पत्रकार रिजालको उपचारमा सघाउन पत्रकार महासंघको अपिल

दाङ,असोज २८ । काठमान्डौंमा उपचाररत पत्रकार महेश रिजालको उपचारमा सघाउन नेपाल पत्रकार महासंघ दाङ शाखाले सबैमा अपिल गरेको छ । महासंघका जिल्ला सचिव भुपेन्द्र वलीले मंगलवार एक अपिल जारी गर्दै सहयोगको लागि उद्योग व्यापारीमा आग्रह गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी पत्रकार रिजाल अस्वथ्य भइ उपचारको लागि कामान्डौंको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । पत्रकार रिजालको तीन वटा रक्त नली बन्द भएको हुँदा एक महिना भित्रै अप्रेसन गर्नुपर्ने अवस्था उपचारमा सम्लग्न चिकित्सकले अवगत गराएका छन् । तर पत्रकार रिजालको आर्थिक अवस्था कमजोर भएको हुँदा उपचार गर्न सक्ने अवस्था भने छैन ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद समेत रहेका पत्रकार रिजाल जिल्लामा लामो सयमदेखि पत्रकारिता गर्दे आएका एक अग्रज पत्रकार हुन ।

पत्रकार रिजालको उपचारमा आर्थिक अभाव रहेको बारे गम्भीर चिन्ता र चासो व्यक्त गर्दै महासंघले मानविय नाताले सहयोग गरेर जीवन रक्षाको लागि दाङ शाखाले याचना गरेको छ । महासंघले पत्रकार रिजालको स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरुलाई दाङ शाखामा आएर सहयोग गर्न तथा पत्रकार रिजालको खाता रहेको बैंक अफ काठमाडौंको खाता नम्बर ०५५४०००००६३२५२४ सहयोग रकम जम्मा गरिदिन अपिल पनि जारी गरेको छ ।

पत्रकार प्रकाश चौधरीले महराको यौन प्रकरणमा वचाउ गर्दै भने–महरा सरलाई गलत आरोप लगाइयो, अरिङ्गालको गोलामा ढुङ्गा नहान्न अनुरोध गर्दछु’

घोराही, असोज १८ । नेकपा निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष हालका प्रेस संगठनका पत्रकार प्रकाश चौधरीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाईएको वलात्कारको आरोपमा वचाउ गरेका छन् ।

नेकपा घोराही उपमहानगर कमिटिको कार्यालय सदस्यसमेत रहेका चौधरीले फेसवुकमा स्ट्याटस लेख्दै भनेका छन्–महरा सरलाई गलत आरोप लगाउने शाहीलाई डेङ्गुले असर पारेको रहेछ जस्तो पो लाग्यो । डेङ्गुवालाई अरिङ्गालको गोलामा ढुङ्गा नहान्न अनुरोध गर्दछु । टोकाई याद गर ।’

पत्रकार महासंघ दाङका सदस्य पाण्डव प्रशाद शर्माले महराको यौन प्रकरणमा वचाउ गर्दै सभामुखमा पुनर्वहाल गरिनु पर्छ, एउटा मतदाताका हैसियतले हाम्रो माग हो यो’

घोराही, असोज १८ । नेपाल पत्रकार महासंघ दाङका सदस्य पाण्डव प्रशाद शर्माले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाईएको वलात्कार अभियोग प्रकरणमा वचाउ गर्दै आरोप लगाउने महीलाले नै डिप्रेसनको औषधि खाने गरेको भनिसकेको अवस्थामा सभामुखमा पुनर्वहाल गरिनु पर्ने एउटा मतदाताका हैसियतले हाम्रो माग भएको दावि गरेका छन् ।

नेकपा घोराही १५ का वडा सचिव समेतसमेत रहेका शर्माले फेसवुकवाट भनेका छन्–आरोप लगाउने महिलाले नै मैले डिप्रेशनको औषधी खान्छु । मलाई कर्मचारी समायोजनमा सहयोग नगरेकाले रिसको झोकमा भनेको हुँ भनिसकेको भिडियो आइसकेको छ । अब तत्काल ती महिलालाई पक्राउ गरि मानसिक अस्पताल पुर्याउनु पर्छ । सभामुखज्युको राजिनामा फिर्ता हुन्छ या कानुनी प्रकृयाले मान्दैन भने पुनः संसद्मा सभामुखको निर्वाचन गराएर हुन्छ उहाँलाई सभामुखमा पुनर्वहाल गरिनु पर्छ । एउटा मतदाताका हैसियतले हाम्रो माग हो यो ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं आन्दोलनप्रति प्रेस संगठनको ऐक्यवद्धता

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले थालेको आन्दोलनप्रति प्रेस संगठन नेपाल दाङले पनि ऐक्यवद्धता जनाएको छ । प्रेस संगठनका जिल्ला कार्यदल सदस्यहरु जेएन सागर, प्रकाश चौधरी, पाण्डव शर्मा र प्रेमबहादुर राम्जाले विज्ञप्ति जारी गरी त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

मुक्तक

तेज गोविन्द क्षेत्री
दाङ

पिउन छोडेको छु तिम्रो आँखाको नसा पिए देखि ।।
केही लेख्न छाडेको छु तिमीले बचन दिए देखि ।
बाँच्नु र मर्नु त ईश्वरको हातमा नै हुन्छ तर यहा।।
तिमीमा नै बिलिन हुदै छु म तिम्रै लागि जिए देखि।

परीयार सेवा समाजको केन्द्रिय सदस्यमा केशव नेपालि

घोराही । परीयार सेवा समाजको केन्द्रिय सदस्यमा केशव नेपालि चयन भएका छन् । नेपालि परीयार सेवा समाज दाङका अध्यक्ष पनि हुन् । परीयार सेवा समाजका केन्द्रिय अध्यक्ष डि.वि. परीयारले नेपालिलाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । परीयारद्वारा हस्ताक्षरीत मनोनयन सम्वन्धि पत्रमा सो कुरा उल्लेख गरीएको छ ।

हिराचन्द्र केसिलाई सुन ब्यापारी भन्दै तुलसिपुरका गणेश आचार्यले दिपक गिरीलाई अवैध क्रशर ब्यापारीको आरोप लगाए

तुलसिपुर, असार १४ । तुलसिपुरका गणेश आचार्यले काग्रेस नेता दिपक गिरीमाथि अवैध क्रशर ब्यापारीको गम्भिर आरोप लगाएका छन् । केही दिन अगाडि आफ्नो चुनावि हारको विषयको प्रसंगमा एउटा युटुव च्यानलसंगको अन्तरवार्तामा गिरीले तत्कालिन एमालेवाट उम्मेद्वार बनेर चुनावमा विजय भएका हिराचन्द्र केसिलाई आफुलाई कुनै राजनितिज्ञ भन्दा पनि एमाले समर्थित सुन ब्यापारीले हराएको आरोप लगाएका थिए ।

उनले आफ्नो निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर ३ मा अरु कोही उठ्न नमानेको चर्चा गर्दै आफुलाई सुन ब्यापारीले चुनावमा हराएको बताएका थिए । केसिको वचाउमा तुलसिपुरका आचार्यले भनेका छन्–‘काँग्रेस नेता दिपक गिरीले खोइ कताको अन्तर्वार्तामा आफुलाई एमालेको सुन व्यापारीले हराएको भने रे । दिपक गिरीलाई हेक्का रह‍ोस्, कि तपाइँलाई हराउने एमाले नेता हिराचन्द्र केसी बैध सुन व्यापारी हुन् । तर,तपाईं अबैध क्रसर व्यापारी हो । तपाईंको क्रसर मापदण्ड विपरीत संचालन भइरहेको छ ।

यस्ता कानुन मिच्ने बदमाश नेताले ठुला कुरा नगरे हुन्छ ।’ यस वारेमा गिरीको प्रतिक्रीया लिन खोज्दा आफु कुनै पनि अवैध कार्यमा संलग्न नरहेको र गलत कुराहरु लेखेर अफवाह फैलाउन खोजेको भन्दै आफुमाथि लगाएको आरोपको पुष्ट्रि गर्न पनि चुनौति दिएका छन् । गिरीले सांसद हिराचन्द्र केसिमाथि लगाएको आरोपको विषयमा स्वयम केसिसंग बुझ्न खोज्दा उनको मोवाइल स्विच अफ रहेको छ । आचार्य तत्कालिन एमाले समर्थीत पत्रकारहरुको संगठन हालको प्रेस संगठन नेपाला(प्रेस चौतारी नेपालका) सदस्य पनि हुन् ।

अञ्जु पन्तको गीतमा रिचा र आयानको प्रेम

– गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पुरुषोत्तम न्यौपानेको सँगीत रहेको गीत रिकेश गुरुंङले एरेन्ज गरेका हुन् । यस्तै गीतको भिडियोमा नायक आयान बज्राचार्य र मोडल रिचा थापाको अभिनय रहेको छ । सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको प्रियासन एल्वमको उक्त गीत गोदाबरीमा छायांकन गरिएको हो ।

प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियो उत्सब दाहालले खिचेका छन् हुने भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोको मेकिङ चलचित्रको शैलीमा छ । उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्नेमा रचनाकार प्रियासन आशावादी छन् ।‘इतिहास’, ‘कालापानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेका नायक आयान पुनः अभिनयमा जम्ने सोँच सहित फर्किएका छन् । नायक आयनले अभिनय गरेका अन्य गीतहरु पनि केही समयमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ । लामो समय देखि अभिनयमा क्रियाशिल रिचाको पनि हालसम्म दर्जनौ म्यूजिक भिडियो आइसकेका छन् भने उनले अभिनय गरेको लभ्यु हमेसा चलचित्र पनि पर्दशनको तयारीमा छ ।

तथ्यहीन समाचारको आधारमा प्रताडना कहिलेसम्म ?

 नेपाल प्रहरी संगठन समग्रमा देशभक्त, इमान्दार र सम्मानयोग्यहरु रहेको संगठन हो तर अन्यत्र जस्तै यहाँ पनि केहि खराव पात्रहरु स्वाभाविक रुपमा हुनेनै भए , त्यस्ता खराव पात्रहरुले ढिला वा चाँडो यसो वा उसो हिसावले आफ्नो कर्म अनुसारको फल पाएका पनि छन l गलत गर्दा दण्डित अनि ठिक गर्दा पुरष्कृत गरिनुनै सहि अभ्यास हो जुन प्रहरी संगठनमा लामो समय देखि अभ्यास भएकै छ l कुनै बेला नेतृत्वमा रहेकाहरुले केहि कसैलाइ बचाउन खोजेको रहेछ भने अर्को नेतृत्व आउँदा त्यस्ता खराव पात्रहरुलाइ कारवाही हुनेनै गरेको छ , भनिन्छ नि कर्ममा खोट रहेको छ भने त्यसको प्रतिफल जरुर मिल्छ नै र मिल्नु पनि पर्छ l

तर पछिल्लो केहि समय देखि प्रहरी संगठन भित्र अनौठो र विकृत प्रवृति हुर्कंदै गएको देखिन्छ l आफ्ना प्रतिस्पर्धीहरु वा आफ्ना प्रतिस्पर्धीहरुको निकट भए रहेको हुनसक्ने आधारमा संगठनका जिम्मेवार अधिकृतहरुको विषयमा तथ्यहिन समाचारहरु दिएर मिडियालाइ पनि दीघभ्रमित पार्दै मिडियाकै विश्वसनीयता माथि सवाल खडा गराउने मात्रै नभएर प्रहरी संगठनकै प्रतिष्ठा गिराउन भूमिका खेल्ने काम भैरहेको छ l केहि दिन अगाडी मात्रै हाल सिन्धुपाल्चोकको प्रहरी प्रमुख रहेका एसपी मुकुन्द मरासिनीले दुइ बर्ष अगाडी बुटवलको डीएसपी हुँदा दुर्घटनामा संलग्न चालकलाइ बचाउन नक्कली चालक खडा गराएर सक्कलीलाइ बचाएको भन्ने समाचार प्रकाशीत भएको थियो तर उक्त समाचारमा उल्लेख भए जस्तो तथ्य चाहिं हैन रहेछ l

उल्लेखित दुर्घटनामा मृतकका पिडित छोराले नक्कली ड्राइभरको खिलाफ जाहेरी दिएपछी पक्राउ परेका व्यक्ती अनुसन्धानबाट नक्कली रहेको , लाइसन्स विना मोटरसाइकल चलाएर दुर्घटना गराउने आफन्तलाइ बचाउन खोज्दै प्रहरीलाइ झुटो वयान दिएको पुष्टि भएपछी घटनाको तेश्रो दिन सक्कली चालक पत्ता लगाइ दुबै जनालाइ थुनामा राखी सक्कली लाई मुद्दा दायर गरि पुर्पक्षका लागि कारागार पठाएको तथ्यलाइ तोडमोड गरेर आएको उक्त समाचार संगठन भित्रकै कसैले मिडियालाइ नै दिग्भ्रमित पारेर दिएको सूचना वाहेक अरु त केहि हुनै सक्दैन l यो त केवल एउटा उधाहरण हो , प्रहरी संगठनमा रहेर आफ्नो निजि आग्रह पूर्वाग्रहको आधारमा संगठनकै अरु कोहि सदस्यको वदनाम गर्ने प्रवृतिले धेरै राम्रा अधिकृतहरुले विगत देखि अहिलेसम्म धेरै हैरानी व्यहोर्नु परेको छ l समग्रमा भन्नु पर्दा यस्तो प्रवृतिले कसैको हित गर्ने वाला छैन , यसले केवल प्रहरी संगठनको मनोवल घटाउने , यसै पनि सदैव प्रहरी प्रति सशंकित रहनु पर्छ भन्ने मान्यताले ग्रस्त समाजको एउटा हिस्सालाइ प्रहरी प्रति अझै नकारात्मक बनाउन भूमिका खेल्छ l

प्रहरीका एसपी मुकुन्द मरासिनी हुन वा अरु कोहि हुन, उनीहरुले गल्ती गरेको छन वा गर्छन भने उनीहरुलाइ कारवाही हुनुपर्छ तर हुँदै नभएको गर्दै नगरेको गल्तीको आधारमा कसैको हुर्मत लिन खोजिन्छ भने त्यसको प्रतिवाद सवै तिरबाट हुनुपर्छ l अरुलाइ न्याय दिने प्रहरीहरुले उनीहरुलाइ अन्याय हुन लाग्यो भने त्यसको विरुद्ध आवाज उठाउने पङ्क्ति स्वाभाविक रुपमा तयार रहन्छ भन्ने विश्वास लिएर काम गर्ने वातावरण बन्नु पर्छ l अहिलेको निम्ती तथ्यलाइ तोडमरोड़ गरेर प्रकाशित समाचारले एसपी मरासिनीलाइ कम्जोर बनाउन नसकोस, आफुलाइ प्राप्त सूचना गलत रहेछ भन्ने ज्ञान समाचार प्रकाशित गर्ने सम्मानित संचार माध्यमलाइ पनि होस अनि आफ्नो मन शान्त पार्न कसैको वदनाम बनाउने प्रवृति र पात्रहरु निरुत्साहित हुँदै जाउन भन्ने कामना l

राधाकृष्ण देउजाको फेसबुकबाट

सिन्धुपाल्चोकका सिंघम एसपि

असार ३,नेपाल प्रहरी संगठनको एक योध्दाको रुपमा परिचित एस पि मुकुन्द मरासिनी अपराध र अपराधी संग कुनै मुल्यमा सम्झौता नगर्ने, विधिको शासनले मात्र समाजमा न्याय प्रदान गर्छ भन्नेमा विश्वस गर्ने ब्यक्ति हुन। सिन्धुपाल्चोक सरुवा हुदा आई जि पी ले पहिलो शव्दमा खोलाको दोहन रोक्नु, गुन्डा गर्दि पुणरुपले रोक्नु भन्ने निर्देशन पाएका मरासिनीले गए लगतै आइ जी पि को निर्देशन अक्षरस पालना गराए।सो कार्य गर्दा उनले निकै ठुलो दबाव समेत खेप्नु परेयो ।

आईजिपिको निर्देशन नै उनकोलागी अर्जुन दृष्टि थियो । कुनै दभाव र प्रभावले छुन सकेन र १०५ खोला दोहनमा संलग्न सवारी साधनहरु र ७ क्रसर उधोगलाई कारवाहिको दायराम ल्याई छाडे र ६० लाख भन्दा वढि राजश्व संकालन भयो यो सिन्दुपाल्चोको ईतिहास मै पहिलो हो। चोरी निकासी नियन्तणमा सक्रिय मरासिनालाई सुरुमा दभाव दिए र सरूव समेत गर्ने केहि तस्करको समुह नलागेको पनि हैन तर अन्तत सत्यको जित भयो मरासिनी सफल भए र सवैको बधाईका पत्र भए।जिल्ला सिन्धुपाल्चोक लिस्ती गा।वि।स।वडा न।५ वस्ने मान बहादुर प्रधानको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धन बहादुर थापा समेत भएको कर्तब्य ज्यान मुद्धामा मिति २०६९र१०र१६ गते बेलुका १९स्०० बजेको समयमा जि।सि।पा। लिस्ती गा।बि।स। वडा नं। ५ बस्ने बर्ष ५६ को भक्त बहादुर प्रधान र निजको श्रीमती मान कुमारी प्रधानलाई कर्तब्य गरी मारेको ज्यान सम्बन्धी मुद्धाको अनुसन्धानको सिलसिलामामा वारदात पश्चात भागि फरार रहेकाजिल्ला सिन्धुपाल्चोक साबिक घुम्थाङ गा।बि।स। वडा नं। ७ परिवर्तित बाह्रबिसे न।पा।वडा नं। ८ घर भई हाल जि।झापा दमक न।पा। वडा नं। ३ बेलडाँगीमा बस्ने शेर बहादुर थापाको छोरा बर्ष ३५ को धन बहादुर थापालाई मिति २०७५।०८।०२ गते झापाबाट पक्राउ गरि उक्त मुद्धाको सफल अनुसन्धान गरि सम्मानित सि।पा।जि।अदालतमा बुझाएका थिए । यो सिन्दुपाल्चोको निकै जटिल र रहस्यमय घटना थियो।एसपि मरासिनी एक ब्यावशायी अनुसन्धनकर्ता पनि हुन।

बुटवलमा २०६८ सलदेखि पत्तालगाउन नसकेको सिरियल किलर का रुपमा रहेको जसम ६ जना महिलाको ज्यान गएको थियो भने ३० भन्दा वडि महिला घाइते भएका थिए जसका कारण अत्यान्तै त्रासदिपूण वतावरण भएको थियो रुपन्देहिमा। कसैले पत्ता लगाउन नसकेको घटना सर्लाहिबाट संलग्नलाई पक्रउ गरी कारवाही गर्न सफल भएका थिए।२०७३साल देखि उक्त क्षेत्रमा तेस प्रकारका घटना घटेका छैनन् । तत्कालिन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न १२ जना लाई पक्राउ गरी सफल अनुसन्धान गरेका थिए जुन घटनाले राष्ट्रियरुप लिएको थियो। जसका करण क्षेत्रिय प्रहरी कार्यालय पोखराबाट पुरस्कृत भएका थिए एस पि मरासिनी।

जिल्ला सिन्धुपाल्चोक साविक ज्यामिरे गा।वि।स। वडा नं। ९ हाल मे।न।पा। ९ बस्ने बर्ष ४१ को नवराज थापा मिति २०७५र०६र२० गते घरबाट कोही कसैलाई नसोधी हिँडी सम्पर्क बिहिन भएकोले निजको खोजतलास गर्दै जाने क्रममा मिति २०७५र०९र२९ गते १२स्०० बजेको समयमा ऐ।ऐ। मे।न।पा। वडा नं। ९ बसेउरा स्थित ऐसेलु घारीमा सडिगली दुर्गन्धित अवस्थामा नवराज थापाको मृत लाश फेला परेको र उक्त मृत लाश शंकास्पद रहेकोले कोही कसैले कर्तव्य गरी मारी फालेको हुन सक्ने हुँदा थप अनुसन्धान गरी अपराधी पत्ता लगाई कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको मृतककको बुबा ककर बहादुर थापाको जाहेरी दरखास्त दिएका थिए। ६ महिनाको लामो अनुसन्धान पश्चात मिति २०७५र१२र२६ गते साँझ १७स्०० बजेको समयमा जि।सि।पा। मे।न।पा। वडा नं। ९ डब्ल्याङ स्थितबाट सोही स्थानमा बस्ने बर्ष ४० को बिष्णु भन्ने ताह बहादुर भण्डारी र बर्ष २४ को बिनोद गिरीलाई पक्राउ गर्न सफल भएका थिए जसले नेपाल प्रहरी अनुसन्धानको क्षेत्रमा शाख नै राखेको थियो।

जिल्लासिन्धुपाल्चोक बाह्रबिसे न।पा। वडा नं। साजन तामाङ समेतका प्रतिबादीहरुले खाडीचौर सिन्धुपाल्चोक भन्सारको बिलभएको सुन छ । रु १०,०००००र(भुक्तानी मागेको छ । एक किलो सुनको २८,०००००र( मा दिने कुरा गरेको छ भनेकोले मिति २०७५र०९र१७ गते रु १०,०००००र( लाख लिई म समेत जि।सि।पा।बलेफी गा।पा। वडा नं। ५ स्थित आईपुग्दा प्रतिबादीहरुले उक्त रकम लुटी म समेतलाई कुटपिट गरी घटना स्थलबाट भागी फरार भएको घटनाको खोज तलास गरी मिति २०७५र१०र२५ गते प्रतिबादी मध्यका प्रेम बहादुर तामाङ,साजन तामाङ र आकाश भन्ने सिंह बहादुर तामाङलाई काठमान्डौबाट पक्राउ गर्न सफल भई अनुसन्धान कार्य पुरा गरी अदालतमा पेश हुँदा निज प्रतिबादीहरु पुर्पक्षको लागी थुनामा गएको । फरार प्रतिबादी बिक्रम भन्ने बिश्वराज तामाङलाई मिति २०७६र०१र२० गते पक्राउ गरी सम्मानित अदालतमा पेश हुँदा हाल पुर्क्षको लागी थुनामा रहेको ।

सिन्दुपाल्चोकको एक वर्षको कार्यकालमा मरासिनीले कसै संग सम्झौता गरेनन र शान्ति सुरक्षा सवल वनाउन पनि सफल भएका छन्। मरासिनिले फरार अभियक्त पक्रउ अभियान नै चलाई ५३ जना पक्राउ गरी जेल नै भरिदिएका छन। फैसला कर्यान्वायनमा ३७ जनालाई कानुनी दायरामा ल्याएका छन जस वाट २३ वर्ष ११ मैना ६ दिन कैद र रु २३’३७’२०५ जरिवान असुल भएको छ।

शान्ति सुरक्षा भंग गर्ने ७७ जनालाइ कारवाहिको दायरामा ल्याएका थिए। बिप्लपका १९ जाना जिल्ला तहका कार्यकर्ता पक्रउ गरेका थिए र कानुनको दायरामा ल्याएका थिए।

मरासिनी एक कुसल व्यवस्थापक पनि हुन। उनको पहलमा सिन्दुपाल्चोकमा प्र चौ मानेखर्क, प्र चौ गुम्वा, ई प्र का हेलम्बु, प्र चौ वोक्चेन का लागी निसुल्क १५ रोपनी, अन्दाजी रु १ करोड १७ लाख बरावरको जग्गा प्राप्ती गराएका छन। ई प्र का कोदारीको नाम रहेको ३८ रोपनी जग्ग प्रहरी प्रयोग ल्याउन सकेको थिएन।२०३२ सल देखि स्थानिएको कव्जामा थियो प्रहरी को जग्गा। जग्गा नभएको भनेर प्रहरीको भवन समेत वन्न नसकि रहेको वेला अहिले उक्त जग्गा खाली गराई सुविधा सम्पन्न भवन वन्दैछ कोदारी नाकामा यो मरासिनीको ठुलो योगदान हो । र बिभागिय नीति निर्देशन को अक्षरस पालना गरि आईजिपि बाट जारी गरिएको ६ बुदे रवाना कार्यन्वयन गरेको भनी आईजिपि बाट भर्खर मात्र पुरस्कृत हरिएका उनी एक ब्याबसाइक,कुशल अधिकृत को रुपमा दर्ज छन जस्को प्रत्यक्ष दर्सी सिन्धुपाल्चोक का आम नागरिक छन र उनिहरुले यस्तो अधिकारी पाएको मा शान्ति सुरक्षा को समेत पुर्ण प्रत्याभुती पाएको बताउछन।

प्रदेश लोकसेवा आयोग गठन तत्काल गर्न निर्देशन

बुटवल । प्रदेश पाँच संसदको प्रदेश मामिला तथा कानुन समितिले प्रदेश लोकसेवा आयोग गठन गर्न प्रदेश सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

 समितिको आज बसेको बैठकले लोकसेवा सम्वन्धी कानुन बनिसकेको अवस्थामा तत्काल आयोग गठन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिका सभापति दामाकुमारी शर्माका अनुसार बैठकले प्रदेश निजामति सेवा विधेयकको प्रक्रिया तत्काल अगाडी बढाउन पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।  बैठकमा प्रदेशमा रहेका जेलहरुको अवस्थाका बारेमा पनि छलफल भएको थियो । छलफलका क्रममा जेलहरुमा कैदीवन्दीहरु राख्ने क्षमता भन्दा बढी रहेको तथा भौतिक संरचना पनि कमजोर रहेको कुरा उठेको थियो ।

बैठकले जेलहरुको अनुगमन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले बुटवल १ मा श्री ३ बडामहारानीका नाममा रहेको जग्गामा वसेका १६ परिवारहरुको झुपडीमा डोजर लगाएको प्रति ध्यानाकर्षण भएको समितिले जनाएको छ । त्यहाबाट विस्थापित भएकाहरुको वैकल्पिक ब्यवस्थाका लागि सरकारसग आवश्यक छलफल गर्ने निर्णय बैठकले गरेको छ । समितिको बैठकमा भोजप्रसाद श्रेष्ठ, सुरेन्द्र हमाल, सरस्वति गौतम, भगवति भण्डारी, भुवनेश्वर चौधरीले विभिन्न विषयमा धारणा राखेका थिए । लोक सेवाको बिद्येयक २ नम्वर प्रदेशमा व्यापक विवाद भएको थियो ।

मानव तस्करीका कथा : पैसा कमाउने आसमा आपराधिक समूहको चंगुलमा

पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुपै्र नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पु¥याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन । कसरी विदेशी भूमिमा नेपाली नागरिक ठगिएका छन् ? कुन बाटो हुँदै कसरी लगिन्छ ? भन्ने विषयमा नवराज मैनालीको रिपोर्ट :

अमेरिका सपना : ७५ लाख डुबाएर १७ महिना जेल 
अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो ।

ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो । नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान  ब्युरोमा जाहेरी दिएका थिए । उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई  ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ । जिसीले हाल मृत्यु भइसकेका एक प्रदेश सभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो समूहले त्यसरी महिनौँसम्म लगाएर विभिन्न देश हुँदै युवाहरूलाई अमेरिका पठाउने गरेको थियो । केही वर्षयता अमेरिकी सीमामा कडाइ गरेपछि त्यहाँ धेरैजना पक्राउ परेका थिए ।
१५ युवकलाई  लिबिया पु-याएर बन्धक
वैदेशिक रोजगारीका लागि इटाली लैजाने भन्दै लिबिया पु-याएर १५ युवालाई अलपत्र बनाउने गिरोहका दुईजना पनि पक्राउ परेका छन् । मावन बेचबिखन नियन्त्रण ब्युरोले राहुल गहतराज, तीर्थबहादुर विश्वकर्माजस्ता उपनाम भएका राहुल थापा र कमल भन्ने लोकमान राईलाई प्रहरीले पक्राउ गरेको हो । सो समूहले प्रतिव्यक्ति पाँचदेखि सात लाख रुपैयाँ असुलेर उनीहरूलाई नयाँदिल्ली, दुबई हुँदै ट्युनिसियाबाट सिरिया पठाइएको थियो । त्यहाँबाट लिबिया पु-याएपछि उनीहरूको पासपोर्ट तथा नगदसमेत खोसिएको थियो । पछि त्यहाँ खटिएको नेपाली शान्ति सैनिक र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा उद्धार गरिएको थियो ।

पक्राउ परेकामध्ये लोकमान विगतमा पनि मानव तस्करी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २४ पुस ०७४ मा पक्राउ गरेको थियो । टर्कीमा मानव तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेपछि उनले यही धन्दालाई निरन्तरता दिएका थिए । ‘भिजिट भिसामा विमानस्थलबाट मानव तस्करी गर्ने गिरोहका उनी नाइके भएको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने ।

काजकस्तान भन्दै कुर्दिस्तान
मानव तस्करीमा संलग्न गिरोहले काजकस्तान लैजाने भन्दै नेपालीहरूलाई झुक्याएर इरानको सहर कुर्दिस्तान पु-याएरसमेत अलपत्र बनाएका थिए । तीन युवकलाई त्यसरी कुर्दिस्तान पु-याइएको छ । त्यसमा संलग्न अमरबहादुर बगाले र मेनुका श्रेष्ठलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले पक्राउ गरी कारबाही अघि बढाएको छ । आकर्षक जागिरको प्रलोभनमा लाखौँ असुलेर उनीहरूलाई कुर्दिस्तान पु-याइएको हो । इराक, लिबिया, सिरियाजस्ता द्वन्द्वग्रस्त देशहरूमा समेत मानव तस्करी बढेको प्रहरीले जनाएको छ ।

क्यानडा पठाउने भन्दै दिल्ली लगेर मिर्गाैला निकाल्ने प्रयास 
क्यानडा लैजाने भन्दै मानव तस्करीमा संलग्न एक गिरोहले एक युवक र उनका बुबा तथा मामालाई दिल्लीमा पु-याएर उनीहरूको पैसा लुटी मिर्गाैलासमेत निकाल्ने प्रयास गरेको छ । चार महिनापछि प्रहरीले सो गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । नाम गोप्य राखिएका ती युवालाई गत ५ फेबु्रअरीमा भारतको नयाँदिल्ली लगिएको थियो । दिल्लीको होटेलमा राखेपछि क्यानडा जान २२ हजार अमेरिकी डलर देखाएपछि तुरुन्त क्यानडाको ‘इलेक्ट्रोनिन्स ट्राभल अथोराइजेसन’ ल्याउन सकिने भनेर ब्ल्याकमेल गरियो । भिसा आइसकेको भनेर उनलाई भ्रममा पारेर पैसा मगाउन लगाइएको थियो ।

भर्खर प्लस टू पास गरेका ती युवक क्यानडाको सपनामा मोहित भइसकेका थिए । त्यसकारण जसरी पनि पैसा खोज्न बुबासँग आग्रह गरे । छोरा क्यानडामा सेटल हुन्छ भन्ने सपनामा बुबाले आफन्तसँग ऋण गरेर २२ हजार डलरबराबरको पैसा जम्मा गरेका थिए । युवकका बाबु र मामा करिब २४ लाख पैसा बोकेर १२ फेब्रुअरीमा नयाँदिल्लीस्थित एयरपोर्टमा ओर्लिए ।

 मानव बेचबिखन अनुसन्धान ब्युरो एसपी अनुपमशमशेर राणा भन्छन् ‘ वैदेशिक रोजगारीको आश्वासनमा खाडीदेखि अमेरिकी देशहरूसम्म तस्करी रोकिएको छैन । तस्करीमा परेकाहरूले उजुरी नदिने प्रवृत्ति छ । ’

सोही दिन बेलुका युवकको क्यानडाको फ्लाइट भनिएको थियो । गिरोहका व्यक्ति नै उनका बाबु र मामालाई लिन एयरपोर्ट गएका थिए । ट्याक्सीमा लिएर फर्किंदा उनीहरूले पैसा देखाउन भने । तर, शंका लागेर बाटोमा पैसा देखाएनन् । होटेलमा लगेर सुरुमा विभिन्न कुरा खान कर गरेको, तर आफूहरूले नमानेको उनीहरूले बताएका छन् । पैसा देखाएपछि गिरोहका सदस्य योगेश सापकोटाले युवकलाई विमानस्थल लिएर गएका थिए । बाबु र मामालाई होटेलमै राखिएको थियो ।

युवक विमानस्थलमा कुरिरहे । घन्टौँ कुरेपछि आफ्नो टिकट नै नक्कली भएको थाहा पाएपछि बिहान करिब चार बजे उनी बुबाहरू भएको होटेलमा फर्किए । जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । उनीहरूलाई अस्पताल लिएर गए । त्यतिवेलासम्म उनीहरूको सबै पैसा लिएर गिरोहका व्यक्तिहरू फरार भइसकेका थिए । त्यसपछि मात्र उनीहरूले आफूहरू आपराधिक समूहको फन्दामा परेको थाहा पाए ।

बेहोस बनाएर आफूहरूको मिर्गाैलासमेत निकाल्ने प्रयास भएको उनीहरूले प्रहरीसँग बताएका छन् । गिरोहका सदस्य सापकोटा पक्राउ परेका छन् भने अन्य फरार रहेको प्रहरीले जनाएको छ । सो गिरोहमा केही भारतीयहरूसमेत रहेको उनीहरूमाथि अनुसन्धान जारी रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर राणाले बताए । क्यानडाको पिआर नै मिलाइदिने भनेर उनलाई विश्वासमा पारी त्यसरी लुटिएको थियो । क्यानडमा भएका एक व्यक्तिसँग बारम्बार फोनमा कुरा गराएर उनलाई विश्वासमा पारेको अनुसन्धानमा खुलेको छ ।

 ब्युरो बन्यो  नियमावली बनेन 
मानव तस्करी तथा ओसारपसारका घटना बढेपछि सरकारले यससम्बन्धी अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेको एक वर्ष भइसकेको छ । तर, ब्युरोको नियमावली सरकारबाट पास नहुँदा अहिलेसम्म ब्युरोले प्रभावकारी रूपमा काम गर्न पाएको छैन । ब्युरोले उजुरी लिएर अनुसन्धान गरे पनि अन्य प्रहरी कार्यालयमार्फत मुद्दा चलाउनुपर्ने अवस्था छ । गृह मन्त्रालयले ब्युरोको नियमावली मन्त्रिपरिषद् पठाएको महिनाैँ  हुँदा पनि स्वीकृत हुन सकेको छैन । नियमावली नहुँदा अनुसन्धानका काम प्रभावित भएको ब्युरोका अधिकारी बताउँछन् ।

 न सहचारी न सन्धिमा हस्ताक्षर 
मानव तस्करीमा नेपाल विश्वकै प्रमुख स्रोत मुलुक बनिसकेको छ । छिमेकी देशदेखि अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको ओसारपसार हुने गरेको छ । तर, नियन्त्रणका लागि सरकारबाट पर्याप्त पहल नभएको प्रहरी अधिकारीहरू बताउँछन् । धेरैजसो नेपालीलाई भारत तथा युएईलाई ट्रान्जिट बनाएर बेचबिखन हुने गरेको छ । युएईलगायत देशमा प्रहरी सहचारी राख्न प्रहरीले गरेको प्रस्ताव वर्षाैँसम्म पनि कार्यान्वयन हुन सकेको छैन । जसकारण प्रहरी परराष्ट्रका कर्मचारीमा भर पर्नुपरेको छ । तर, परराष्ट्रबाट पर्याप्त सहयोग र सक्रियता हुने गरेको छैन । अर्काेतर्फ मानव बेचबिखन नियन्त्रणसम्बन्धी राष्ट्रसंघको ‘पारलेमो प्रोटोकल’मा पनि नेपालले हस्ताक्षर गरेको छैन । इटालीको पारलेमोमा सन् २००० मा मानव तस्करी नियन्त्रणका लागि घोषणापत्र जारी भएको थियो ।

नयाँ पत्रिकावाट । 

इन्द्रेणी आइडल २ को उत्कृष्ट ५ प्रतियोगी छनौट

जेठ, ३२ । स्थानीय प्रतिभालाई पहिचान गरी सांगितिक क्षेत्रमा स्थापित गराउने र संगीत कलाको प्रवद्र्धन गर्ने उद्देश्यले संचालित सांगितिक रियालिटी कार्यक्रम इन्द्रेणी आइडल २ को आज भएको प्रतियोगितामा उत्कृष्ट ५ प्रतियोगी गायन र प्रस्तुतिका आधारमा छनौटमा परेका छन् । साताको शनिबार दिउँसो इन्द्रेणी एफएमबाट प्रसारण हुने कार्यक्रम इन्द्रेणी आइडल २ मा अघिल्लो साता छनौटमा परेकाहरु मध्येबाट आज उत्कृष्ट ५ छानिएका हुन् ।

२०७५ चैत्रबाट शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट पचासौंको सहभागिता रहेको थियो । विभिन्न चरणका गराइएको प्रतियोगिताबाट अन्तिम पाँचसम्म पुग्न सफल भएका प्रतियोगीहरुमा सरिता बिक, अभिषेक बिक, किरण विक, एम्ब्रोस मगर र रिता घर्ती रहेका छन् । आज भएको प्रतियोगितामा जमुना मगर असफल भएकी आयोजकले जनाएको छ ।

गुठि किसानले वचाएको भन्दै गुठि विधेयकको पक्षमा उत्रिए वडा अध्यक्ष

घोराही, जेठ ३१ । घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले गुठि किसानले वचाएको भन्दै गुठि विधेयकको पक्षमा वकालत गरेका छन् । उनले फेसवुकमा स्ट्याटस लेख्दै भनेका छन्–गुठि किसानले वचाएका हुन्, त्यसैले गुठि विधेयक किसानलाई सम्मान गरेर आवस ।’

कान्छी आमाको दाहसंस्कार गर्दै गर्दा बगेर दाङमा एकको मृत्यु

तुलसीपुर
३० वैशाख/ दाङमा आफ्नी कान्छी आमाको दाह सस्कार गर्न घाटमा पुगेका एक ब्यक्तिको नदिमा बगेर मृत्यु भएको छ ।

जण्डिस रोगका कारण मृत्यु भएकी लमही नगरपालिका वडा नं. ९ अमिलिया निवासी ६२ बर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका वडा नं. ७ निवासी ५२ बर्षीय कर्णबहादुर घर्तीको सोमबार नदीमा बगेर मृत्यु भएको हो ।

लमही ९ स्थित राप्ती नदिमा दाह संस्कार पछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए ।

  उनका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपता भएका उनको दिउसो ३ बजेतिर ५० मिटर तल मृत अबस्थामा फेला परेका हुन् । उनको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

प्रियासनको पहिलो म्युजिक भिडीयो ‘म गीतहरुमा डुबेर’ सार्वजनिक

काठमाडौं । साहित्यकार एवं पत्रकार सविन प्रियासनले निकाल्न लागेको प्रियासन एल्बमको पहिलो गित सार्बजनिक भएको छ। चर्चित युवा गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘म गीतहरुमा डुबेर, तिमीलाई सम्झेको हुन्छु’ बोलको गीत ल्याएर प्रियासन गित सगितको बजारमा आएका छन।

केहि समयमा नै एल्बम निकाल्ने तयारी गरेका प्रियासनलाई सगितमा पुरुषोत्तम न्यौपानेले साथ दिएका छन।

उनको पहिलो गितको एरेन्ज गोपाल रसाइलीले गरेका छन। उक्त गित सैघाली खबरको युटुब च्यानल बाट पहिलो पटक सार्बजनिक गरीएको छ।

आधुनिक पप गीतकारुपमा बजारमा ल्याइएको उक्त गीत खिचापोखरीस्थित तास स्टूडियोमा रेकर्ड गरिएको हो । चारमिनेट ४५ सकेन्डको उक्त गीतमा शव्द, सँगीत, लय ,भिडीयो, स्वर सबै राम्रो भएकाले श्रोताहरुको मन जित्ने विश्वास प्रियासनले लिएका छन् ।

प्रियासनले विशेषगरी उपन्यासहरु लेख्ने र पत्रकारिता गर्ने भएपनि पछिल्लो समयमा गीत समेत लेख्न थालेका छन् । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष समेत रहेका प्रियासनले छिटैनै अन्य गीतहरु पनि बजारमा ल्याउने बताए ।

पहिलो म्युजिक भिडीयोको सबै छयाङकन सिन्धुलीमा गरीएको हो। मोडल बेबो आर्चाय,जय देवकोटाले अभिनय गरेको म्युजिक भिडीयोको निर्देशन रोजल थापाले गरेका हुन। रेड क्यामेरा ,ड्रोन लगायत अत्याधुनिक उपकरणहरु प्रयोग गरेर भिडीयो निर्माण गरीएको सबिन प्रियासनले जानकारी दिए।

यस्तो छ चलचित्र कालो वर्षको ट्रेलर

काठमाडौं। आगामी बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर आज युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ।

साथै चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ।

जनता बैंकद्वारा स्थापना दिवसमा रक्तदान

दाङ, २३ चैत्र | जनता बैंकले आज दाङ सहित देशभर १० औँ स्थापना दिवस मनाएको छ । देशभर १ सय २८ शाखा स्थापना गर्न सफल बैंकले आज १० औँ स्थापना दिवस मनाएको हो । दाङमा बैंकको घोराही र तुलसीपुर शाखाले पनि संयुक्तरुपमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरेर १० औँ स्थापना दिवस मनाएका छन् ।

बैंकले बिहान प्रभातफेरी गरेर शाखा तुलसीपुरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । बैंकका घोराही शाखा प्रवन्धक संजय बगाले, तुलसीपुर शाखा प्रवन्धक उमंग अधिकारी सहित कर्मचारी, विभिन्न बृद्धिजीवी, नागरिक समाज, व्यापारी लगायतले रक्तदान गरेका हुन् ।

यसैबीच बैंकले आज १० औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यmक्रम अन्तगर्त एक जना विपन्न छात्रालाई छात्रबृद्धी प्रदान गरेको छ । बैंकले तुलुसीपुर उपमहानगरपालिका—१६ मा रहेको लक्ष्मी आधारभुत निमाविमा अध्ययनरत्त छात्रा यामकुमारी घर्तीलाई नगद पाँचहजार सहयोग गरेको हो ।

बैंकले दाङका २० जना स्थानीयलाई रोजगारी प्रदान गरेको छ भने दाङमामात्रै करिब ४ हजार १ सय जना ग्राहक संख्या रहेको जनाएको छ ।

नँया बर्षकोे स्वागतमा तुलसीपुरमा सांस्कृतिक कार्यक्रम

तुलसीपुर,१४ चैत ।

नँया बर्ष २०७६ को अवसरमा तुलसीपुरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । द पार्क क्याफेको आयोजना तथा चलचित्र पत्रकार संघको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । आज तुलसीपुरमा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । नँया बर्षमा अन्यत्र जाने दर्शकहरुलाई तुलसीपुरमै भरपुर मनोरञ्जन दिनका लागि कार्यक्रमको आयोजना गरिएको क्याफेका सञ्चालक राजेन्द्र महताराले जानकारी दिएका छन ।

चलचचित्र पत्रकार संघका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक महताराले दाङकै कलाकारका साथमा मनोरञ्जन दिईने बताएका छन । चैत ३० गते साझ आयोजना गरिएको कार्यक्रममा चर्चित गायिका विन्दु परियार,गायक सन्दीप न्यौपाने,अंकित न्यौपानेको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसका साथै तुलसीपुरमा रहेको सल्यास ब्याण्डको पनि प्रस्तुति रहने छ । कार्यक्रममा प्रवेशका लागि पाच सय र दुई सयको टिकटको ब्यवस्था गरिएको आयोजाकले जनाएको छ । कार्यक्रमका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा मल्टी मिडिया प्रालिका अध्यक्ष संगित बस्याल,रिर्पोटस क्लवका अध्यक्ष शरद रेग्मी,पत्रकार नारायणि रजौरे लगायतले विभिन्न सल्लाह सुझाव राखेका थिए । चलचित्र पत्रकार संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए ।

दाङ उवासंघका कार्यालय प्रमुख सुरज बुढाथोकि काग्रेसमा प्रवेश

घोराही, चैत ५ । दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यालय प्रमुख सुरज बुढाथोकि काग्रेसमा प्रवेश गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु काग्रेसमा प्रवेश गरेको बताएका हुन् । उनले फेसवुकमा भनेका छन्–‘आज देखी औपचारिक रूपमा नेपाली कांग्रेस प्रवेश गरेको घोषणा गर्दछु ।’

दाङकाे एक निजि विद्यालयले पत्रकारका छोराछोरीलाई ५० प्रतिशत छुट दिने घाेषणा

पूर्ण के.सी.

चैत २, दाङ ।दाङ तुलसीपुर ७ मा रहेको तुलसीपुर एकाडेमिले पत्रकारका छोराछोरीलाई पढाई शुल्क वाफत लिईने “फि”मा ५०% छुटको ब्यवस्था मिलाइएको बिद्यालय प्राचार्य भागवत भट्टराईले जानकारी दिए ।

 

बिद्यालयले यस्तो ब्यवस्था गरेपछि पत्रकारहरु खुसी हुँदै आफ्ना बालबालिकालाई तुलसीपुर एकाडेमिमै ल्याउने गरेको उनले बताए । आफू लामो समयदेखि पत्रकारिता र शिक्षा पेशा गरिरहेकाले सेवा भावले यस्तो ब्यबस्था गरेको प्राचार्य भट्टराईले बताए ।

 

तुलसीपुर एकाडेमि २०६७ सालमा स्थापना भएको हो र अहिले आधारभूत तह सम्म रहेको बिद्यालयले क्रमश कक्षा थप्दै लैजाने भट्टराईले बताए ।

 

 

मगर भेषभुषा प्रर्दशन आज, गृह जिल्ला दाङमा सभामुख महरा

दाङ । मगर समुदायको भेषभुषा प्रर्दशनी आज हुने भएको छ ।मगरभाषा साहित्य तथा सांकृतिक प्रतिष्ठानको आयोजना मगर भेषभुषा प्रर्दशन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  सभामुख कृष्णबहादुर महरा दाङ आउँन लागेका हुन ।

घोराही स्थित गणेश चित्रालयमा हुने भेषभुषा प्रर्दशनीको लागि सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु हुने भएको छ ।

कार्यक्रम मगर,थारु,गरुङ, समुदायको आ–आफ्नै कला प्रर्दशन गरिने छ।भेषभुषा प्रर्दशनीमा सहभागी हुन दाङ, कपिलबस्तु,वुटवल, काठमाडौ लगाएतका विभिन्न क्षेत्रबाट सहभागि हुने पुनले जानकारी दिनुभयो ।

ज्ञानमालामा बिदाई कार्यक्रम सम्पन्न

घोराही, चैत्र १ । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा अध्यनरत कक्षा दशका छात्रछात्राहरुलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ ।
विद्यालयमा गठित सृजनशील बाल क्लबका अध्यक्ष सुदीप बस्नेतको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल केशबराज गिरीको प्रमुख आतिथ्यता आयोजित बिदाई कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुलाई एसइई परीक्षामा अनुशासित, सभ्य, मर्यादित र शान्तपूर्वक उपस्थित हुन आग्रह गरेका थिए । कार्यक्रमका वक्ताहरुले एसइईलाई चुनौतीका रुपमा नभई अवसरका रुपमा लिई आफ्नो अध्ययनलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल महेश बस्नेत, विद्यालयकी कार्यक्रम संयोजक बिमला केसी, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक अमृत घर्ती मगर, शिक्षकहरु कमलप्रसाद शर्मा, मनराज नाथ, कक्षा दशका छात्रछात्राहरु बिनय ओली, कमल चौधरी, शिक्षा पौडेललगायतले मन्तव्य राखेका थिए ।
जुरेसकी कोषाध्यक्ष शस्मिता डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कक्षा ९ का छात्र श्रीधर रावतले धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण जुरेसका अध्यक्ष खिमबहादुर चौधरीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, कविता र मुक्तक प्रस्तुत गरेका थिए । यस वर्षको एस्.ई.ई.परीक्षामा विद्यालयबाट पच्चीस जना विद्यार्थीहरु सहभागी हुँदैछन् ।

घोराही, फागुन २६ ।घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा आइतबारदेखि हाउस वाईरिङ तालिम शुुरु भएको छ । वडाभित्र रहेका बिपन्न युवालाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाको चालु आर्थिक बर्षमा बिनियोजित कार्यक्रम अन्तरगत १५ जना युवालाई हाउस वाईरिङ सम्वन्धि तालिम दिन थालेको हो । यसैबीच, तालिमको आज एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष खोपीराम चौधरीले उद्घाटन गर्नुभयो । दुई महिनासम्म चल्ने तालिममा हाउस वाइरिङका लागी आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने वडा सचिव चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । तालिमको सहजकर्ता जुद्धबहादुर चौधरी रहनुभएको वडा कार्यालय सौडियारले जनाएको छ ।

हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

घोराही, फागुन ३० । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा संघमा आवद्ध वस्तुगत समिती विच हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा गल्ला तथा किराना व्यवसायि समिती प्रथम, प्लाष्ट्रिक व्यवासायिक समिती द्धितीय र फेन्सी व्यवसायि समिती तृतीय भएका थिए । प्रतियोगीतामा ८ वटा विषयगत समितीहरुले भाग लिएका थिए । प्रतियोगीताका विजेताहरु लाई संघको साधारण सभामा पुरस्कृत गरीने कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए । प्रतियोगीता उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को प्रमुख आतिथ्यतामा एवम संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएकोे थियो । कार्यक्रममा सहभागिहरुले यस प्रकारको क्रियाकलापले व्यवसायिहरु लाई व्यवसायि गर्दा समेत सहयोग पु¥याउने बताएका थिए । कार्यक्रममा संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको वारेमा संघका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक वसन्त जोसी जानकारी गराएका थिए । संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन । संघले आफनो साधारण सभाको अवसरमा विभिन्न प्रकारका प्रतियोगीता आयोजना गरेको जनाएको छ । शनिवार वाट कार्यक्रम सुरु भएका छन् । संघको साधारण सभा आउदो चैत ९ गते हुदै छ ।

तपस्या ट्रेडर्स विद्यालय टि-२० क्रिकेट प्रतियोगिता-२०७५ को तयारी पुरा

दाङ, 
२०-फागुन  /  दाङको घोराहीमा आयोजना हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि-२० क्रिकेट प्रतियोगिता-२०७५ को तयारी पुरा भएको छ ।

जिल्लाका विभिन्न १२ वटा विद्यालयको सहभागिता रहने प्रतियोगीताको तयारी पुरा भएको आयोजक शान्ति निकेतन विद्यालयले जनाएको छ ।

शान्ति निकेतन विद्यालय घोराहीको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोग एवं तपस्या ट्रेड्सको मुख्य प्रायोजनमा हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि-२० क्रिकेट प्रतियोगिता-२०७५ को सह-प्रायोजकमा घोराही उपमहानगरपालिका वडानम्वर १५, ड्रिमल्याण्ड ट्रेडर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहेका छन । त्यसैगरी प्रतियोगीताको प्रथम पुरस्कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस्कार द् लोटस ट्रेनिङ सेन्टर घोराहीले प्रायोजन गरेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रतियोगीताको हस्पिटालिटी पार्टनरमा टी थ्री प्यालेस र फुड एण्ड रिफ्रेसमेन्ट पार्टनरमा मानाखासी सिने प्लेस घोराही रहेका छन् । त्यसैगरी प्रतियोगीताका अन्य प्रायोजकमा सत्यवती पुस्तक पसल, दङाली माछापालन, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एम.एस.अटो घोराही, दीयो गार्मेन्ट घोराही, कैलास रोका र बासुदेव शर्मा रहेका छन ।  विद्यालय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिए ।

विद्यालयस्तरिय क्रिकेट प्रतियोगीतामा जिल्लामै पहिलोपल्ट हार्ड बलको प्रयोग गरेर प्रतियोगीता सञ्चालन हुने भन्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले यसै खेलबाट जिल्लाको जुनियर टिमको छनौट गर्ने जानकारी दिए । दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा खेल सञ्चालन हुने भन्दै अध्यक्ष मजगैयाले खेल नकआउटमा खेल खेलाइने जानकारी दिए । प्रतियोगितामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोस्रो हुने टिमले रु. १५ हजार पुरस्कार प्रदान गर्नेछन् ।

घोराही-१७ गुलरिया क्रिकेट मैदानमा आज बिहान ७ वजेदेखि सुरु हुने प्रतियोगीतामा जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङका १२ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन खेल गोरखा बोर्डिङ स्कुल घोराही र आयोजक शान्ति निकेतन विद्यालय घोराहीका बीचमा हुने छ ।

फोटाे पत्रकार महासघको कोषाध्यक्ष बने दाङका रोशनमान श्रेष्ठ

घोराही, फागुन १७ । नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर ५ को संयोजकमा मनाेज पाैडेल चयन हुनुभएको छ । प्रदेश नम्बर ५ को बुटवलमा शुक्रबार भएको महासंघको प्रदेशस्तरीय भेलाद्वारा पाैडेल संयोजकमा सर्वसम्मत चयन भएका हुन ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मीकाे उपस्थितिमा पाैडेल सर्वसम्मत चयन भएका हुन ।

सहसंयोजकमा सीपी खनाल चयन हुनुभएको छ भने सचिव कृष्ण दर्नाल, कोषाध्यक्षमा राेशनमान श्रेष्ठ ,सहसचिवमाशंकर खनाल र सदस्यहरुमा लक्ष्मण ढुंगाना,सागर रिजाल, रविन्द्र यादव, केशव राना, मीना ढकाल र खग प्रसाद चांपागाई चयन हुनुभएको छ ।

सातदिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

तुलसीपुर, १३ फागुन ।
तुलसीपुरमा सातदिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तुलसीपुर मिडिया प्रालिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

उक्त अवसरमा वडामा रहेका महिला तथा पुरुषहरुको आत्मविश्वास र क्षमता वृद्धि गर्नका लागि तालिम सञ्चालन गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बताए । अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस्ता तालिमहरुको आवश्यकता पर्ने बताए ।

तालिम सञ्चालनको पहिलो दिन सहभागीहरुलाई उद्घोषणसम्बन्धी विभिन्न विषयमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले प्रशिक्षण दिएका थिए । वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा सञ्चालन भएको तालिमको सञ्चालन तुलसीपुर मिडिया प्रालिका निर्देशक गोपाल शर्मा भट्टराईले गरेका थिए ।

फागुन १९ गतेसम्म सञ्चालन हुने उक्त तालिमको पहिलोे दिन ४२ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका छन् ।

प्रजातान्त्रीक विचार समाज दाङको दोस्रो जिल्ला अधिवेसन फागुन १८ गते

घोराही, फागुन १३ । प्रजातान्त्रीक विचार समाज दाङको दोस्रो जिल्ला अधिवेसन फाल्गुन १८ गते घोराहीमा हुने भएको छ। प्रजातान्त्रीक विचार समाज दाङका अध्यक्ष कीशोर पोख्रेलको अध्यक्षता. एवं प्रदेश न ५का संयोजक शंकर दिवस मजगैयाको प्रमुख आतीथ्यमा सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो। अधिवेसनलाइ संवोधन गर्न प्रजातान्त्रीक विचार समाजका केन्द«ीय अध्यक्ष डा केदार नरसिह केसी र राजनीतीक विश्लेषक प्राध्यापक कृष्ण खनाल आउने प्रजातानत्रीक विचार समाज दाङका अध्यक्ष कीशोर पोख्रेलले जानकारी दिनुभएको छ।

सितलपुर शिव महापुराणको बिहीबार समापन, ७६ लाख बढी दान संकलन

तुलसीपुर, १०  फागुन ।  पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मन्दिर निर्माणका लागि सञ्चालन गरिएको सितलपुरमा जारी शिव महापुराणको बिहीबार समापन गरिएको छ ।

दाङको तुलसीपुर १२ शितलपुरमा माघ २७ गते देखि शुरु भएको महापुराणकाे अन्तिम दिन बिहीबार सबैभन्दा बढि तुलसीपुर १२ जस्पुरका तेज बहादुर बुढाथोकी परीवारले १ लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन । यस्तै, प्रदेश ५ का प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले ५१ हजार रुपैया दान गरेको आयोजक समितिका सचिब लिलाधर डाँगीले जानकारी दिए ।

महायज्ञमा कुल नगद ७६ लाख ६९ हजार २४ रुपैया दान संकलन भएको सचिब डाँगीले जानकारी दिए । दाताबाट ५० लाख १९ हजार २४ रुपैया र विभिन्न वडाबाट २६ लाख ५२ हजार रुपैया संकलन भएको हो ।

मन्दिर निर्माणका लागि सञ्चालन गरिएको शिवपुराणको आयोजक समितिका संयोजक शक्ति कुमार शर्माको अध्यक्षतामा समापन भएको हो । समापन कार्यक्रमको सहजिकरण शुस्मा गिरी र देविराम कुसारीले गरेका थिए ।