TOP PICTURE

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला

दाङ – दाङमा प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि प्रमुख जनक भट्टराईले जानकारी दिनु भयो । प्रहरिले शनिबार बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा ठुलो सख्यामा हातहतीयार तथा गोलि गठ्ठा सार्बजनिक गरेको हो । बिप्लब समुहले

नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे

दाङ,कात्तिक २७ ।  स्थानीय तहको मनोनयन दर्ता गर्न नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरिले आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुक बाजागाजासहित उत्साहाका साथ पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकै स्वतन्त्र उम्मेद्वारकारुपमा घोराही उपमहानगरपालिका वडा नं. १६ मा चौधरिले उम्मेदवारि दिएका छन । उम्मेद्वारी दर्तापछि चौधरिले आफुलाई जनताले भारि मतले चुनाब जिताउने बताए ।

घोराही १६ मा नेकपाकै उम्मेद्वारबिरुद्ध स्व. लछिन बुढाकि धर्मपत्नि लालमती बुढाले बागी उम्मेद्वारी दिने

घोराही । नेकपा दाङले घोराही १६ को वडा अध्यक्षको उम्मेद्वार छान्न सकस भएपछि लामो बिबादका बिच वडा अध्यक्षको उम्मेद्वार चयन गरेको छ । धेरैलाई घोराही १६ मा बिरामी भएर निधन भएका स्व. लछिन बुढाकि धर्मपत्निलाई वा पुराना नेता गजेन्द्र खड्काले पार्टीबाट वडा अध्यक्षको टिकट पाउने अपेक्षा गरेका थिए । उम्मेद्वार छान्ने बिषयमा नेताहरु बिच बिवाद

प्रेमी–प्रेमिकालाई नाङ्गै बनाएर भिडिओ खिच्नेलाई हवाइफायर गरेर प्रहरिले नियन्त्रणमा लियो

दाङ, २५ कात्तिक । प्रेमी प्रेमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने अपराधिक समुहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ खमारी जंगलमा सोही ठाउँको विमल वली,नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायरगरी नियन्त्रणमा लिएको हो । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता चक्रडम्वर पालका अनुसार यहीँ कात्तिक ३

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा)

घोराही, २४  कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एकपछि अर्को गर्दै मेडिकल अफीसर सहीत नयाँ विशेषज्ञ डाक्टरहरु थपिदै गएका छन् । प्रतिष्ठानको सेवा सुधार हुँदै गएपनि केही नभएको प्रचार गरेर निजि क्लिनिकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सञ्चारमाध्ययमा समाचारहरु आइरहेको र यसले सही सुचना जनताले नपाएर भ्रम सिर्जना गर्न खोजिएको प्रतिष्ठानको दावि छ । प्रतिष्ठानको

नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ

 उम्मेद्वार चयनमा कतिपय पुर्व माओवादिहरु पनि ओलि पक्षमा देखीए घोराही, कार्तिक २३ । नेकपाले घोराही १६ मा हुने वडा अध्यक्षको निर्वाचनमा पार्टिवाट उम्मेद्वार अझै टुंगो लगाउन सकेको छैन् । नेकपा दाङको जिल्ला कमिटिको बैठक पटक–पटक बैठक बसेर उम्मेद्वार टुंगो लगाउने प्रयास गरेपनि जिल्ला कमिटिभित्रै उम्मेद्वार चयनमा विवाद उत्पन्न भएपछि त्यसको टुंगो लाग्न नसकेको हो ।

उर्जा मन्त्रीबाट उद्गघाटन होइन, निरिक्षण भनेर दाङका प्रजिअले भन्नु भयो, सन्चारमाध्यममा आएको अनुसार उर्जामन्त्रीबाट भएकाे काम ‘आचारसंहिताको उल्लंघन’ होः मुख्य निर्वाचन अधिकृत थापा

उपनिर्वाचन अनुगमन समितिकाे बैठक २५ गते बस्दै, आचार संहिता विपरितका कार्य नगर्न अपिल निर्वाचन आयोगले मंसीर १४ गते हुन लागेकाे उपनिर्वाचनको तयारीमा जुटेकाे छ । आयोगले कार्तिक ८ गते शुक्रबारबाट लागू हुने गरी निर्वाचन आचार संहिता पनि जारी गरेको छ । उपनिर्वाचन हुने जिल्लामा साे आचार संहिता लागू भएको छ । आचार संहिता लागू भएका

राप्ती स्वास्थ्यको रेक्टरलाई मन्त्रालयमा काज सरुवा

काठमाडौं, कात्तिक २३ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका रेक्टर बिएन यादवलाई मन्त्रालयमा काज सरुवा गरेका छन्। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन यादवलाई बिपीको रजिष्ट्रार बनाउन दबाब दिँदै आएका छन्। यादब रजिष्ट्रार   नियुक्त नभएपछि मन्त्रीले यादबले सिनेट बैठक स्थगित गरेका छन ।

कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ, यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ!

घोराही, कार्तिक २२। नेपालि कांग्रेस दाङका पुर्ब सभापती गेहेन्द्र गिरिले दाङ ३ ख र घोराही १६ मा कांग्रेसले सक्षम उम्मेद्वार दिएको बताएका छन  । पार्टीले सबैलाई मान्य हुने सिनियर नेतालाइ उम्मेद्वार बनाएर पार्टीमा योगदान पुर्याउनेलाई सम्झिने बाताबरण बन्दै गएको भन्दै पुर्ब सासद गिरिले पार्टीले उठाएको उम्मेद्वारलाई जिताउन कांग्रेस नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन । कम्युनिष्ट

घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ

प्रदेश ५ को राजधानि नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन, मुख्यमन्त्रि र सभामुख हामिसंग भएकाले राजधानि आउछ भन्नेमा विश्वस्त छौ घोराही, कार्तिक २२ । उर्जामन्त्रि वर्षमान पुन अनन्तले पुर्व सभामुख कृष्णबहादुर महराको वलात्कार प्रकरणमा आफुहरुलाई जोड््नु बेठिक भएको बताएका छन् । प्रेस संगठन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्रि पुनले महराकै निर्वाचन क्षेत्र

दाङमा १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी

 बाजागाजा र झाँकी जुलुससहित मनोनय दर्ता लिलाधर वली ÷ राजेश खत्री, कार्तिक,२१ दाङ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (ख) मा प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसलगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन । उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार शर्मा आचार्यले

नेकपाले दाङमा राजधानी ल्याउछौ भनेर भोट मागे, तर, राजधानी आएन्–धवल समशेर राणा

दाङ भन्दा पूर्व राजधानी भए स्वीकार्न सकिदैन, बुटवल राजधानी भए ठुलो आन्दोलन हुन्छ – धवल समशेर राणा दाङ,कात्तिक २० । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणाले दाङ भन्दा पूर्व राजधानी भए कुनैपनि हालतमा स्वीकार्न नसकिने बताएका छन् । दाङको तुलसीपुरमा बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै राप्रपाका नेता समेत रहेका मेयर

ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय

 शिशु वालवालिका लिएर सेवा लिन आउने महीलाका लागि वस्नका निमित्त अव सहज हुन्छ -ब्यवसायि वली घोराही, कार्तिक २० । सफल ब्यवसायि, समाजसेवि तथा दाङ इटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले आफ्नो आमाबुवाको सम्मानमा परिवार नियोजन दाङशाखाको प्राङ्गणमा प्रेक्षालय निर्माण गरेका छन् । करिव साढे तीन लाखको लागतमा उनले शाखाको सेवा कक्षा अगाडी पक्की प्रेक्षालय बनाउनुभएको

उपनिर्वाचन- दाङ क्षेत्र नं. ३ ख मा कांग्रेसबाट आचार्य उम्मेदवार

दाङ, २० कार्तिक । नेपाली कांग्रेसले दाङको क्षेत्र नं। ३ ९ख० मा आफ्नो तर्फबाट पुराना नेता केशबकुमार आचार्यलाई उम्मेदवार बनाउने भएकोे छ । बुधबार दिउँसो कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरुको बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आचार्य पार्टीमा ‘सफरर’ नेताका रुपमा परिचित छन् । दाङ क्षेत्र नं। ३ ९ख० मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका

महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’

मरेको बाघसँग किन झस्किनु ? पूर्वराजा प्रति संकेत गर्दै प्रचण्डले मरेको बाघको संज्ञा दिए, लिपुलेक, कालापानिमा भारतिय हस्तक्षेप स्विकार्य नभएको प्रचण्डको स्पष्टोक्ती घाेराही, २० कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाेस्राे तहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको र त्यस विषयमा आफूलाई सही सूचना नदिएर झनै गल्ति

कटुवाखोला पुल निर्माण ६ वर्ष सम्म पनि निर्माण सम्पन्न भएन्,दुुईपटक म्याद थप

घोराही, कार्तिक १९ । २०७०्-७१ देखि शुरु भएको कटुवाखोला पुल निर्माण शुुरु भएको झण्डै ६ वर्ष बित्नै आँटेको छ। तर अझै पुल निर्माणले पूर्णता पाएको छैन। न सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कारवाही गर्न सकेको छ। न निर्माण कम्पनीले काम गरेको छ। दुुई वर्षमा निर्माण सम्पन्न हुुनुुपर्ने पुलको दशा ६ वर्षसम्म पनि उस्तै छ। पाँचवर्ष पछि

५ नं. प्रदेशको सेन्टर पर्ने गरि राजधानी नयाँ ठाउँमा खोजिरहेका छौं – प्रचण्ड

दाङ,कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ५ नं. प्रदेशको राजधानी नयाँ ठाउँमा राख्नु उचित हुने बताएका छन् । प्रेस सेन्टर बाँकेले मंगलवार विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले भौगोलिक र जातिय बनावटका आधारमा सेन्टरमा राजधानी हुनुपर्ने तर्क गरे । ‘राजनीतिक नाफा नोक्सानका लागि हैन जनताको हितको लागि नयाँ ठाउँ भएपनि

नेपालगञ्जको सहकारीको ४३ करोड घोटाला काण्ड, चारजना पुर्पक्षका लागि कारागार चलान

 सहकारी सञ्चालक र उच्च पदका कर्मचारीको मिलमतोमा हिनामिना, बैक सन्चालक, उच्च पदका कर्मचारी फरार, प्रहरिले गर्यो पक्राउ गर्ने तयारी   नेपालगञ्ज, कार्तिक १८ । सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोडबढी हिनामिना काण्डमा जिल्ला अदालतले चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। दुई जनालाई धरौटीमा छोड्न आदेश दिएको छ। ४१ जनाविरुद्ध मुद्दा दायर भएकोमा

दाङमा लाईसेन्स नभई अटो चलाउन रोक

घोराही/दाङमा चालक अनुमती पत्र विना चलाईएका अटो तथा इ—रिक्सा सञ्चालनमा रोक लगाईएको छ । चालक अनुमती पत्र लाईसेन्स बिना कुनै पनि सवारीका साधन सञ्चालन गर्न नपाईने र दुर्घटना बढ्न थालेपछि विभिन्न सरोकारवालाहरुको छलफलबाट त्यस्ता अटोहरुलाई सञ्चालनमा रोक लगाईएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले साढे २ सय बढी अटो रिक्साहरुलाई तीन दिन पहिले नियन्त्रणमा लिएको

घोराही–१६ मा कांग्रेसबाट डिसी सर्वसम्मत उम्मेद्वार

दाङ,१७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं। १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं। २ को पदाधिकारीको आज आइतवार घोराहीमा सम्पन्न बैठकले वडा नं। १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई

६ लाख सहीत तास, कौडासंग समातिएका काग्रेस नेताहरुलाई दाङ प्रहरीले पाँच दिनमै छोड्यो

घोराही, १६ कात्तिक । चाडपर्वमा रमाईलो गर्ने नाममा ठूलो धनराशी राखेर जुवा खेल्नेहरुलाई दाङ प्रहरीले धमाधम पक्राउ गर्दै प्रहरीले छाड्दै आएको छ । तर पनि लुकिछिपी शहरदेखि गाउँसम्म जुवाका खेलहरु हुँदै आएका छन् । अहिलेको जुवा छापामा राजनीतिक नेता समेत परेका छन । लमहीमा समातिएका जुवाडेहरु पाँच दिनमै छुटेका छन । जुवाडेहरुलाई छुटाउन काग्रेस नेताहरुले

हिजो राज्य सम्पत्ति दोहन गर्न पल्केकाहरुलाई हामीले पन्छायौ- मुख्यमन्त्री पोख्रेल

पूर्वराजाको सक्रियता कुण्ठामात्र होः मुख्यमन्त्री पोखरेल १६ कात्तिक, पोखरा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देखाएको सक्रियता केवल कुण्ठामात्रै भएको टिप्पणी गरेका छन् । पूर्वराजाको सक्रियता समृद्धिमा चुनौती नहुने समेत उनको दाबी छ । मदन भण्डारी फाउण्डेशन कास्कीले शनिबार पोखरामा गरेको ‘समृद्धि र यसका चुनौती’ विषयक गोष्ठीमा मुख्यमन्त्री पोखरेलले

दाङ कांग्रेसमा टिकट बिबाद, काग्रेस पार्टी कार्यालय दाङमा बिरकेश्वरि गौतममाथी हातपात

दाङ, कार्तीक १५ । नेपाली कांग्रेस दाङका निबर्तमान सभापती बिरकेश्वरि गौतममाथी कांग्रेसका पार्टी नेताले हातपात गरेका छन । कांग्रेसको उप निर्बाचनको टिकटको बिषयलाई लिएर भएको छलफलमा गौतम माथी उनकै पार्टीका नेताहरुले हातपात गरेका हुन । बिहिबार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा घोराही १६ को उप निर्बाचनमा टिकट दिने बिषयमा आ९ आफ्नो मत बाझीएपछि नेताहरु

१८ करोड बैंक घोटाला काण्ड : देब बैकका सिइओ श्रेष्ठले भने-बैंकको ठुलो घोटाला मर्ज भएपछि थाहा भयो, सलग्न दोषि जो भएपनि कारबाही हुनैपर्छ

घोराही, कार्तिक १४ । देब बिकास बैकका सिइओ बिजयलाल श्रेष्ठले तत्कालीन बेष्टर्न बैक हालको देब बिकास बैकको झन्डेै १८ करोडको हिनामिना बैक मर्ज भएपछि मात्र पत्ता लागेको जानकारी दिनु भएको छ । हिनामीना प्रकरणमा प्रहरिले सबैमाथी मुद्धा चलाई सकेकोमा ब्रान्च म्यानेजर र लोन अधिकृतसहित पाच जना पुर्पक्षमा र केहि धरौटिमा छुटेका छन। बैक सन्चालकहरु र

लमहिबाट तिहारकै मुखमा ६ लाख ७८ हजार ५ सय सहित ८ जना जुवाडे पक्राउ

घोराही ११ कार्तिक/ चाडपर्वमा रमाईलो गर्ने नाममा ठूलो धनराशी राखेर जुवा खेल्नेहरुलाई दाङ प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ । तर पनि लुकिछिपी शहर देखी गाउँ सम्म जुवाका खेलहरु हुदै आएका छन् । यसैक्रममा प्रहरीले आज फेरी लमही नगरपालिका वडा नम्बर ५ वाट ६ लाख ७८ हजार ५ सय नगद, १३ गड्डी नखोलेको तास, ३ गड्डी

बैंक घोटाला प्रकरण–राष्ट्रवैँकद्वारा सन्चालक, सिइओसहीत ५६ जना विरुद्ध सम्पत्ति सुद्धीकरणमा मुद्धा

मुद्धा परेका सबैको सम्पत्ति छानविन गर्न जिप्रका दाङले पठायो अदालतमा, अव अदालतले विभागमा पठाउने दाङ, कार्तिक १० । तत्कालिन वेष्टर्न बैँक हालको देव विकास बैँकको करीव १८ करोड घोटाला प्रकरणमा मुछिएका सञ्चालकहरु, सिइओसहीत ५६ जना विरुद्ध सम्पत्ति छानविनका लागि सम्पत्ति शुद्धीकरण विभागमा मुद्धा परेको छ । राष्ट्र वैँकले बैँकको घोटाला प्रकरणमा छानविन गर्नेक्रममै सुृरुमा नै

वडा प्रहरि घोराहीद्वारा बरामद १२ सय लिटर अबैध घरेलु मदिरा नष्ट

घोराही । वडा प्रहरि कार्यालय घोराहीले घोराही बजारका बिभिन्न स्थानबाट १२ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसि, जिल्ला प्रहरि कार्यालय दाङका एसपि जनक भट्टराई, घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको बिशेष उपस्थितिमा अबैध घरपालुवा मदिरा नष्ट गरिएको वडा प्रहरि कार्यालय घोराहीका प्रमुख प्रहरि निरिक्षक

दाङमा उप निर्बाचनको चहलपहल सुरु, ७३ हजारले भोट हाल्न पाउने

दशरथ घिमिरे   दाङ-आगमी मंसिरमा हुने उप निर्वाचनको लागी दाङमा तयारी तिब्र पारिएको छ। राजनीतिक पार्टीहरु उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक तयारीमा जुटेको हो। राजनीतिक पार्टीहरुले उम्मेदवारको नाम सिफारिस थालेका छन्। नेपाल कम्युनिष्ट पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को दुईले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तीन जना उमेद्वारको नाम

मुख्यमन्त्रीकै उपस्थितिमा मेयर राणाले भने- बुटवल प्रदेश राजधानी हुँदैन, दाङको कुनैपनि कुनामा राजधानी बनेमा समर्थन दिन्छौ !

बुटवल राजधानी भए आन्दोलन हुन्छ: मेयर राणा कमल न्यौपाने   बृहत खजुरा सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा । तस्विर: विजय मल्ल   नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले प्रदेश पाँचको राजधानी दाङसम्म भए बाँके, बर्दियाका नागरिकले सहमति जनाउँन सक्ने बताएका छन् ।   अहिलेको अस्थायी राजधानी बुटवल बाँके, बर्दियाका

वेष्टर्न बैंकको १८ करोड रकम हिनामिना ब्रान्च म्यानेजर र लोन अधिकृतसहित पाँच जना कारागार चलान

देव विकास बैंक घोटाला प्रकरणः पाँच थुनामा, चार जनासँग धरौटी माग देव विकास बैंकमा भएको १८ करोड बढी रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले पाँच जनालाई थुनामा राख्न, चार जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। अदालतले बैंकका म्यानेजर समिर बुढाथोकी, कर्मचारी अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी र विजयकुमार