शाखाबाट कर्जा स्वीकृती नगराई गलत उदेश्यले ऋण प्रवाह गरेको आरोप म्यानेजर बुढाथोकीमाथि छ। वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा मात्रै देव विकास बैंकसँग गाभिएको थियो। बुढाथोकी २०६७ सालदेखि वेष्टर्न डेभेलपमेण्ट बैकमा म्यानेजरका रूपमा कार्यरत थिए।

म्यानेजर बुढाथोकीले ३५ जना नक्कली ऋणी खडा गरेर व्यक्तिगत लाभका लागि गैर कानुनी काम गरेको तथा बैंकको १८ करोड रकम घोटाला गरेको अभियोग छ।

ब्रान्च म्यानेजरले बढीमा २ लाख भन्दा बढीको लोन दिन नपाउने भएपनि त्यस विपरित मिलेमतोमा नक्कली ऋणि खडा गरि बैंकको ठूलो धनराशी घोटाला गरेको प्रहरीले यसअघि नै बताइ सकेको छ।

घटना बाहिरिएपछि त्यति धेरै रकम हिनामिना प्रकरणमा मिलेमतो नभएर म्यानेजर एक्लैले मात्रै केही गर्न नसक्ने हुँदा बैंकका सिईओ, अन्य कर्मचारी र सञ्चालक समितिका पदाधिकारीको समेत मिलेमतो रहेको सुरुमै प्रहरीले आशंका गरेको थियो।

त्यति ठूलो कारोवारो गर्दा होस वा लोन दिन लाग्दा बैंकका सिइओ, लोन अधिकृत, बैंक सञ्चालकको लोन समितिले स्विकृती गर्नुपर्ने हुन्छ । त्यो नगरी लोन दिन मिल्दैन । तर देव बैंकमा त्यो सबै प्रक्रिया विपरित काल्पनिक र नक्कली ऋणी खडागरी रकम अपचलन गरिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन् ।

घोराहीमा जुवाकै चर्चा, यसपालिको दसैँमा ठुलो जुवा समात्न सकेन प्रहरीले

तुलसिपुर, असोज २८ । केही दिन यता दाङमा ब्यापकरुपमा जुवाको चर्चा हुन थालेको छ । तत्कालिन दाङका प्रहरी प्रमुख एसपि हालका एसएसपि धिरजप्रताप सिँहको कार्यकालमा जुवा र गुन्डागर्दिलाई मिसनकैरुपमा अघि बढाएकै कारण जुवा र गुन्डा धेरै कम भएको थियो । गुन्डागर्दि पुरै ध्वस्त पारेका सिँहले जुवामाथि पनि आक्रामक शैलि देखाए । सिँहको कार्यकालमा सबैभन्दा ठुला जुवाहरुमा छापा हान्नुका साथै धेरै जुवाका घटनाहरु नियन्त्रणमा आएका थिए ।

दाङमा बसेका एसपिहरुमध्ये जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सवालमा सिँहको नाम अग्रपङक्तीमा आउछ । सिँहको उत्कृष्ट कार्यशैलिका कारण दाङमा रहदा नै एसएसपिकारुपमा बढुवा भएका थिए । उनले राम्रो काम गरेकै कारण थुप्रै पुरस्कार र सम्मान पनि पाए । दसैँ, तिहारको मौसममा चल्ने जुवाको अहिले जिल्लाभरी गरमागरम छ । अघिल्ला केही वर्षहरुमा ठुल–ठुला जुवामा छापा हानेको दाङ प्रहरी अहिले पनि ठुला जुवा समात्नै सकेको छैन् । यो भन्दा अगाडि जुवाकै कारण दाङवाट एसपिको सरुवा समेत भएको थियो । तत्कालिन जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्मा पोख्रेल जुवामै मुछिनुका साथै सेटिङमा जुवा खेलाएको समाचारहरु आएपछि दुई महीनामै दाङवाट प्रहरी प्रधान कार्यालयले आफै तानेको थियो । जुवाकै विषयमा विवाद उत्पन्न हुदा तत्कालिन दाङका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठ र तत्कालिन जिल्ला प्रहरी प्रमुख शर्मा विच निकै विवाद भएको थियो । शर्मा जुवाडेहरुको संरक्षण गरेकै कारण त्यो समयमा सिडिओ श्रेष्ठले राष्ट्रिय अनुसन्धान प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि टेकराज तिमिल्सेनाको नेतृत्वमा आफ्नो वडिगार्डसहीत सशस्त्र टोलि परीचालन गरेर जुवाको अड्डाको आशंकामा घोराहीका एक काग्रेस नेताको घरमा छापा हान्न लगाएका थिए । श्रेष्ठले जुवा नियन्त्रणका लागि भिआइपि घरमा जुवाको छापा हान्न निर्देशन दिएर जिल्लाभर तरङ्ग प्रदान गरेका थिए । त्यो छापापछि केही जुवा खेल्न रोकिएको पनि थियो । तर, सिडिओ श्रेष्ठको सरुवा भएसंगै पछि फाटफुटरुपमा जुवा खेल्न सुरु भएका थिए ।

तत्कालिन एसपि शर्माले काग्रेस नेताको घरमा जुवा नभएको भनेर रिपोर्टीङ गरेपछि सिडिओ श्रेष्ठले आफ्नो छुट्टै सशस्त्रसहीतको अनुसन्धान प्रहरी टोलि परीचालन गरेर जुवा नियन्त्रणमा लिने प्रयास गरे । तर, जुवाको अड्डाको आंशकामा राज्यका सुरक्षा संयन्त्र जनपथ, सशस्त्र र अनुसन्धान प्रहरीको टोलिले रातभर छापा मारेपनि तत्कालिन एसपि शर्माकै कराण जुवालाई नियन्त्रण लिन नसक्दा उनिहरु कसैमाथि मुद्धा चलेन् । राप्तीको केन्द्रविन्दुकोरुपमा चिनिएको दाङमा चाडपर्वको समयमै खुवै जुवा हुने गर्छ । तत्कालिन एसपि शर्माको जुवामा मुछिएकैै कारण सरुवा भएपछि उनको ठाँउमा प्रहरी प्रमुखकोरुपमा वेल पाण्डे आएका थिए । जुवाकै कारण एसपिको सरुवा भएलगत्तै नयाँ प्रहरी प्रमुखकारुपमा आएका पाण्डेलाई जुवा नियन्त्रण निकै चुनौतिकारुपमा जिम्मेवारी थियो । कडा स्वभाव र आक्रामक कार्यशैलिसंगै कार्य प्रगतिको एकदमै ख्याल गरेकै कारण उनको पालामा जुवा नियन्त्रणका लागि प्रयास भएको यहाँका स्थानियहरु बताउछन् । पाण्डेकै कार्यकालमा नक्कलि कागजात प्रयोग गरेर एनसियल कम्पनिवाट वितरण हुने सिमकार्ड नियन्त्रणमा लिए । त्यतिमात्रै होइन्, पाण्डेले तत्कालिन वेष्टर्न बैँक हालको देव विकास बैँकको १८ करोड काण्डमा हात हालेर कडारुपमा अनुसन्धान गरे । पाण्डेको अनुसन्धानको प्रकृया प्रभावकारी भएकै कारण त्यो मुद्दामा अझै अनुसन्धान चलिरहेकाले थप ठुला ब्यक्तिहरु पनि पक्राउ पर्ने सम्भावना रहेको छ । पाण्डेले आटै गरेर धर्मान्तर गर्ने कार्यमा संलग्न क्रीष्टियन विरुद्ध पनि मुद्दा दर्ता गरेका थिए । त्यो कार्यले पनि देशैभरी उनको चर्चा थियो । त्यस्तै आफु दाङवाट सरुवा भएर जानेक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारमाथि हातपात गर्ने र डिउटिमा रहेका वर्दिका प्रहरीलाई हुत्याउने विवेक श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरे । पाण्डेले दाङमा रहदा हाइहाई कमाएर सरुवा भएका थिए ।

बेष्टर्न बैँकको काण्ड, उप निर्वाचनलाई लक्षीत गरेर सत्तारुढ पार्टिले दाङवाट पाण्डेको सरुवा गरेका थिए । पाण्डेको हाल सिआइविमा सरुवा भएका छ । अहिले पाण्डेको सरुवा भएपछि नयाँ प्रहरी प्रमुखकारुपमा जनक भट्टराइ आइपुगेका छन् । भट्टराइले जुवा ठुलो सफलता हासिल गर्न सकेका छैनन् । स–साना जुवाडेलाई समातेपनि ठुला जुवाडेहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । भट्टराइले ठुला जुवाको सुचना नआएकै कारण आफुहरुले समात्न नसकेको र सुचना आएमा पक्राउ गर्ने पनि बताए । तुलसिपुरमा फाटफुट जुवामा छापा हानेर नियन्त्रणमा लिएपनि यसअघि जुवा हुने गरेकै कारण चर्चामा रहेको घोराहीवाट अहिलेसम्म कुनै ठुला जुवामा प्रहरीले छापा हान्न सकेको छैन् । पुरानै सुरक्षा संयन्त्रले यस अगाडि थुप्रै जुवा नियन्त्रणमा लिएपनि हाल ठुला जुवा समात्न नसकेको प्रहरीले आफै नै भन्दै आएको छ । दाङका अन्य थुप्रै ठाँउवाट पनि कुनै पनि ठुला जुवाका घटनाहरुमा प्रहरीले छापा हान्न सकेको छैन् । घोराहीको ट्राफीक चोक, धर्ना, आर्मि ब्यारेक आसपासमा जुवा हुने गरेको चर्चा आएका छन् । प्रहरीले ठुला जुवा समात्न नसकेपछि प्रहरीमाथि चुनौति थपिएको छ । त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि सुचना दिएमा आफुहरुले जुवा नियन्त्रण गर्ने बताए ।

राजनीतिक दाउपेचको चेपुवामा सरकारी प्रतिष्ठान,स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा सत्तारुढ दल नेकपाका नेताहरु नै कार्यक्रममा गएन्

थुप्रै आलोचना अनि थरिथरि विवादका बीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वार्षिकोत्सव मनाएको छ। प्रतिष्ठानका उपकूलपति संगीता भण्डारीले प्रतिष्ठान परिसरभित्र कर्मचारीहरुसँग वार्षिकोत्सवको तयारी गरिरहेकी थिइन्।

२०७४ साल असोज २९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि संसदले ऐन पास गरेको थियो।

तर, सरकारले त्यसको एक वर्षपछि २०७५ साल असोज १२ गते मात्रै राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्‍यो। सोही दिनलाई प्रतिष्ठानले वार्षिकोत्सवका रुपमा मनाउन थालेको हो।

उपकुलपति नियुक्तिसँगै भण्डारीको विरोध सुरु भएको थियो। नेपाली कांग्रेस नेतृत्वको सरकार रहेका बेला उनी नियुक्त भएकी थिइन्। छोटो समयमै नयाँ सरकार गठन भएपछि नेकपा निकटहरुले उनको विरोध गर्न थाले।

विशेषज्ञ डाक्टरहरुको सुविधासहित चिकित्साशास्त्रको पढाई गर्नका लागि प्रतिष्ठान गठन भएको हो। तर, सुरुवातदेखि नै विभिन्न विरोधहरु खेपिरहेकी भण्डारीले अझै एक वर्षपछि मात्रै पढाई सुरु गर्नेगरी तयारी भएको बताएकी छिन्।

प्रतिष्ठानको प्रथम वार्षिक उत्सवमा सत्तापक्ष नेकपासँगै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुखलगायतका कार्यालयका प्रमुखहरु उपस्थित भएनन्।

कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी हुने भनेर सबैलाई आमन्त्रण गरिए पनि नगर प्रमुख चौधरी प्रथम वार्षिकोत्सव समारोहमा आएनन्।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ विरोध जुलुसलाई  नेकपाले  समर्थन गर्दै आएको छ। त्यसैले पनि मेयर चौधरी समारोहमा गएनन्।

नगर प्रमुख चौधरी नगएपछि कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य अनिता देवकोटालाई बनाइएको थियो। प्रथम वार्षिकोत्सवमा कांग्रेसका सांसद तथा नेताहरु देखिएका थिए।

प्रतिष्ठानको प्रथम वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले प्रतिष्ठानले एक वर्षको अवधिमा धेरै महत्त्वपूर्ण काम दाबी गरिन्।

श्रोत र साधनको अभावका बीच पनि जनताको स्वास्थ्यका लागि सेवालाई प्रभावकारी बनाउनदेखि प्रतिष्ठानलाई अघि बढाउन पहल गरेको बताएकी थिइन्। उनले प्रतिष्ठानको विकासका लागि सबैको सहयोग लिएर अगाडि बढ्ने समेत बताएकी थिइन्।

प्रतिष्ठानले बिएस्सी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालकका लागि पूर्वाधार निर्माण गर्न आवश्यक जग्गा प्राप्तिको काम करिव–करिव सकिएको उल्लेख गर्दै उनले विस्तृत अध्ययन प्रतिवेदन आएपछि कामको थालनी हुने कार्यक्रममा जानकारी गराइन्।

‘प्रतिष्ठानले बिएसी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालनकालागि आवश्यक पक्रिया अघि बढाएका छौँ,’ उपकुलपति भण्डारीले भनिन्, ‘त्यसकालागि विश्वविद्यालयका विज्ञहरुलाई बोलाएर छलफल गरेका छौँ।’

उनले प्रतिष्ठानमा उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गर्दै सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन ध्यान दिएको समेत बताएकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको साझा सम्पत्ति भएकाले पक्षविपक्षमा कोही जान नहुने बताइन्। प्रतिष्ठानको विकास गर्दै जनतालाई जिल्लामै स्तरीय सेवा दिन सबैले साझा धारणा बनाएर अघि बढ्नु पर्ने बताइन्।

‘प्रतिष्ठान सवैको साझा सम्पति हो, सम्पतिको संरक्षण र विकासका लागि साझा धारणा आवश्यक छ,’ सांसद देवकोटाले भनिन्, ‘त्यसका लागि दलहरुले बेलैमा सोच्न आवश्यक छ।’ उनले प्रतिष्ठानको विकासका लागि बजेट बढाउन सरकारलाई आग्रह गरेकी छिन्।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राजु खनालले प्रतिष्ठानलाई नीति, नियम र निर्देशिकाको पालना गरेर प्रतिष्ठानलाई गतिशील बनाउन आग्रह गरे।

दाङमा बनाइयो खुमबहादुर खड्का चोक, देउवाले गरे शिलान्यास

नारायण खड्का
दाङ, भदौ २७

प्रदेश–५ मा लगानी गर्न चिनियाँ चासो ६ वटा उच्च स्तरीय भेटघाट, २ स्थानीय तहले भगिनी सम्बन्ध कायम गरे

विकाश पराजुली
बुटवल, २० भदौ

प्रदेश–५ मा चीनले लगानीका लागि चासो बढाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर चिनियाँ टोलीले लगानी प्रति चासो देखाएको हो ।

त्यसका लागि चिनियाँ टोलीले औपचारिक तथा अनौपचारिक भेटघाट तीव्र पारिरहेको छ । लुम्बिनीलाई केन्द्रविन्दु मानेर चीनले सिधा सम्पर्क र लगानीको उचित स्थान ठानेकै कारण प्रदेशमा लगानीका लागि चासो बढाएको हो ।

चिनियाँ टोलीले यो क्षेत्रलाई भगिनी सम्बन्ध कायम गरेर विभिन्न स्थानीय तहमा उपस्थिति देखाएका छन् । त्यसबाहेक प्रदेश सरकारसँग चिनियाँ टोलीले औपचारिक रुपमा नै ६ वटा उच्चस्तरीय भेटघाट गरिसकेको छ भने प्रदेशस्तरीय रुपमा पनि स्थानीय सरकारसँग भेटघाट एवं विभिन्न सम्झौता एवं अध्ययन भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनका विभिन्न प्रान्तको भ्रमण गरेका थिए । सोही सिलसिलामा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ ।

प्रदेश ५ मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार राजदुत, बीआरआई विज्ञ टोली, कान्सु प्रदेशका गर्भनर, मनोरेल अध्ययन टोली, नवलपरासीको स्वाठीमा चिनियाँ लगानीमा बनाउन लागिएको ठूलो औद्योगिक ग्रामको अध्ययन टोली लगायतले मुख्यमन्त्री शंकर पोखरेल तथा प्रदेश ५ सरकारसँग औपचारिक भेटघाट गरेका हुन् ।

प्रान्त स्तरीय रुपमा रुपन्देहीको सैनामैना नगरपालिका, दाङको घोराई उपमहानगरपालिकासँग लगानीका विषयमा सम्झौता गरी भगिनी सम्बन्ध बनाइसकेको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, देवदह र लुम्बिनी साँस्कृतिक नगरपालिका लगायतले सम्झौताका लागि तयारी गरिसकेका छन् । यी स्थानीय सरकारसँग समेत चीनका विभिन्न प्रान्तीय सरकारले भगिनी सम्बन्ध कायम गरी आफ्नो सहकार्य बढाउन खोजिरहेका छन् ।

बुद्ध धर्म प्रति चिनियाँको अगाथ आस्था रहकोले बुद्धको प्राचीन सभ्यताका विषय जानकारी हुने चिनियाँहरुको उद्देश्यले भएकाले पनि लुम्बिनीलाई केन्द्रमा राखेर चिनियाँ टोलीले लगानीका लागि चासो देखाएको हुन सक्ने चिनियाँ संस्कृतिको अध्ययान गरेका डाक्टर सागर न्यौपानेले बताए ।

गत भदौ १२ गते मात्र चीनको गान्सु प्रान्त जनसरकारद्धारा आयोजित चौथो सिल्करोड अन्तर्राष्ट्रिय सांस्कृतिक प्रदर्शनी तथा ९ औं दुन्हुवाङ्ग सिल्करोड अन्तर्राष्ट्रिय पर्यटन महोत्सव समापन कार्यक्रममा सहभागी भएर प्रदेश सरकारको तर्फबाट प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको नेतृत्वमा चार जना प्रदेशसभा सदस्यहरु सहित ९ सदस्यीय टोली त्यहाँ पुगेर फर्केको छ ।

के भन्छन् भगिनी सम्बन्ध कायम गरेका स्थानीय तह ?

प्रदेश ५ का दुई स्थानीय तहले चीनसँग भगिनी सम्बन्ध कायम गरेका छन् । दाङको घोराई उपमहानगरपालिका र रुपन्देहीको सैनामैना नगरपालिकाले भगिनी सम्बन्ध कायम गरेका हुन् ।

भगिनी सम्बन्ध कायमपछि दुवै स्थानीय तहले चीनको लगानी भित्र्याउने योजनामा छन् । घोराई उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल भगिनी सम्बन्ध दुवै स्थानीय तहबीच परस्पर हित र सहयोगका लागि गरेको बताए ।

‘हामी चिनियाँ टोलीसँग छलफल गर्दा उहाँहरुले शिक्षा, कृषि र बातावरण क्षेत्रमा चासो देखाउनुभएको छ । उहाँहरुलाई उपयुक्त हुने योजना हामीले दियौ भनेपनि लगानी आउन सक्छ,’ उनले भने ।

उनले घोराई उपमहानगरपालिकाले गरेका राम्रा कार्यहरुलाई चिनियाँ टोलीले अनुसरण गर्ने र त्यहाँ उसले गरेका उत्कृष्ट कार्यलाई आफूहरुले अनुसरण गर्ने माध्यम पनि भगिनी सम्बन्ध रहेको बताए ।

‘हामीले संघीय सरकारसँग कुटनीतिक मर्यादा सम्बन्धि छलफल गरेपनि उहाँहरुलाई यहाँ बोलाउने योजना छ,’ उनले भने, ‘उहाँहरु आएपछि थप लगानीका सम्भावनाका बारेमा कुराकानी हुनेछ ।’

यो उपमहानगरपालिकाले चीनको सिनुवान प्रान्त एन सिटी नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको हो । नगरपालिकाको जनसंख्या १५ लाख ७ हजार २ सय ६४ र क्षेत्रफल १५ हजार २ सय २८ बर्ग कि.मी रहेको छ ।

त्यसैगरी सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले चीन संगको भगिनी सम्झौतापछि नगरपालिकामा लगानी भित्रन सक्ने र उत्कृष्ट कार्यहरुको आदान प्रदान हुने सक्ने बताए ।

उनले भने, ‘चिनियाँ टोलीलाई यदि योजना उपयुक्त लाग्यो भने लगानी गर्न सक्छ, त्यति मात्र हैन अझ सांस्कृतिक र पर्यटकिय क्षेत्रमा अनुदानमा पनि काम गर्न सक्छ ।’

उनले चीनका निजी कम्पनी, सामूहिक र सरकारी कम्पनीहरुले लगानीका लागि ईच्छा देखाएको बताए ।

अदालतले रवि लामिछानेसँग माग्यो ५ लाख धरौटी

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’ अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।

तर, नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

दाङको ट्राफिक प्रहरिको उदाहरणिय काम, ट्राफिक प्रहरीले घोराहीमा आफै बाटो मर्मत गर्दै

घोराही, भदौ ३ । दाङको ट्राफिक प्रहरिले सबैका लागि उदाहरणिय र अनुकरणिय काम गरेर समाजमा सकारात्मक शन्देश प्रवाह गरेको छ । सदैव सिटि फुकेरर ड्युटिमा बस्दै आएका ट्राफीक प्रहरी बुधवार घोराहीको तुलसिपुर चोकमा फरक भुमिकामा देखीए । अधिकांश ट्राफीक प्रहरीहरु हातमा वेल्चा, वालुवा विच्छाउदै गरेको अवस्थामा भेटिए ।

समुदाय प्रहरी साझेदारी सडक सुरक्षा कार्यक्रम अन्तरगत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय सरकार,उद्योग बाणिज्य संघ दाङ तथा सरोकारवाला निकायहरु संग जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको समन्वयमा सडकमा भएका खाल्डा–खुल्डीहरु पुरेर सवारी आवागमनलाई व्यबस्थित गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिएको हो । यो कार्यले चारैतिर दाङको ट्राफीक प्रहरीले चर्चा कमाएको छ । राज्यका निकायहरु नै यसप्रति गम्भिर बन्नुपर्नेमा ट्राफीक प्रहरीले आफ्नो कर्तब्य सम्झीएर गरेका यस्ता सकारात्मक कृयाकलापले समाजमा छुट्टै नयाँ मान्यता स्थापित हुने घोराही बजारवासिहरुको भनाई छ ।

नयाँ ट्राफीकका प्रमुख भन्छन्–मापसे गरेर सवारी साधन चलाउनेलाई छोड्दैन, सिफारीस पनि नगर्नुहोला

घोराही, भदौ २ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भरखरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रमुख कार्यलयका प्रमुख प्रेमप्रसाद रेग्मी संग परिचयात्मक कार्यक्रम गरेको छ ।

सो अवसरमा वोल्दै नयाँ ट्राफीक प्रमुख रेग्मिले ब्यवसायिहरुसंग हातेमालो गरेर यहाँको ट्राफीक ब्यवस्थापन गर्न आफुले चाहेको बताउनु भयो । सबैवाट सहयोग, सल्लाहको अपेक्षा गरेको भन्दै सडक दुर्घटना न्युनिकरण गर्न ट्राफीक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने उहाको भनाई छ। साथै उहाले मापसे गरेर गाडि चलाउने सवारी चालकहरुलाई आफुले कुनै हालतमा नछोड्ने भन्दै मापसे गरेका चालकलाई छुटाउन सिफारीस नगर्न पनि ब्यवसायिहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी), संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता, संघका सचिव माया पोख्रेल लगाएतकाले भनाइ राख्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका सदस्य मिनराज भाटले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।

घोराही उपमहानगरमा साढे २० करोड बढी बेरुजु, मेयरले तिरे बेरुजुु

जनप्रतिनिधि र कर्मचारीहरुले १२ लाख १६ हजार तिर्नुुपर्ने

 गिरिराज नेपाली

घोराही,  घोराही उमहानगरपालिकामा साढे २० करोड बढी बेरुजुु देखिएको छ। घोराही उपमहानगरपालिकाको हालसम्म २० करोड ६३ लाख ३८ हजार तीनसय ७१ रुपैया“ बेरुजु देखिएको छ। २०७५ पुुस १६ गते महालेखा परीक्षकको कार्यालयको च.न. ६१ ले साढे २० करोड बढीको बेरुजुुु देखाएको छ। जसमा हिसाब मिलान, आवश्यक कागजात, भत्ता असुलीको प्रक्रिया नमिलेको पाइएको छ। जसमध्ये जनप्रतिनिधि र कर्मचारीहरुले १२ लाख १६ हजार तीनसय ५० रुपैया“ बेरुजुु तिर्नुपर्ने देखिएको छ।

उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ मा ५३ लाख ४१ हजार एक सय ९३ रुपैया“को प्रमाण पेश गर्नुुपर्ने, ५८ लाख ७२ हजार सात सय ५५ रुपैया“ पा“च पैसा हिसाब मिलान गर्नुुपर्ने, उपभोक्ता समिति र निर्माण व्यवसायीमाथि कारवाहीको ९८ लाख ६६ हजार छ सय ७१ रुपैया“ ९५ पैसा, उपभोक्ता समिति बनाई व्यक्तिलाई भुक्तान दिएको चार लाख ७१ हजार छ सयको बैंक प्रमाण पेश गर्नुुपर्ने, १४ करोड ८८ लाख ३६ हजार छ सय, स् थानीय तहका पदाधिकारीहरुको बैठक तथा अनुुगमन भत्ता दाखिला गर्नुुपर्ने ४९ लाख ५८ हजार चार सय ७५, पदाधिकारी तथा कर्मचारीहरुबाट अनुुगमन तथा बैठक भत्ता असुल हुुनुपर्ने १२ लाख १६ हजार तीनज सय ५० रुपैया“, कार्यक्रम विपरीत अख्तियारी दिएको २७ लाख ६० हजार फछ्र्याैट गर्न बा“की पेश्की २९ लाख ९१ हजार तीन सय ९२ रुपैया“ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

त्यस् तै पशुुपंक्षी बजार प्रवद्र्धन कार्यक्रम पा“च लाख ३० हजार, डेरी पसल सुधार कार्यक्रम १६ हजार नौ सय ५० रुपैया“, स् वास् थ्य र शिक्षा कार्यक्रमतर्फ एक लाख १९ हजार ७० रुपैया“, बढी भुक्तानी भएको ३० हजार ३१ रुपैया“, मर्मत सम्भारतर्फ कार्यक्रम स् वीकृत गरी गर्नुुपर्नेमा स् वीकृतबेगर नै खर्च भएको ५८ लाख ९५ हजार चार सय ५३ रुपैया“, कर विजक जारी नगरेको आठ हजार छ सय १८ रुपैया“, अमानतबाट निर्माण कार्य ११ लाख ५४ हजार चारसय २४ रुपैया“, कम्पोष्ट विनको प्रयोग सम्बन्धमा अनुुगमन गर्नुुपर्ने देखिन्छ। वितरण गर्न बा“की १३०९ थान वितरण गरेको प्रमाण पेश गर्नुुपर्नेमा ३० लाख ३२ हजार दुई सय ९८ रुपैया देखिएको छ।

घोराही उपमहानगरपालिमा स् थापनाकालदेखिकै थुुप्रै बेरुजुु देखिएको छ। संघीय संरचना निर्माणसगै बेरुजुु रकम थपिएको पाइन्छ। संघीयताको नया“ अभ्यास, कानुुन निर्माणको ढिलाइका कारण बेरुजुु थपिएको उपमहानगरपालिका प्रमुुख नरुलाल चौधरीले बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘कतिपय कुुरा प्रक्रियागत गल्ती हुुन्छन्, कतिपय कुरा भएका पनि होलान्। तर राज्यको धन हामीले अनिवार्य फिर्ता गर्नुुपर्छ।

मेयरले तिरे बेरुजुु

घोराही उपमहानगरपालिकाका प्रमुुख नरुलाल चौधरीले बेरुजु रकम तिर्नुुभएको छ। प्रमुुख चौधरीले ३७ हजार आठ सय २५ रुपैया“ नेपाल बैंक लिमिटेडमा जम्मा गर्नुुभएको हो। लेखा प्रतिवेदनले मेयरको नाममा उक्त रकम दाखिला गर्नुुपर्ने उल्लेख गरेकाले उहा“ले बेरुजुु रकम जम्मा गर्नुुभएको हो। उहा“ले भन्नुुभयो– ‘महालेखाले उक्त रकम तिर्नुुपर्ने भनेकाले बैंकमा जम्मा गरेको हुु।’ स् थानीय तहको सरचना निर्माणस“गै कानुुन निर्माणमा ढिलाइ उक्त अनुुगमन भत्ता लिएकाले उक्त रकम तिर्नुुपर्ने देखिएको उहाले बताउनुभयो। यसैगरी बिहीवार घोराही उपमहानगरपालिका वडा नं. १४ अध्यक्ष शक्तिराम डा“गीले पनि बेरुजु रकम जम्मा गर्नुभएको छ। उहा“ले २९ हजार तीन सय २५ रुपैया बेरुजु रकम जम्मा गर्नुभएको हो।

प्रमुुख प्रशासकीयले लिंदैैनन् अनुुगमन भत्ता

घोराही उपमहानगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत ऋषिराम केसी गत वैशाख ४ गते घोराही उपमहानगरपालिकामा हाजिर हुुनुुभएको हो। हाजिर भएको मितिदेखि नै प्रमुुख प्रशासकीय अधिकृत केसीले अनुुगमन भत्ता लिनुभएको छैन। अनुुगमन भत्ता नलिएका केसीले असार ३० गते सामाजिक सञ्जालमार्फत अनुुगमन भत्ता नलिने घोषणा गर्नुुभएको हो। उहाले भन्नुुभयो– ‘साढे १५ किलोमिटरभन्दा बाहिर अनुुगमन गर्न गएमा मात्रै भत्ता लिने हो। तर बेथिति व्याप्त हु“ुदा यसको सुधारका लागि भत्ता नलिने घोषणा गरेको हुु“।’ गलत प्रक्रियाबाटै भए पनि भत्ता लिने प्रवृत्ति मौलाउ“दै जादा त्यसको नियन्त्रण तथा रोकथामका लागि व्यक्तिगतरुपमा भत्ता नलिने घोषणा गरेको उहा“ले बताउनुुभयो।

बैठक बस् न अप्ठेरो

प्रमुुख प्रशासकीय अधिकृतले भत्ता नलिने घोषणा गरेस“गै उपमहानगरपालिका प्रमुुख प्रशासकीय अधिकृतको अध्यक्षतामा बस् ने कतिपय बैठक बसाल्नै अप्ठेरो भइरहेको प्रमुुख प्रशासकीय अधिकृतको भनाइ छ। उहा“ले भन्नुुभयो– ‘हाकिम सापले भत्ता नलिने हाम्ले कसरीले लिने भनी आजभोलि बैठकमा कर्र्मचारी आउन त्यति मन नगरेको पाइन्छ।’ नियमले कर्मचारीहरुलाई बैठक भत्ता दिने व्यवस् था गरेको छ। तर प्रमुुख प्रशासकीय अधिकृतको हैसियतले बैठक भत्ताका बारेमा सोच्नुपर्ने बेला आइरहेको उहाको भनाइ छ।

नयाँ युगवोधवाट ।

लागुऔषध कारोबार गरेको अभियोगमा ६३ जना पक्राउ

घोराही /जिल्ला प्रहरी कार्यालय दाङले बितेको आर्थिक बर्ष २०७५÷०७६ मा लागुऔषध कारोबार गरेको अभियोगमा ६३ जनालाई पक्राउ गरेको जनाएको छ ।

विभिन्न समयमा लागुऔषध कारोबार, ओसारपसार तथा सेबन गरेको अभियोगमा ६३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

प्रहरीले ५५ जना पुरुष र ८ जना महिलालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक बर्षमा ३६ वटा लागुऔषधको मुद्धा दर्ता गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरका २९, चरेशको एउटा, अफिमको एक, गाँजाको तीन वटा, नाइट्रोभेटको एक र डाइजापाम र नुफिनको एक गरी ३६ वटा मुद्धा अदालतमा दर्ता गरेको थियो ।

लागुऔषध कारोबार गरेको अभियोगमा पक्राउ परेका मध्ये ३९ जना धरौटीमा छुटेका छन् । दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले ६ महिला र ३३ पुरुषलाई धरौटीमा छोडेको हो ।

दोहोरो सुविधा दिने गरी जनप्रतिनिधिलाई पेन्सन र तलब दुबै दिइने

epradeshtoday

प्रदेश सरकारको निर्णय
बुटवल, २९ साउन । पाँच नम्बर प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई दोहोरो सुविधा दिने गरी ऐन संशोधनको निर्णय गरेको छ । जनप्रतिनिधि पूर्व राष्ट्रसेवक भई पाउँदै आएको पेन्सन सुविधासहित स्थानीय तहबाट पाउने सुविधासमेत दिने गरी कानून संशोधन गर्न थालिएको हो ।

यसअघि बनेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐनमा दुबै सुविधा लिन पाइने उल्लेख छैन । अब थप गरिने लागिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दोहोरो सुविधाको निर्णयसहित विभिन्न आठवटा निर्णय गरेको छ । जनप्रतिनिधिले अहिले पाउने तलब होइन, सुविधा हो, प्रवक्ता चौधरीले भने, पेन्सन पाए भन्दैमा सुविधा रोक्नु मानवअधिकार विपरीत पनि हो । त्यसैले सच्याउने निर्णय गरेका छौं ।

जनप्रतिनिधिको सुविधा बढाउने निर्णय गरेको सरकारले सीप विकास केन्द्रका अस्थायी कर्मचारीको भने जागिर खाइदिएको छ । प्रदेश नम्बर ५ को रोजगार सूचना केन्द्र बुटवल तथा दाङ र नेपालगञ्जमा रहेका व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका अस्थायी कर्मचारीको सेवा अवधि साउन मसान्त मात्रै रहने गरी निर्णय गरिएको छ ।

सीप विकास तालिम केन्द्रको प्रभावकारिता नदेखिएपछि कर्मचारी हटाउने निर्णय गरिएको पूर्वाधार विकास मन्त्रीसमेत रहेका प्रवक्ता चौधरीले बताए ।

ती केन्द्रहरु प्रदेश मातहत रहेकाले नयाँ व्यवस्थासहित डिप्लोमासम्मको सीप तालिम चलाउने तयारी सरकारको छ । कर्मचारीलाई बिदाई गर्दा करिब एक करोड व्ययभार आउनेछ । सो संघीय सरकारबाट सोधभर्ना गरिने मन्त्री चौधरीले बताए ।

मन्त्रीपरिषद् बैठकले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको केन्द्र लवनीबाट नन्दननगर सार्ने गाउँपालिकाको निर्णय अनुमोदनका लागि संघीय सरकारलाई सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश लोकसेवा आयोगको कार्यालय बुटवलमा राख्ने निर्णय समेत भएको छ । प्रदेश विश्वविद्यालय र प्रदेश उच्च शिक्षा नीति सम्बन्धमा बनेको अवधारणाको स्विकृतिसमेत गरेको छ । त्यस्तै स्वर्गीय सांसद उत्तरकुमार ओलीलाई विमा वापतको १० लाख दिने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।

‘प्रेस स्वतन्त्रता विरोधि हर्कत सरकारवाट भए महासंघको पद छोडेर आन्दोलन छेड्छौ’–महासंघ अध्यक्ष गोविन्द आचार्य

महासङ्घको प्रदेशस्तरीय घोषणापत्र पारित

घोराही, २५ साउन । नेपाल पत्रकार महासङ्घको आज यहाँ सम्पन्न दुई दिने प्रदेशस्तरीय कार्याशाला गोष्ठीले ११ बुँदे घोषणापत्र जारी गरेको छ । महासङ्घका प्रदेश नं ५ का १२ जिल्लाका अध्यक्ष र केन्द्रीय पदाधिकारी सहभागी उक्त कार्यक्रममा पत्रकार र पत्रकारितासँग जोडिएको ११ बुँदे घोषणापत्र सर्वसम्मतले पारित गरेको हो ।

महासङ्घले दिएको जानकारीअनुसार घोषणापत्रमा पत्रकार आचारसंहिताप्रति प्रतिबद्ध रहन सबै पत्रकारलाई आग्रह गर्दै स्वनियममा रहन र पत्रकारितालाई मर्या्दित र व्यावसायिक बनाउन सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरिएको छ । पत्रकारिता नगरेकाहरुले स्वघोषणा गरी महासङ्घको सदस्यता त्यागी शुद्धीकरण अभियानमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागू गर्ने सवालमा सबै पक्ष प्रतिबद्ध हुन, सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकका कतिपय बुँदामा महासङ्घसँग भएको सहमतिअनुसार परिमार्जन गर्न सरकारसँग भेलाले आग्रह गरेको छ ।
स्थानीय र साना लगानीका सञ्चारमाध्यमलाई संरक्षण र संवद्र्धनका लागि भेलाले समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यस्तै रेडियो नेपालले दाङबाट प्रदेशस्तरीय प्रसारण र नेपाल टेलिभिजनले बाँकेबाट प्रदेशस्तरीय प्रसारण शुरु गरेकामा प्रशंसा गर्दै गोरखापत्र, सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) तथा अन्य सञ्चारमाध्यमलाई पनि प्रादेशिक सेवा शुरु गर्न भेलाले आग्रह गरेको छ ।

पत्रपत्रिका वर्गीकरण, पत्रकार परिचयपत्र वितरण, पत्रकारहरुको क्षमता वृद्धिका लागि प्रादेशिकस्तरमा आमसञ्चार प्रतिष्ठान अविलम्ब गठन गर्न पनि आग्रह गरेको छ ।

लोकतन्त्रबिना प्रेस स्वतन्त्र हुन सक्दैन ः अध्यक्ष आचार्य

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रबिना प्रेस स्वतन्त्रता नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घले दाङको घोराहीमा आयोजना गरेको ‘पत्रकार महासङ्घको वर्तमान भूमिका र अबको कार्य्दिशा’ विषयक प्रदेश नं ५ स्तरीय कार्यक्रममा उहाँले नेपालको इतिहासमा लोकतन्त्रको लागि आवाज उठाउने सबैभन्दा पुरानो संस्था नेपाल पत्रकार महासङ्घ भएको हुँदा आफूहरु अझै पनि लोकतन्त्रका लागि लडिरहने बताउनुभयो । उहाँले पत्रकारहरुको संस्थाले नेपालको लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको पनि जिकिर गर्नुभयो ।

अध्यक्ष आचार्यले नेपालमा जुनसुकै पार्टीको सरकार आए पनि पहिलो निसाना पत्रकार पर्ने गरेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय हितविपरीत, राष्ट्रियताविरुद्ध, सार्वभौमसत्ताविरुद्ध, पत्रकार आचारसंहिता उल्लङ्घन गरेर लेख्नेलाई अब जिल्लाले नै कारवाही गर्ने व्यवस्था गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै महिला, वृद्धवृद्धा, बालबालिकाको संवेदनशीलताविरुद्ध लेख्नेलाई पनि कारवाही गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अब हरेक मिडियाले आचारसंहिता बनाउनुपर्ने र मिडियाको आचारसंहिता हेर्नका लागि बाहिरको मान्छेलाई राख्नुपर्ने अवस्था आएको सुनाउनुभयो ।

यस्तै कार्याशाला गोष्ठीमा सहभागी प्रदेश नं ५ का १२ जिल्लाबाट सहभागी पत्रकार नेताहरुले अब जिल्लामा पत्रकार महासङ्घको सदस्यता वितरणमा कठोर नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँहरुले पत्रकारलाई निरन्तर क्षमता विकास, विषयगत तालीम, महिला पत्रकारको क्षमता विकासमा पनि केन्द्रले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । पत्रकार महासघका अध्यक्ष आचार्यले भन्नुभयो–जुन सुकै दलको सरकार भएपनि प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छौ, भोलिका दिनमा राजनितिक आस्थाकै आधारमा अप्ठ्यारो पर्ने स्थिती आए प्रेस स्वतन्त्रता पक्षमा लड्दै पत्रकार महासघको पद छोड्न तयार छौ, अहिले आन्दोलन स्थगित भएको हो, माग पुरा नभए आन्दोलन गर्छौ ।

महासंघ दाङको जग्गा भाडा विवाद चुलियो, पुर्व अध्यक्षहरुलाई काउन्टर दिदै महासंघका अध्यक्ष सविन र सचिव भुपेन्द्रले अर्को विज्ञप्ती निकाले

गलत निर्णय भन्दै महासंघ दाङका पुर्व अध्यक्षहरुले कार्य समितिको निर्णयमा आपत्ति जनाए, महासंघ दाङले पनि निर्णयको वचाउ गर्दै पुर्व अध्यक्षको विज्ञप्तीको काउन्टरमा अर्को विज्ञप्ती निकाल्यो

घोराही, साउन १५ । नेपाल पत्रकार महासंघ दाङको जग्गामा पर्खाल र अस्थायि संरचना बनाउन योगी पब्लिसिटीलाई दिने निर्णय दिने कार्य समितिले गरे लगत्तै विवाद छताछुल्ल भएको छ । पत्रकार महासंघका कार्य समिति र पुर्व जिल्ला अध्यक्षहरुले विज्ञप्ति निकालेर यस वारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् ।

महासंघ कार्य समितिले गरेको निर्णयमा पुर्व अध्यक्षहरुले असहमति जनाउदै आपत्ति जनाएका छन् । भने महासंघ दाङले महासंघका पुर्व जिल्ला अध्यक्ष प्रताप रेग्मिले संचरना बनाउन खोज्दा वाधा ब्यवधान खडा गरेपछि विवाद उत्पन्न भएको बताएको छ । महासंघका जिल्ला अध्यक्ष सविन प्रीयासन र सचिव भुपेन्द्र वलिले विज्ञप्ति निकाले रेग्मिका कारण विवाद उत्पन्न भएको बताएका छन् । महासंघको जिल्ला कार्य समितिको निर्णयपछि उत्पन्न विवाद बढ्दै जादा महासंघका पूर्व अध्यक्ष केबी मसाललाई योगी पब्लिसिटीका प्रोप्राइटर नारायणनाथ योगीले ज्यान मार्ने धम्की दिएपछि स्थिति एकाएक तनावपूर्ण बन्यो । महासंघ दाङ र पुर्व अध्यक्षहरुले मसालमाथि ज्यान मार्ने घटनाको भर्त्सना गर्दै दोषीउपर आवश्यक कार्वाहीको माग गरेका छन् ।

महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रशाद शर्मा, पुर्व अध्यक्ष सुशिल गौतम, पुर्व अध्यक्ष केवि मसाल, पुर्व अध्यक्ष प्रताप रेग्मि, पुर्व अध्यक्ष के.एल.पिडित, सल्लाहकार दुर्गालाल केसि, पुर्व केन्द्रिय सदस्य मधुसुदन बैद्यले संयुक्त विज्ञप्ति जारी गर्दै सो घटनाको ध्यानाकर्षण भएको बताएका छन् । यद्यपि, कुनै पुर्व अध्यक्षहरुको लिखित हस्ताक्षर भने वक्तब्यमा छैन् । पुर्व अध्यक्ष के.एल.पिडितले आन्तरिक छलफलबाट समाधानमा लाग्नु पने, वक्तव्यबाजी कुनै हालतमा उचित नभएको र कुनै वक्तव्यबाजीमा आफु सामेल नभएको स्पष्ट पारेका छन् ।

तेहोरो कर तथा गैर करका विरुद्ध वन महासंघ

घोराही, १५ साउन/सामुदायिक वन उपभोक्ता महासंघ दाङले सामुदायिक वन उपभोक्ता समुहमा लगाईएका तथा लगाउन प्रस्ताव गरिएका तेहोरो कर तथा गैर करलाई खारेज गर्न माग गरेको छ ।

महासंघले वुधवार घोराहीमा पत्रकार सम्मेलन गरी सामुदायिक वनमा हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन माग गरेको हो ।

सरकारले वन व्यवस्थापन र सामुदायिक विकासमा लगानी गरीरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारले सामुदायिक वनको सबै रकम आफनो कोषमा ल्याउने गरी अतिरिक्त कर लगाउने कानूनी व्यवस्था गर्न लागेको प्रति सामुदायिक वन उपभोक्ता महासंघले असहमति जनाएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भुपेन्द्र सुबेदीले वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह बाहिर विक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कको रुपमा संघीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था गरी उक्त रकम संघ, प्रदेश र स्थानीय तहले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको व्यवस्था गर्न माग गर्नुभयो ।

यसैविच देशभरका सामुदायिक वन समूहमाथि अनावश्यक कर र तेहरो कर लगाउन सरकारले प्रस्ताव गरेको भन्दै खारेजीको माग गर्दै सामुदायिक बन उपभोक्त महासंघ दाङले आफ्नो गम्भीर ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।

राप्ती प्रादेशिक अस्पताल झन कन्तबिजोग, चिकित्सकको अभाव कायमै

प्रादेशिक अस्पतालमा एकजना डाक्टरको भागमा १४८ बिरामी

अञ्जना चौधरी, तुलसीपुर
१४ साउन । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा एक जना विशेषज्ञ डाक्टरले दैनिक एकसय ४८ जना विरामी हेर्नु पर्ने बाध्यता रहेको छ । चिकित्सक अभाबका कारण अहिले एकजना चिकित्सकले एकसय ४८ जना बिरामी हेर्नु पर्ने अबस्था छ ।

तर एक जना डाक्टरले दैनिक २५ जना मात्रै बिरामी हेर्नुपर्ने प्राबधान रहेको छ । १६ जना बिशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले ६ जना मात्रै बिशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सर्वेश शर्माले बताए ।

६ विघा जग्गामा रहेको अस्पताल भएतापनि दुई विघा जग्गा जमिन अतिक्रमणमा परेको छ । अहिले अस्पतालमा घोषित ५० सैयाको अस्पताल भए पनि ९५ बेड सञ्चालन गरिरहेको शर्माले बताए । त्यसैगरी सबगृहमा प्रतीक्षालयसहित मर्चुरी फ्रिज समेत राखिएको उनको भनाई छ ।

गएको बर्ष डायलासिस मेसिन ५ वटा राखिएको छ । साथै यहि साउनबाट ईन्डसकपी स्थापना पश्चात पाँच जना विरामीले सेवा लिएका छन । सेवाग्राहीको मागलाई मध्यनजर गरि एकसय एम।एल।को एक्सरे डि।आर। मेसिन राखिएकोे उनले बताए । साथै २४ सै घण्टा आपतकालिन सेवा सञ्चालन गरिरहेको उनको भनाई छ ।

चालुआर्थिक बर्षमा ‘अस्पतालको विकासकालागि दक्ष जनशक्ति,यो बर्षको आवस्यकता’ भन्ने नाराकासाथ अगाडी बढ्ने शर्माको भनाई छ । अस्पतालमा पहिले व्यवस्थापन समिति रहेपनि हाल अस्पतालका कर्मचारीहरुको पाँच सदस्य तर्दथ समिति रहेको छ । अहिले अस्पतालबाट ल्याव,एक्सरे, भिडियो एक्सरे,अप्रेशन,आपिडी सेवा,आपतकालिन सेवा प्रदान गरिन्छ । गएको बर्ष अस्पतालले चार करोड ४८ लाख ४९ हजार ६ सय ९९ रुपैया आम्दानी गर्ने गरेको छ, भने तीन करोड ७५ लाख ८७ हजार आठ सय ७३ रुपैया समितिको खर्च रहेको छ ।

हाल अस्पतालको खातामा ७२ लाख ६१ हजार आठ सय ४३ रुपैया मौज्दात रहेको छ । अघिल्लो आर्थिक बर्ष २०७४र०७५ मा १३ लाख रुपैँया मौज्दात थियो । यस्तै अस्पतालले राप्ती लाईफ केयर अस्पतालले विद्यार्थी अस्पतालमा पठाए वाफत पहिले दुई लाख दिने गरेकोमा हाल बार्षिक १२ लाख ६० हजार रुपैया दिने सहमती भएको समेत बताए । यसले पनि अस्पतालको आर्थिक बृद्धि भएको शर्माको भनाई छ ।

गएको आर्थिक बर्षमा आर्थिक तर्फ ७५ प्रतिशत खर्च भएपनि भौतिक तर्फ शतप्रतिशत रकम खर्च भएको समेत उनले बताए । साथै प्राप्त बजेटमा ८० प्रतिशत सामान खरिद गर्न सफल भएको छ । एम्बुलेन्स खरिदका लागी यस बर्ष जेठमा वजेट निकासा भएको छ ।

त्यस्तै मेसु शर्माले मुख्यमन्त्री कार्यालयबाट २२ करोड बजेट निकासा भएको समेत बताए । बताउदै केही समयमै टेन्डर मार्फत लिफ्ट सिहतको माथी विल्डीङ थप्ने काम सुरु हुने बताए । त्यस्तै यो आर्थिक बर्षमा प्रदेश सरकारबाट अस्पतालको स्तर उननतीका लागी डेढ करोड रुयैया बजेट छुट्याईएको छ । अस्पतालमा गएको आर्थिक बर्षमा भर्ना भएका तीन जना बच्चा सहित अन्य ४५ जनाको मृत्यु भएको थियो ।

अस्पतलबाट ८० जना एचआईभी भएका विरामीले औषधी सेवन गर्दै आएका छन । त्यसैगरी ४४ जना महिलाहरुको पाठेघरको अप्रेशन भएको छ । गएको आर्थिक बर्षमा ६१ हजार नौ सय ४८ जना विरामीले सेवा लिएका छन । चार हजार ७६ विरामी भर्ना भएका थिए, भने २९ सय ८४ जना महिलाले सुत्केरी सेवा लिएका थिए ।

जसमा पाँचसय ६८ जना बिष बर्ष मुनिका महिलाले सुत्केरी सेवा लिएका थिए,भने दुईसय ५८ जना मलिहलाले अप्रसन गराएका थिए । त्यस्तै एक हजार ४३ जना विरामीलाइ रेफर गरिएको छ । यो आर्थिक बर्षमा ईन्डसकोपी मेसिन,रिमोटबाट चल्ने तीनवटा वेड,सिकलसेल एनिमिया जाँच गर्ने मेसिनलगाएत मेसिन जडान गरिएको छ ।

एक बर्षमा २३ सय १६ युनिट रगत संकलन

दाङ । दाङमा एक बर्षको अवधिमा दुई हजार तीन सय १६ युनिट ब्लड संकलन भएको छ । रक्त सञ्चार केन्द्र घोराहीद्धारा सञ्चालिक ब्लड बैंकमा गतबर्षको साउनदेखि हालसम्म दुई हजार तीन सय १६ जना मानिसबाट उक्त ब्लड संकलन भएको हो ।

ब्लड दिनेमा सबैभन्दा धेरै पुरुषहरु रहेका छन । एक हजार आठ सय ८० पटक पुरुष र चार सय ३६ पटक महिलाहरुले रक्तदान गरेको रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार पुरुषहरुबाट सबैभन्दा धेरै ब्लड ‘बि’ पोजिटिभ ६ सय १२ युनिट युनिट संकलन भएको छ ।

‘बि’ पोजिटिभको ब्लड प्राय मानिसहरुमा हुने र माग पनि धेरै हुने भएकाले संकलन पनि धेरै हुने गरेको बताए ।  त्यस्तै ‘ओ’ पोजिटिभ ५ सय ९८ युनिट, ‘ए’ पोजिटिभ चार सय ४१ युनिट र ‘एबी’ पोजिटिभ १ सय ७७ पटक महिलाहरुले रक्तदान गरेका छन । त्यस्तै ‘ए’ नेगेटिभ व्लड दश युनिट,‘ओ’ नेगेटिभ १७ युनिट, ‘बी’ नेगेटिभ व्लड १८ युनिट र ‘एबी’ नेगेटिभ ७ युनिट संकलन भएको प्राविधिक पौडेलले जानकारी दिए ।

व्लड बैक घोराहीमा महिलाहरुवाट ‘ए’ पोजिटिभ १ सय १२ युनिट, ‘बी’ पोजिटिभ १ सय ३१ युनिट, ‘ओ’ पोजिटिभ १ सय ४१ र ‘एबी’ पोजिटिभ ४३ युनिट एक बर्षमा संकलन भएको छ । त्यसैगरी ‘ए’ नेगेटिभ २ युनिट, ‘बी’ नेगेटिभ ३ युनिट र ‘ओ’ नेगेटिभ ४ युनिट संकलन भएको थियो । पुरुषहरुको तुलनामा महिलाहरुवाट कम ब्लड संकलन हुने भएपनि ब्लड खपतका हिसावले महिलाहरु बढि हुने गरेको समेत पौडेल बताउँछन ।

जसमा पुरुष भोलेन्टिअर रक्तदाता एक हजार चा र सय ७३ जना र महिला भोलेन्टिअर रक्तदाता संख्या तीन सय ६६ जना रहेका छन ।

त्यस्तै रिप्लेस रक्तदान पुरुष चार सय ७ जना र महिला ७० जना रहेका छन । दुई हजार तीन सय १६ जना रक्तदाताहरु मध्य १८–२५ उमेर समूहका नौ सय ८१ जना, २६–४० उमेर समूहका एक हजार एक सय २५ जना र ४१–६० उमेर समूहका दुई सय ८ जना रक्तदाता रहेका छन ।

ब्लड बैंकमा संकलन भएको ब्लड सरकारी अस्पतालमा एक हजार आठ सय १८ युनिट र निजी हस्पीटलमा चार सय ६३ युनिट व्लड खपत भएको प्राविधिक पौडेलले जानकारी दिए । पछिल्लो समय दिनप्रतिदिन जिल्लामा ब्लडको माग बढ्दै गएको समेत पौडेलले बताए ।

यो बर्ष ६३ वटा सस्थाहरुले रक्तदान कार्यक्रम गरेर व्लड दिएका छन । ब्लड बैंकमा संकलन भएको ब्लड घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल, देउखुरीमा रहेको लमही अस्पतालसँगै दिपज्योति हस्पटील, गोर्खा हस्पीटललगायतका जिल्लाका अस्पतालहरुमा व्लड जाने गरेको छ ।

त्यस्तै बाहिरका अस्पतालवाट माग हुदा बुटवल र नेपालगंजका अस्पतालहरुमा समेत पठाउने गरेको पौडेलले जानकारी दिए ।

दाङको सदरमुकाम घोराहीको यस्तो छ विजोग–जग्गा विवादले घोराहीको मुख्य सडक आधा पिच, आधा ग्राभेल

  • लिलाधर वली

जग्गा विवादका कारण दाङ घोराहीको मुख्यचोकदेखि पश्‍चिमतिरको ३० मिटर सडक मध्य आधा सडक मात्र पिच भएको छ।

आधा सडक ग्राभेलमै छाडिएको छ। ग्राभेल गरिएको सडकमा खाडल परेका छन्। वर्षातमा पानी खाडलमा जम्मा हुदाँ घोराहीको मुख्यचोकमै हिडडुल गर्न समस्या भएको छ। घोराहीको तुलसीपुरचोकदेखि पश्चिमतिरको करिव सय मिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने गरी आव २०७२/०७३ मा विजय बिल्डर्स निर्माण सेवासँग सडक डिभिजन कार्यालयले सम्झौता गरेको थियो। तर सम्झौता भएको लामो समय वितिसक्दा समेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन। सडक विस्तारले पूर्णता नपाउँदा बजारको मुख्य सडक नै कुरुप देखिएको छ।

सडकको ३० मिटर चौडाई मध्य दक्षिणतिरको १५ मिटर सडक कालोपत्रे भएको छ बाँकी उत्तरतिरको १५ मिटर पिच हुनसकेको छैन। ‘सडक कालोपत्रे नहुँदा पानी नपर्दा धुलो उड्ने र पानी पर्दा हिलोले हिड्नै नसक्ने हुन्छ’, घोराहीका सन्तोष शर्माले भने, ‘बजारको मुख्य चोकमै सडकको हालत विग्रदा राम्रो देखिएको छैन।’

सडक ग्रोभेल भएको लामो समयसम्म पिच नहुदा सडकमा खाडल समेत बढ्दै गएका छन। सवारी चलाउन समेत समस्या हुने गरेको छ। सडकमा भएका खाडलका कारण दुर्घटना हुने सम्भावना बढेको शर्माले बताए।

सम्झौताअनुसार निर्माण पक्षले काम गर्दागर्दै घोराही–१५ तुलसीपुर चोकका सावर्णीबहादुर बस्नेतले २०७३ बैशाख २१ गते तत्कालिन पुनरावेदन अदालत (हाल उच्च अदालत) मा मुद्दा हालेका थिए। उनले मुद्दा दर्ता गरेको १५ महिनापछि २०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम भईरहेको जग्गा बस्‍नेतकाे नाममा रहेको भन्दै सडक निर्माणको काम नगर्नु नगराउनु भन्‍ने आदेश गरेको थियो।

२०७४ साल भदौ महिनादेखि रोकिएको सडक विस्तार अझै सुरु हुन सकेको छैन। उच्च अदालतको फैसला पुनरावेदनका लागि सडक डिभिजन कार्यालय दाङले २०७४ माघ ८ गते सर्वाेच्च अदालतमा पुरावेदन गरेको थियो। तर सर्वाेच्चले कुनै फैसला गरेको छैन। जसले गर्दा सडक के गर्ने भन्‍ने समेत टुङ्गो लाग्न नसकेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी लिलाबहादुर भण्डारीले बताए।

सडक विस्तारका लागि नाला निर्माणसँगै ग्राभेल समेत भइसकेको छ। उनका अनुसार उक्त स्थानमा सडक विस्तारको ६२.५७ प्रतिशत काम सम्पन्‍न भएको छ। निर्माण पक्षसँग ३८ लाख ५५ हजार रुपैयामा काम गर्ने गरि सम्झौता भएको कार्यालयले जनाएको छ।

‘अदाललतले व्यक्तिको नाममा फैसला गरिदिएपछि सडक विस्तारको काम रोकिएको हो’, सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी भण्डारीले भने, ‘अहिले सर्वोच्चमा मुद्दा छ, फैसला नहुँदासम्म काम हुने अवस्था छैन।’ अदालतको फैसला कुरिरहेको जानकारी दिदै उनले काम निरन्तरता दिन आदेश दिए तुरुन्तै निर्माण कार्य पूरा गर्ने दाबी गरे। काम पूरा नहुदाँ निर्माण पक्षको भुक्तानी समेत रोकिएको छ।

दाङमा सवारी दुर्घटना बिकराल, ८ बर्षमा झण्डै ६ सयको मृत्यु

घोराही/दाङमा सवारी साधन दुर्घटनाले बिकरालरुप लिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ मा बर्षेनी औषतमा ७१ जनाले दाङमा सवारी दुर्घटनामा परि ज्यान गुमाउने गरेको उल्लेख छ ।

सरदर १ सय ३७ दुर्घटना, ७१ जनाको मृत्यु, २ सय ८२ घाईते र १ सय ८५ बढी गाडीहरु दुर्घटनामा संलग्न हुने गरेको तथ्यांक रहेको छ । दैनिकजसो हुने सवारी दुर्घटनाले मानविय सँगै भौतिक तर्फ ठूलो क्षति पु¥याउदै आएको छ ।

वितेको ८ बर्षमा सवारी दुर्घटनामा परि झण्डै ६ सय जनाले अकालमै मृत्युबरण गरेका छन् । २०६८ सालमा ७६ जना, २०६९ सालमा ५४ जना, २०७० सालमा ७४ जना, २०७१ सालमा ५४ जना, २०७२ सालमा ७१ जना, २०७३ सालमा ७७ जना, २०७४ सालमा ७९ जना र २०७५ सालमा १ सय ४ जना गरी ५ सय ८९ जनाको सवारी दुर्घटनामा परि मृत्युभएको छ ।

ति दुर्घटनामा परि ८ बर्षमा २ हजार ७ सय ५७ जना घाईते भएका छन् । दिनहु हुने सवारी दुर्घटनामा चालककै बढी लापर्वाही हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । तिव्रगती, क्षमता भन्दा धेरै यात्रु र समान बोक्ने, मादक पदार्थ सेवन गरेर चलाउने गर्दा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण

साउन, ११ । दाङमा गठन भएको दाङ चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेको हो । श्रीधर महरा नेतृत्वमा गठित नयाँ कार्यसमितिले सपथ ग्रहण समेत गरेको छ । निर्वाचन अधिकृत मणिराज आचार्यले अध्यक्ष महरालाई सपथ ग्रहण गराए भने अध्यक्ष महराले आफ्ना नयाँ कार्य समितिका पदाधिकारी र सस्दयहरुलाई सपथ ग्रहण गराएका थिए । निवर्तमान अध्यक्ष दिपक सुबेदीले नव निर्वाचत अध्यक्ष श्रीधर महरालाई संस्थाको पुस्तिकासमेत सो अवसरमा हस्तान्तरण गरे ।

मुलुकको सबैभन्दा जेठो व्यावसायिक संस्थाको रुपमा रहेको चेम्बर २००७ साल फागुन ६ गते स्थापना भई काम गर्दै आएको छ । २०२२ सालमा उद्योग वाणिज्य संघ स्थापना हुनु भन्दा अघि चेम्बरले व्यावसायिक गतिविधि गर्दै आएको थियो । हाल यि दुवै संस्थाले आआफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले व्यवसायीक हित र सामाजिक उत्तरदायित्वमा कार्यगत एकता गरी अघि बढ्न नयाँ नेतृत्वलाई सुझाब दिए । उद्योगी व्यवसायीको पक्षमा काम गर्दै उपभोक्ता अधिकारलाई ग्यारेण्टी गर्नसमेत उनीहरुको सुझाब थियो ।

कार्यक्रममा दाङ चेम्बरका निबर्तमान अध्यक्ष दिपक सुबेदीले उद्योग वाणिज्य संघले सबै उद्योगी व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै बैकल्पीक रुपमा आफुहरुले संस्था स्थापना गरेको उल्लेख गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष महराले व्यवसायीको संरक्षण, आर्थिक विकासमा साझेदारी र सामाजिक उत्तरदायित्वमा जिम्मेवारीका साथ लाग्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी चेम्बरका केन्द्रीय सदस्य टंकप्रसाद पोख्रेलले आफुहरु कसैको प्रतिस्पर्धी नभएको बताए । स्वच्छ प्रतिस्पर्धाबाट उद्योगी व्यवसायीको अधिकार सुरक्षित गर्ने, सामाजिक आर्थिक विकासमा सहयोग गर्ने र उपभोक्ताको अधिकारमा जवाफदेही बन्ने उदेश्यका साथ अघि बढिको उल्लेख गरे । कार्यक्रमका प्रमुख आथिति प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले व्यवसायीक हितका लागि बिभाजित सोंच आउन नहुनेमा जोड दिए । उनले व्यवसायीक हित र सामाजिक जवाफदेहीतामा उद्योग बाणिज्य संघ र चेम्बरको एउटै आवाज हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा बिभिन्न क्षेत्रका दुई दर्जन बक्ताहरुले सफल कार्यकालको शुुभकामना दिए भने कार्यक्रमको सहजिकरण चेम्बरका उपाध्यक्ष घनश्याम अधिकारीले गरेका थिए ।

घोराहीमा लक्ष्य भन्दा धेरै राजस्व संकलन

घोराही,
८ साउन / घोराही उपमहानगरपालिकाले वितेको आर्थिक बर्षमा लक्ष्यभन्दा सवा दुई करोड बढी राजस्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०७५÷७६ मा १९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको उपमहानगरले २१ करोड १८ लाख ७७ हजार ५ सय ३५ रुपैयाँ राजस्व संकलन गरेको हो ।

उपमहानगरपालिकाले बिभिन्न एक सय ६७ शिर्षकमा राजस्व संकलन गर्दै आएको छ । सबै भन्दा धेरै मालपोत रजिष्ट्रेशनबाट ९ करोड ३३ लाख २६ हजार ५ सय ८२ रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिए ।

त्यसैगरी, एकीकृत सम्पत्तीकरबाट १ करोड १४ लाख ४ हजार, घरबहाल करबाट १ करोड १७ लाख ४ हजार, विज्ञापन करबाट १७ लाख ९९ हजार, नदिजन्य बस्तुबाट २ करोड ७२ लाख २९ हजार, जरिवुटी तथा कवाडबाट १५ लाख ७८ हजार र व्यवसाय करबाट १५ लाख २२ हजार रुपैयाँ संकलन भएको छ ।

उपपमहानगरपालिकाले चालु आर्थिक बर्षमा २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको शाखा प्रमुख केसीले जानकारी दिए ।

दाङमा सिचाईका लागि एक वर्षमा कृत्रिमरुपमा बनाइएको तालमा डुवेर हालसम्म २४ जनाको मृत्यु

घोराही । वातावरणलाई सन्तुलनमा राख्न, सिचाई सुविधा तथा खानेपानीका लागि पानीको स्रोत बढाउन दाङमा अहिले कृतिम पोखरी बनाउने क्रम बढ्दो छ । तर पछिल्लो समय यी पोखरी मृत्यु स्थल बन्दै गएका छन् ।

सिचाईका लागि बनाइएका यस्ता पोखरी र खोलामा डुबेर दाङमा २४ जनाले ज्यान गुमाएका छन् । यसमा कृतिम पोखरीमा डुबेर मृत्यु हुनेको संङ्ख्या ११ छ । आइतबार साँझ ६ बजे घोराही उपमहानगरपालिका १८ मसिनामा लगाइएको टमाटरलाई सिंचित गर्न बनाइएको कृतिम पोखरीमा डुबेर तीन जना युवतीको मृत्यु भयो । मृत्युले गाँउनै शोकमा ढुबेको छ । पोखरी खन्ने तर तारबार र कुनै संकेत चिन्ह नराखिदा अकालमा ज्यान गुमाउँनुपरेको स्थानीयको आरोप छ ।

अहिले घोराही उपमहानगरपालिकाले २० वटा कृतिम पोखरी निर्माण गरेको छ । ती कुनैमा पनि व्यवस्थित तारबार लगाइएको छैन । उमहानगरले बनाएका पोखरीमै डुबेर ६ जनाले ज्यान गुमाइसके । दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेले यस वारेमा सचेत सबैलाई गराउनुपर्ने बताए ।

सुख्खा स्थानमा सिचाइँ गर्न यस्ता पोखरीले पानीको स्रोत बढाइदिएको छ । तर सावधानी नअपनाउँदा धेरैले ज्यान गुमाउनुपरेको छ । यसलाई उपमहानगर र उपभोक्ता स्वयम् आफैले व्यवस्थित बनाउँन आवश्यक देखिएको छ । यस वारेमा घोराहीका मेयर नरुलाल चौधरीले उपमहानगरले सचेतना फैलाउन सम्वन्धित ठाउहरुमा वोर्डहरु टागिने बताए । भुवन पाण्डे÷कान्तिपुरवाट

रोपाईको चटारो, मल नपाउदा किसानलाई छटपटी

घोराही, २ साउन/सरकारले अनुदानको रासायनिक मल समयमै नपठाउदा दाङका किसानहरु खेती गर्ने समयमा बजारमा मल खोज्दै भौतारिएका छन् । एक साता पहिले पानी परेपछि खेतीमा व्यस्त हुने किसानहरु आबस्यक रासायनिक मल नपाउदा खोज्दै बजारमा भौतारिएका हुन् ।

यती बेला खेतमा व्यस्त हुने किसानहरु मल कै खोजीमा कृषि सामाग्री कम्पनी लिमिटड घोराही सँगै बजारमा पसलहरुमा भेटिने गरेका छन् । अबस्यक युरिया र डिएपी मल नपाएकै कारण किसानहरु उत्पादन घट्ने भन्दै चिन्तीत बनेका छन् ।

केहीदिनको वर्षातले धान रोपाईको चटारो लागे पनि मल नहुदा बजारमा भौतारिनु परेको घोराही १६ की सीता चौधरीले गुनासो गर्नुभयो । किसानहरु कृषि सामाग्राी कम्पनी, साल्ट ट्रेडिङ र सहकारीहरु चाहादै हिडेका छन् ।धान रोपाईको चटारो भैरहदा मल नपाएर छटपटी पनि उत्तीकै रहेको तुलसीपुर १५ दक्षिण कुररियाका चिन्ताबहादुर चौधरीले बताउनुभयो ।

यसैविच रासायनिक मलको प्रयोग मात्र नभई धान रोपाईका लागि किसानले गोठेमलको प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र दाङको भनाई छ । केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले किसानहरु रासायनिक मलमा मात्रै आकर्षित भएको भन्दै धान रोपाईमा गोठे मलको प्रयोग गर्न सकिने बताउनुुभयो ।

चालु आवमा २८ सय मुद्धा दर्ता, धेरै सम्बन्ध बिच्छेद र बलात्कार

घोराही,
३१-असार /  दाङ देउखुरी जिल्ला अदालतमा चालु आर्थिक बर्ष २०७५/७६ मा २८ सय बढी विभिन्न प्रकृतिका मुद्धाहरु दर्ता भएका छन् ।

अदालतले आज पत्रकार सम्मेलन गरी बार्षिक कार्य प्रगति सार्वजनिक गर्दै एक बर्षमा २ हजार ८ सय ७३ वटा मुद्धा दर्ता भएकोमा १ हजार ७ सय ८७ मुद्धाको फच्र्यौट भएको जानकारी दिएको हो ।

अदालतमा दर्ताभएका मध्य सबै भन्दा बढी मुद्धा सम्बन्ध बिच्छेदका रहेका छन् । एक बर्षमा ५ सय ७५ महिला र २ सय १२ पुरुष गरी ७ सय ८७ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको न्यायाधिस हेमन्त रावलले जानकारी दिए ।

ति मध्य ५ सय ५८ जनाको सम्बन्ध बिच्छेद भएको छ भने २ सय २९ बाँकी रहेको छ । त्यसैगरी १ सय ३७ वटा जवरजस्ती करणिका मुद्धा दर्ता भएकोमा ५७ वटा फच्र्यौट र ८० बाँकी रहेको छ ।

जवरजस्ति करणि मुद्धामा १८ बर्ष जेल सजाय र ५ लाख रुपैयाँ सम्म क्षतिपूर्ती भरणका लागि आदेश भएको न्यायाधिस रावलको भनाई छ । साथै बहु बिबाहका २७ मुद्धा मध्य १० वटा फच्र्यौट, घरेलु हिंसाका ९ मुद्धा दर्ता भएकोमा ५ फच्र्यौट भएको छ ।

त्यसैगरी, नावालक मुद्धा ९ वटा दर्ताभएकोमा ७ वटा फच्र्यौट भएको, बाल बिबाहका पनि ९ वटा मुद्धामा एउटा फच्र्यौट भएको न्यायाधिस रावलले जानकारी दिनुभयो । यसैबिच आत्महत्यामा ४ वटा मुद्धा दर्ता भएको र ३ वटा बोक्सी आरोपको मुद्धा दर्ताभएको छ ।

दाङ चेम्वरको निर्विरोध अध्यक्ष भएपछि महराले भने–‘दङ्गालि र ब्यवसायिले गर्व गर्ने लायक चेम्वर वनाउछौ’

घोराही । दाङ चेम्वर अफ कमर्शको सर्वसम्मतरुपमा जिल्ला अध्यक्ष भएपछि श्रीधर महराले चेम्वरलाई जिल्लाकै नमुना र सबैको लोकप्रीय बनाउने बताएका छन् । चेम्वरको जिल्ला अधिवेसनवाट आफु अध्यक्षमा निर्विरोध चयन भएपछि महराले चेम्वरलाई सबै ब्यवसायिको साझा संस्थाकारुपमा विकास गर्ने बताए ।

उनले सबै ब्यवसायिको भावना समेटेर काम गर्ने भन्दै ब्यवसायिको पक्षम सदैव क्रीयाशिल हुने बताए । संस्थालाई माथि उठाउन सबैको सहयोग, सद्भाव आवश्यक हुने भन्दै अध्यक्ष एक्लैले भन्दा पनि सबै मिलेर यसलाई माथि उठाउनुपर्ने उनले विचार राखे । आफुलाई निर्विरोध अध्यक्ष बनाउन प्रत्यक्ष÷अप्रत्यक्ष भुमिका खेलेकोमा विशेष चेम्वरका जिल्ला अध्यक्षसहीत सम्पुर्ण पदाधिकारी, सदस्य, निर्वाचन मण्डल लगायत शुभेच्छुक सबैमा धन्यवाद दिदै चेम्वरलाई दङ्गालि र ब्यवसायिको माझमा गर्व गर्ने संस्थाकोरुपमा स्थापित गर्न सफल हुने बताए ।

उनले चेम्वरको इतिहास हेरेर मात्र यसको वारेमा ब्याख्या, विश्लेषण गर्न आग्रह गर्दै ब्यवसायिको पक्षमा विगतदेखी चेम्वरले उठाउदै आएको आवाज एकपटक सम्झन आम ब्यवसायिलाई आग्रहसमेत गरे । उनले चेम्वरका पदाधिकारी र सदस्यहरुको सल्लाह, सुझाववाटै आफु अघि बढ्ने भन्दै सर्वसहमतिवाट आफुलाई नेतृत्व दिएको सबैप्रति आभार पनि ब्यक्त गरेका छन् । उनले भर्खरै जन्मिएको संस्थाले सर्वसम्मत नेतृत्व चयन गरेर अन्य जिल्लामा रहेका ब्यावसायिक संस्थालाई गतिलो पाठ दिएको भन्दै अन्य ब्यावसायिक संस्थासंग ब्यवसायिको पक्षमा एकता तथा समन्वय गरेर जान सकिने पनि बताए । नेतृत्व सर्वसम्मत चुनेर चेम्वरले समाजमा राम्रो शन्देश छोडेको भन्दै सहमतिवाट चुनिएको नेतृत्वले नै सबैको भावना, विचार समेटर काम गर्न सक्ने बताए । उनले थपे–भर्खरै जन्मिएको संस्थामा सर्वसम्मत नेतृत्व चुनेर राम्रो शन्देश आम मानिसमा गएको छ, ब्यवसायिहरुमा पनि उत्साह थपिएको छ, सबैको सहयोग भएमा संस्थालाई राम्रोसंग चलाउन सक्छु

महरा चेम्वरकै सदस्य भएर संस्थापककारुपमा काम गरीसकेका छन् । मिलनसार, सहयोगि महरा ब्यावसायिक क्षेत्रमा लामो समयदेखी सकृय रहेका छन् । उनि विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायि भुमिका पनी रहेका छन् । घोराहीको भ्यालि टप वोर्डिङ, गुरुवागाँउको स्कलरल्याण्ड वोर्डिङको लामो समय अध्यक्ष भएर उनले जिम्मेवारी निभाएका छन् । प्रावि क्वाडि९तत्कालिन रात्रि विद्यालय क्वाडि० विद्यालयमा २२ वर्ष लामो अध्यापनरत महराको शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको छ । जग्गा ब्यवसायि समेत रहेका महराले मानविकि संकायमा विए सम्मको अध्ययन पुरा गरेका छन् ।

दाङका सिडिओले चेतावानि दिदै भने–कटुवा खोला पुलको म्याद थप पनि हुदैन, भुक्तानीका लागि सिफारीस पनि दिन्नौ

घोराही, असार २६ । घोराहीको कटुवाखोला पुलमा विहिवारबाट गाडी चलेको छ । तर पुलको पूर्ब तर्फको क्षेत्रमा गिट्टी र माटोले फिलिङ गरेका कारण पुल नै जोखिममा परेको छ ।

बुधवारराती देखी आएको भेल पुल मुनिबाट बग्न नसकेपछि पुलका पूर्बभाग कटान गरेको छ भने आधादर्जन घरहरु डुवानमा परेका थिए । उक्त पुलको पूर्बभाग कटान गरेपछि विहानैदेखी त्यसको मर्मतमा यहाँको स्थानिय प्रहरी प्रशासन जुटेको थियो । कटान गरेको भागमा विहानैदेखी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित ठेकेदारका कामदारहरुले ग्याविन जाली लगाएका छन् । कामचलाउ मर्मतपछि पुलमा गाडि चलेका छन् । सामान्य मर्मतपछि पुलवाट सिङ्गल गाडिहरु आवतजावत गर्न सहज भएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले केही महीनादेखी नै पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गर्दै आएका थिए । उनी आफै नै प्रायजसो कटुवाखोला पुलको अवलोकनमा पुग्ने गर्थे । तर, ठेकेदारले काम सम्पन्न गर्न चासो दिएनन् । लगातारको वर्षाले पुलको केही भाग कटान गरेपछि दिनभरजसो आवागमन सहज भएन् । अहिले अवेर रातिसम्म काम गरेर पुल सञ्चालनमा ल्याईएको प्रजिअ रिजालले बताए । कटुवाखोला पुलको भत्किएको भाग आफै खटिएर काम चलाउ मर्मत गरेर सेवा सुचारु गरेपछि प्रजिअ रिजालले चेतावानी दिदै भने–अब म्याद थप पनि हुदैन, भुक्तानीका लागि सिफरीस गर्दैनौ, सडक डिभिजन र ठेकेदारले लापरबाही गर्दा बिकास निर्माण काममा समस्या भयो ।’

पुलको निर्माणको जिम्मा शंकरमालि निर्माण सेवाको तर्फपाट स्थानियरुपमा घोराहीका पदम शर्माले लिएका थिए । उनले ठेकदार र सडक डिभिजन कार्यालयको लापरबाहीले काम समयमा नभएको भन्दै ठेकदारले आफुले पनि काम नगर्ने र काम पनि नछाड्ने गर्दा पुल निर्माणको काम समयमै सक्न नसकिएको र आफुहरु काम गर्न अगाडि सरेपछि ठेकदार नदेखिएको बताए । उनले अब यो पुलको म्याद पनि नथपिने र भुक्तानीका लागि सिफारीस नगर्ने चेतावानी दिए । रिजालले काम नगर्ने यो निर्माण कम्पनिलाई कालोसुचिमा राखेर कारवाही गर्न र ठेक्का तोड्न पनि सिफारीस गर्ने चेतावानि दिए ।

दाङ देउखुरी जिल्ला अदालतले गर्यो घोराही उपमहानगरको न्यायीक समितिको अनुगमन

घोराही, २३ असार/दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस सहितको टोलीले आज घोराही उपमहानगरपालिका न्यायीक समितिको कार्य सम्पादनको विषयमा अनुगमन तथा छलफल गरेको छ ।

न्यायाधिस हेमन्त रावलको नेतृत्वमा गएको टोलीले उपमहानगरको न्यायीक समितिले गर्दै आएका न्याय सम्पादनका बिषयमा जानकारी लिनुका साथै छलफल गरेको हो ।

छलफलमा न्यायीक समिति संयोजक सीता सिग्देल न्यौपानेले समितिमा जग्गा विबाद र घरेलु हिंसाका मुद्धाहरु धेरै आउने गरेको जानकारी दिनुभयो । मेलमिलापको माध्यमबाट पिडित र पिडकलाई जितको महशुस हुने गरी न्याय सम्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा न्यायाधिस रावलले न्यायीक समितिलाई आबस्यक पराशर्म तथा न्याय सम्पादनमा सहयोग आबस्यक परे सहजिकरण गर्न तयार रहेको बताउनुभयो