राजनीती

स्वाभिमान यात्रा सुरु हुनु चार दिन अघि चन्द समूहले राप्रपा छाड्यो, बुबा लोकेन्द्रबहादुर कता ?

११ फागुन, काठमाडौं । पूर्वमन्त्री जयन्त चन्दसहित १८ नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु हुनु चार दिन अघि चन्दसहितका नेताहरुले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । राप्रपाबाट अलग भएको घोषणा गर्नेहरुको सूचीमा चन्दको नाम पहिलो नम्बरमा छ । उनी चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा

मुख्यमन्त्रि शंकर पोख्रेलले भने–पश्चिम दाङको विकास गर्ने उत्तरजिको सपना प्रदेश नेतृत्वकर्ताको हिसावले मैले पुरा गर्छु’

तुलसीपुर ११ फागुन र सवारी दुर्घटनामा निधन भएका प्रदेश सांसद उत्तरकुमार ओलीको प्रदेश सरकार स्तरीय राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उहाँको जन्मस्थान दंगीशरण गाउँपालिका–६ बागर नजिकै चिरेघाटखोलामा अन्त्यष्टि गरिएको हो । प्रदेश सरकारको निर्णय अनुसार राजकिय सम्मानका साथ नेपाल प्रहरीले शोक सलामी अर्पण गरेको थियो भने संघिय सभामुख कृष्णबहादुर महरा, ५ नं। प्रदेशका

स्वर्गीय सांसद वलीको अन्त्येष्टि भाेलि गरिने, शव आजै दाङ ल्याइँदै

घाेराही, १० फागुन । दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित ५ नम्बर प्रदेशका सांसद उत्तरकुमार वलीको अन्त्येष्टि भाेलि (शनिवार) गरिने भएको छ । सवारी दुर्घटनामा परेको १६ दिनपछि  शुक्रवार (आज) बिहान स्वर्गीय हुनु भएका सांसद वलीलाई अन्त्येष्टिका लागि उहाँकै पुर्ख्याैली घर दंगीशरण गाउँपालिका वडा नम्बर – ६, लेटारमा ल्याइने भएको छ । माघ २४

रहेनन् सांसद उत्तरकुमार ओली ! उपचारका क्रममा निधन

घोराही, १० फागुन । प्रदेश नम्वर ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनु भएका सांसद वलीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङको मसोट नजीक चिसापानीमा दुर्घटना भएको थियो

सांसद मेटमणी चौधरीले भनेः उत्तरकुमार वलीको स्वास्थ्य उपचार नेपालमा सम्भब नभए बिदेशमा लैजाऔं, सरकारले दायित्व ल्याओस ।

काठमाडौं । सांसद मेटमणी चौधरीले प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले संसदमा बोल्दै वलीको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रदेश सांसद वलीको रक्षा गर्न र उपचारमा कुनै कसर बाँकि नराख्न माग गरेका छन् । २६ माघदेखि उपचाररत वली प्रदेश सांसद समेत रहेकाले औषधि उपचारको दायित्व सरकारले लिनुपर्ने

राप्रपाको माग–राजसंस्था पनि अटाउने प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गर्न माग

राप्रपाको माग- २०४७ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गरियोस् ७ फागुन, काठमाडौं । राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रको बुँदानम्बर ७ (छ)मा लेखिएको छ, ‘२०४७ साल

राज्यप्रति नागरिकमा वितृष्णा बढ्नु चिन्ताजनक : पूर्वराजा ज्ञानेन्द्र

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यका अंगप्रति आम नागरिकको वितृष्णा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले जिजुबुबा त्रिभुवनसहित प्रजातन्त्रका निम्ति योगदान गर्ने सबैलाई स्मरण गरेका छन् । जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भएपछि देश भ्रमणका क्रममा आम नागरिकमा त्यस्तो

एक वर्षको अवधिमा प्रदेश ५ सरकारले उल्लेखनीय काम गरेको छः मुख्यमन्त्री पोख्रेल

घाेराही, फागुन ४ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले गर्ने गरेको काममा जनताको उत्साहजनक साथ रहेको बताएका छन् । उनले प्रदेश दिवस मनाउँदा ६ ठाउँबाट सुरु गरिएको सरसफाई अभियानमा जनताको उल्लेख्य सहभागिताबाटै यसको प्रतिनिधित्व भएको बताए । काठमाडौं केन्द्रित शासन व्यवस्थाको अभ्यास गर्दै आएका नेताहरुलाई संघीयताको विकेन्द्रीत अभ्यास गर्न कठिन हुनुपर्नेमा

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने गरी प्रदेशको राजधानी तोकिन्नः मुख्य मन्त्री पोखरेल

बुटवल, फागुन ३ । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले हतारमा निर्णय गरी फुर्सदमा पछुताउने गरी प्रदेशको स्थायी राजधानी नतोकिने बताएका छन्। कुनै ठाउँ विशेषको आग्रहबाट मुक्त भएर मात्र सबैले गर्व गर्ने र स्वीकार गर्नसक्ने गरी प्रदेशको राजधानी बनाउने भन्दै सबै क्षेत्रको सुझावको आधारमा समय लिएर प्रदेशको नामाकरण र राजधानी तोकिने बताएका हुन्। प्रदेश ५

लखन कप उद्घाटन प्रदेश सभामुखले गर्ने

घोराही, २९ माघ । दाङको घोराहीमा हुन लागेको प्रथम सहिद लखन थापा मगर रनिङ फुटबल प्रतियोगिताको उद्घाटनका लागि प्रदेश नम्बर पाँचका सभामुख पुर्णबहादुर घर्ती आउने कार्यक्रम तय भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय दाङको आयोजनामा १४२ औँ लखन दिवसका अबसरमा हुन लागेको फुटबल प्रतियोगिताको उद्घाटनका लागि घर्ती दाङ आउने कार्यक्रम रहेको हो ।

जनयुद्ध दिवसमा दाङमा पनि मनाइने

दाङ,माघ २९ । नेपालको परिवर्तनमा जनयुद्धको भूमिका विषयक अन्तक्रिया कार्यक्रम हुने भएको छ । तत्कालिन नेकपका माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । उक्त दिवसको अवसरमा बुधवार घोराही उपमहानगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । पूर्व एकिकृत नेकपा माओवादी र पूर्व नेकपा एमालेको

नेविसंघ अध्यक्षबाट नैनसिंह महरको राजीनामा, सल्यानका ऋषिकेशजंग शाहलाई अध्यक्ष बनाउने तयारी

घोराही, माघ २८ । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवालाई भेटेर उनले पदबाट राजीनामा दिएका हुन् । नेविसंघको कार्यकाल सकिएको लामो समयसम्म महाधिबेशन गराउन नसकेको आरोप महरमाथी लागेको थियो । पार्टीले पनि उचित निर्णय लिन नसकेको भन्दै महरले राजीनामा बुझाएका छन् । ‘ म पार्टी

प्रदेश ५ को बिकास परिषदमा दाङका ८ जना,निर्माण ब्यवसायिवाट वलिभद्र राना, उद्योगि ब्यवसायिवाट नारायण भुसाल, भाषाविदवाट मेनका पोख्रेल

बुटवल १७ माघ/ प्रदेश ५ सरकारले प्रदेश विकास परिषद गठन गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद गठन भएको हो । जसमा दाङका ८ जना परेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, संस्थागत सदस्यहरुमा निर्माण ब्यबसायी संघको तर्फबाट बलिभद्र राणा, राजनीतिक क्षेत्रबाट जगप्रसाद शर्मा, प्रशासनीक बिद रमेश

तुलसीपुरमा नेविसंघको मसाल जुलुस

दाङ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले दाङको तुलसीपुरमा सरकारको विरोधमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ । डा. गोविन्द केसीको माग सम्वोधन हुनु पर्ने, चिकित्सा शिक्षा विधेयक खारेज गरी केसीसँगको गरेको सहमति पालन गर्नुपर्ने, निर्मला पन्तले न्याय पाउनुपर्ने भन्दै सरकारविरुद्ध चर्का नारा लगाउँदै संघले दाङको तुलसीपुरमा मसाल जुलुस निकालेको हो ।

शहिदहरुको सपनालाई पुरा गर्न व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्ने

यमकला भुसाल, घोराही,१६ माघ। बुधवार देशको लागि आफ्नो प्राणको आहुति दिने अमर सहिदहरुको सम्झना गर्ने दिन । राणा शासन विरुद्धको आन्दोलनमा ज्यानको बाजी लगाएका अमर शहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीको सम्झनामा बुधवार देशभर बिभिन्न कार्यक्रम गरिएको छ । पछिल्ला वर्षहरुमा शहिदको अपमान भएको गुनासो बढिरहेको छ । शहिदको मापदण्ड

डा. केसीलाई शान्ता चौधरीको मार्मिक पत्र : आगामी चुनावमा उम्मेदवार बनेर बिजयी हुन चुनौती

काठमाडौं, माघ १३ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा सचेतक शान्ता चौधरीले आगामीचुनावमा उम्मेदवार बनी जितेर देखाउन डा गोबिन्द केसीलाई खुला चुनौती दिनुभएको छ । चौधरीले आज सामाजि कसञ्जाल फेसबुकमार्फतडा केसीलाई खुलापत्र लेख्दै सो चुनौती दिनुभएको हो । यस्तो छ चाधरीको खुलापत्र आदरणीय डा गोविन्द केसीज्यू तपाईंले विगतमा गर्नुभएको अनसनप्रति म कहिल्यै नकारात्मक थिइन

काग्रेसको घोराही उपमहानगरस्तरीय संस्थागत विकासका लागि क्षमता अभिबृद्धि तालिम

घोराही, माघ १२ । नेपालि काग्रेस घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरस्तरीय दुइ दिने संस्थागत विकासका लागि क्षमता अभिबृद्धि तालिम शनिवार घोराहीमा सम्पन्न भएको छ । नगर समितिका सभापति मनोज बुढाथोकीको अध्यक्षता एंव नेपालि काग्रेसका नेता भरतबहादुर न्यौपानेको प्रमुख आतिथ्यतामा तालिम समापन गरीएको हो । सो अवसरमा वोल्दै प्रमुख अतिथि न्यौपानेले काग्रेसलाई वलियो बनाउन सबै

काग्रेसकै महाधिवेसन प्रतिनिधि महेश श्रेष्ठ भन्छन्–राजधानिका लागि छिमेकि जिल्लासंग समन्वय गरेर बुटवलभन्दा ठुलो जुलुस दाङमा काग्रेसले निकाल्नुपर्छ’

घोराही, माघ ४ । नेपालि काग्रेसका युवा नेता महेश श्रेष्ठले रुपन्देही काग्रेसले प्रदेश ५ को स्थायि राजधानि बुटवल तोक्नका निमित्त खवरदारी सभा गर्नु कुनै नौलो कुरा नभएको भन्दै नेपालि काग्रेस दाङले पनि दाङमा स्थायि राजधानिको माग गर्दै जनप्रदर्शन गर्नुपर्ने बताएका छन् । उनले रुपन्देही काग्रेसले बुटवल राजधानि माग्यो भनेर वहस गर्नुको कुनै अर्थ नरहेको भन्दै

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु

वाँके, माघ ३ । बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर रहेका नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको कार्यक्रम सहजकर्ता केशव चालिसेले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य, शिक्षाको लागि पहल गर्दै आयआर्जनका अवसर सिर्जना गरी आर्थिक तथा सामाजिक रुपमा जनताको जीवनस्तरमा सुधार

व्यक्तीवादी सोच त्याग्नुपर्छ : डा. महत

यमकला भुसाल, तुलसीपुर ,३ माघ। नेपाली कांग्रेसका नेता डां रामशरण महतले व्यक्तीवादी सोच त्यागेर सामुहिक पद्धतीबाट अघि बढ्नुपर्ने बताएका छन । नेपाली कांग्रेस दाङले बिहिवार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे डा. महतले  भने ‘हामी व्यक्तिवादी  सोचमा छौँ अब त्यो सोच त्यागेर सामुहिक रपमा मिलेर अघि बढ्नुपर्छ’ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका

वाइडबडी प्रकरणमा लेखा समितिको प्रतिवेदन त्रुटीपूर्ण–मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री पोखरेलले वाइडबडी विमान खरिद प्रकरणको छानबिनमा संघीय संसदको सार्वजनिक लेखा समितिले त्रुटी गरेको बताएका छन् । प्रदेशसभाको वैठकमा प्रतिपक्षी सांसदहरुले वाइडबडी खरिदमा अर्र्बौ रुपैयाँ अनियमितता भएको भन्दै विभागीय मन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेपछि मुख्यमन्त्रीले लेखा समितिले नै त्रुटी गरेको तर्क गरे । मुख्यमन्त्री पोखरेलले लेखा समितिले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै तथ्यको गहिराईमा

घुस खाएको प्रसंगमा नेकपा नेता सुदन केसिले भने–गल्ती गरेर अझ घमण्ड, टिकारामलाई होइन्, मलाई दिनुहोस चुनौति’

घोराही, पुस २९ । नेकपाका युवा नेता सुदन केसिले नेकपा पार्टिभित्रको विकृति विसङ्गति वाहीर ल्याउन आफुले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् । उनले पार्टिभित्र थुप्रै वेथिति बढेको भन्दै अव नेकपा कार्यकर्ता कोही कसैलाई सह्रय नहुने चेतावानि दिएका छन् । उनले नेकपा नेता मनोहर बुढाथोकिले करणिमुद्धा मिलाउने भन्दै दश लाख घुस खाएको आरोप लागेपछि फेसवुकमा स्ट्याटस

सरकार विरुद्धको भ्रमको खेती छ महिनापछि समाप्तः मुख्यमन्त्री

बर्दिया पुष २७ । मुख्यमन्त्री शंकर पोखरेलले सरकारविरुद्ध भ्रमपूूर्ण प्रचार छ महिनापछि बन्द हुने बताउनुभएको छ । उहाँले अहिले भइरहेका कामको नतिजा देखिदै जाने र अब आउने बजेटपछि अहिले भइरहेका भ्रणपूर्ण प्रचारको खेती बन्द हुने बताउनुभयो । बाँसगढी नगरपालिकाले शुरु गरेको अनलाइन प्रणालीमा व्यक्तिगत घटना दर्ताको घोषणा कार्यक्रममा बोल्दै उहाँले मुलुकले विकासको गति लिइरहेको बताउनुभयो

पूर्व राष्ट्रपति यादवको विद्यार्थीलाई कृषि पढ्न सुझाव

दाङ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवले जथाभावी रुपमा भईरहेको प्रकृतिको विनाश रोक्नुपर्ने बताएका छन । दाङको घोराहीमा रहेको शान्ति सुधा आवासीय माध्यामिक विद्यालयले रजत जयन्ती अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति यादवले जथाभावी रुपमा रहेको प्रकृतिको विनाशले गम्भीर असर पार्ने भन्दै प्रकृतिको विनाशलाई रोक्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । प्रकृतिको

राजधानी सार्ने षड्यन्त्र गरिएको भन्दै रुपन्देही कांग्रेसले प्रदर्शन गर्ने

बुटवल पुस २६। प्रदेशको स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसले माघ ३ गते बुटवलमा गर्ने बृहत् जनप्रर्दशन गर्ने भएको छ । कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर २ को बिहीवार बसेको बैठकले जनप्रदर्शन गर्ने निर्णय गर्दै जनप्रर्दशनलाई ऐतिहासिक बनाउन र व्यापक जनसहभागिता जुटाउनका लागि कांग्रेसका नगर, वडा तथा टोल समितिको परिचालन तथा प्रचारप्रसार तीव्र बनाउने निर्णय

थारु संस्कृतिको संरक्षणका लाग्न प्रदेश सभाषद डागीको युवाहरुलाई आग्रह

सौडियारमा माघी महोत्सव विमल योगी दाङ,२५ माघ । प्रदेश नम्वर ५ का सांसद अमरबहादुर डागीले थारु संस्कृतिको संरक्षणका लागि युवाहरु जागरुप हुनुपर्ने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नम्वर ७ ले आज बुधवार सौडियारमा आयोजना गरेको माघी महोत्सव कार्यक्रममा बोल्दै डाँगीले अहिले थारु समुदायमा परम्परागत संस्कृति क्रमशः हराउदै गएको भन्दै त्यसको बिकास र संरक्षणका

महायज्ञको सल्लाहकार समितिको बैठक

घोराही, २५ पुस । प्रदेश नं पाँचका सभासद अर्जुन कुमार श्रेष्ठले वराह क्षेत्र माध्यमिक विद्यालय सेवार बनगाँउ दाङको भौतिक पुर्वाधार विकास तथा प्राविधिक शिक्षाल स्थापना गर्नको लागि सबैले सहयोग गर्नु पर्ने वताएका छन् । महायज्ञ सल्लाहकार समितिको बैठककप्रमुख अतीथि श्रेष्ठले ढिलै भएपनि विद्यालयमा प्राविधिक शिक्षा स्थापना गर्ने आएको योजनालाई सबैले सहयोग गर्नु पर्ने वताएका हुन्

विद्यालयमा राजनीति गर्नु गलतः सांसद वली

दिप्तीशिखा चौधरी, दङ्गीशरण, २४ प्रदेश नम्वर ५का सांसद उत्तरकुमार वलीले बिद्यालय भित्र गतल मनासयले राजनीतिहरु सवै सामुदायिक विद्यालयको स्तर विग्रिएको बताएका छन । शैक्षिक सस्ंथामा चरम राजनीति भएकै कारणले सामुदायिक विद्यालयको स्थिती खस्किन पुगेको दावि गरे दङ्गीशरण गाउँपालिका वडा न.६ मा रहेको सिद्ध पृथ्वी जनता क्याम्पसको १३ औँ साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका

रापति समाजको काठमान्डौमा वार्षिक साधारण सभा

घोराही, पुस २१ । रापती समाज काठमाडौंको १२ औं वार्षिक साधारण सभा काठमान्डौमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरेका थिए । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा भएको वार्षिक साधारण सभामा राष्ट्रिय सभा सदस्य कोमलवलिसहीत दाङका सांसदहरुको सहभागिता रहेको थियो । सो अवसरमा वोल्दै सभामुख महराले राप्तीको पुर्वाधार, संस्कृति र पर्यटन

बुटवललाई स्थायि राजधानी बनाउने कुरा चलिरहेकै बेला कर्णाली प्रदेशमा जान नेपालगञ्ज मेयर राणाको प्रस्ताव

नेपालगञ्ज : प्रदेश ५ मा परेको नेपालगञ्जलाई यतिबेला कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज बढ्दोक्रममा छ । यहाँका उद्योगी ब्यवसायीसँगै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले पछिल्लो समय सार्वजनिक कार्यक्रमबाट कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा वकालत गर्ने गरेका छन् । यहाँका अधिकाँश उद्योगी र ब्यवसायीहरु यतिबेला खुलेर कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा लागिरहेका छन् । पछिल्लो समय नेपालगञ्जका मेयर