RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२२ गते
२७११ पटक

कैलाली । कैलालीकी माया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउगरि सर्बजनिक गरेको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ११ शिवपुरका २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, ३० वर्षका गणेश बडु्वाल, १९ वर्षका तपेन्द्र बोगटी र २० वर्षका भुवन खाती रहेका छन् ।

अभियुतm मध्ये मनोज बोगटी र गणेश बडुवाल घटनाका मुख्य योजनाकार रहेको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जागरण मिडिया डटकमलाई टेलिफोनमार्फत जानकारी दिनुभयो ।

गौरीगंगा नगरपालिका वडा न. ११ बरही कटानकी १९ बर्षिय मायाको शव असार १५ गते क्षत – बिक्षत अवस्थामा जंगलमा भेटिएको थियो । नगरपालीकाको घरधुरी तथ्याङ्क संकलन कार्य गर्दै गर्दा असार ११ गते माया हराएकी थिईन । एकाएक कार्यस्थलबाटै माया घर नफर्केपछि आफन्तले खोजी गर्नका लागि प्रहरीलाई खबर गरेपछि मायाको शव गाँउकै जंगलमा अर्धनग्न अवस्थामा रुखमा बांधिएको भेटिएको थियो ।

घटना थाहा पाए लगत्तै प्रहरीले आफ्नो लामो सुक्ष्म अध्यन, अनुसंन्धानपछि शुक्रबार मायाका हत्यारालाई पक्राउगरि कारवाहीको दायरामा ल्याउन सफल भएको हो । घटनामा संलग्न अभियुतm मध्ये गणेश बडुवाल र सुरज चौधरी मायाको तथ्याङ्क संकलन गर्ने टोलीमा थिए ।
कस्तो कारवाही हुन सक्छ ?
सामुहिक बलात्कार र हत्या अपराध दुबै गरेकाले अभयुतmहरुलाई प्रहरीले सर्वस्वसहित जन्म कैद सजायको माग गर्दै मुद्धा दायर गरेको छ ।

बिस्तरित घटना पढ्नुहोस, ……

एक्ली छोरी माया बिकको हत्याले परिवार स्तब्ध, हत्यारालाई फाँसीको माग

प्रतिकृया दिनुहोस्