RaraNews

एक्ली छोरी माया बिकको हत्याले परिवार स्तब्ध, हत्यारालाई फाँसीको माग

अपराधी केहि दिनमै सार्बजनिक गर्ने प्रहरीको भनाई ।

केपी अनमोल प्रकाशित : २०७५/३/१८ गते
३७१६ पटक

कैलाली । जंगलमा मृत अवस्थामा भेटिएकी कैलालीकी माया बिकको हत्या अनुसंन्धान तिर्बरुपले भइरहेको कैलाली प्रहरीले बताएको छ । घटनाबारे थाहा पाउने बित्तिकै घटनास्थल पुगेर अनुसंन्धान थालिएको डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
गौरीगंगा नगरपालिका वडा न. ११ बरही कटानकी १९ बर्षिय मायाको हत्यामा संलग्न रहेको भन्दै उहाँसंगै घरधुरी तथ्याङ संकलन गर्ने सोहि वडाका उमेश चौधरी र गणेश बडुवाललाई प्रहरीले नियन्त्रमा लिएर अनुसंन्धान गरिरहेको जनाएको छ ।

घटना निकै शंकास्पद र रहस्यमय रहेको भन्दै प्रहरीले अहिलेसम्म गाँउका अन्य १५ /२० जनासंग सोधपुछ समेत गरिसकेको डिएसपी ओलीले बताउनुभयो । ‘घटनाको सुक्ष्म अनुसंन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले मेरै नृर्तत्वमा ९ सदस्यि टोली गठन गरेको छ, गाँउमा अहिले पनि इंस्पेक्टरको नेतृत्वमा अनुसंन्धान जारि छ । हामी दोसीलाई छिट्टै कारवाहीको दायरामा ल्याउँ छौं, डिएसपी ओलीले बताउनुभयो ।

जागरण मिडिया डटकमलाई टेलिफोनमार्फत जानकारी दिदै डिएसपी ओलीले दोसी पत्ता लगाउन माया बिकले प्रयोग गरेको मोवाइल डिटीयल्स् पनि मागिएको बताउनुभयो । उहाँका अनुसार घटनास्थलमा मायाले लगाएको चप्पल, साइकल, मोवाइलको कभर र च्यातिएको परिचयपत्र समेत भेटिएको छ ।

(जंगलमा भेटिएको मायाको क्षत बिक्षत शव)

असार ५ गतेबाट गौरीगंगा नगरपालिकाले मायालाई करारमा तथ्याङ संकलन गर्ने काममा खटाएपछि वडा न. ११ का घरधुरी तथ्याङ संकलन गर्ने क्रममा माया असार १२ गतेदेखि हराउनु भएको थियो । कामबाट साँझसम्म पनि माया घर नआएपछि आफन्तले खोजी गरेका थिए ।

असार १५ गते गाँउकै एकजनाले नजिकैको चपथली सामुदायिक जंगलमा मायाले चलाउने साईकल फेला पारेपछि घटना बाहिर आएको थियो । मायाका आफन्त र प्रहरीकोले साईकल भेटिएको ठाँउ वरिपरि खोजी गर्दा असार १५ गते साँझ जंगलमा रुखमा दुवै हात पछाडी बांधेको अवस्थामा मायाको अर्धनग्न, बिक्षत अवस्थामा शव भेटिएको थियो ।

खासमा के भएको थियो ?
गौरीगंगा नगरपालिकाले सम्पुर्ण वडाहरुको घरधुरी तथ्याङ्क संकलन गर्ने भनेपछि उक्त काम असार ५ गतेबाट सुरु भयो । असार ५ गते नै तथ्यांक संकलन गर्ने काममा माया बिक पनि लाग्नु भयो । नगरपालीकाका एक वडामा ३ जनाका दरले सबै वडाहरुमा तथ्यांक संकलन गरिदै थियो । मायाको टिममा उहाँ एक्लै महिला हुनुहुन्थ्यो भने गाँउकै उमेश चौधरी र गणेश बडुवाल दुई जना पुरुष गरि तीन जना थिए ।

वडा नम्बर ११ मा मायाको टिम थियो । असार ११ गते उक्त वडाको डम्मरी गाँउमा तथ्याङक संकलन गरि माया सकुसल घर फर्किनु भएको थियो । असार १२ गते अर्को गाँउ चमरियामा तथ्याङ्क संकलन गर्न जाँदा बिचमा जंगल पर्छ र सोहि जंगलमा मायामाथि उक्त घटना भयो । माया संगै तथ्याङ्क संकलन टिममा रहेका बडुवालको घर उक्त जंगल सुरु नहुदै पर्छ भने अर्का चौधरीको घर जंगल पार गरेपछि झन्झटपुर गाँउमा पर्छ ।

मायाको बलात्कारपछि हत्या :
भेटिएको शवको अवस्था र घटनाको प्रारम्भिक अनुसंन्धानले मायाको बलात्कार भएको र अपराधीले घटना लुकाउन हत्या गरेको देखिन्छ । यद्यपी, शवको पोष्र्टमार्टम रिर्पोट सेती अंचल अस्पताल कैलालीबाट आई नसकेकाले बलात्कारपछि हत्या नै भएको हो भन्न नसकिएको प्रहरीको भनाई छ । बलात्कार भनिएका घटनाहरुमा मेडिकल रिर्पोटलाई आधार मान्ने गरिन्छ । तर, रुखमा दुई हात बाधेर, अर्धनंग्न अवस्थामा मायाको शव भेटिएकाले बलात्कारपछि हत्या नै गरिएको हो भन्ने प्रसस्त आधार छ ।

आफन्तको माग – दोसीलाई फांसीको सजाय :
जनपृय उच्चमाबि मसुरिया लिक्माबाट कक्षा १२ को परिक्षा दिएर बसेकी आफ्नी एकमात्र छोरीको हत्याले माया बिकको परिवार निकै शोकाकुल र स्तब्ध भएको छ । दुख, कष्ट गरि भविष्यको सुन्दर सपना साँचेर छोरीलाई पढाई रहेका मायाका आमा, बुवा अर्धचेत अवस्थामा हुनुहुन्छ ।

आफ्नी गाँउभरी कै सोझी र ज्ञानी छोरीलाई अपराधीहरुले यसरि निर्मम ढंगले हत्या गरेको भन्दै मायाका जेठा बुवा हर्क बिकले टेलिफोनमा जागरण मिडिया डटकमसंग दुख पोखे । ‘हाम्री एक्ली छोरीको यसरि हत्या गर्यो, आफ्नो पढाईमा मात्रै ध्यान दिने हाम्री छोरीलाई मार्ने अपराधीहरु अरु कोहि नभएर गाँउ, वरिपरीकै हुन्, तिनलाई पक्रेर फाँसी दिनुपर्छ, मायाका जेठा बुवा हर्क बिकले भन्नुभयो ।

आफ्नी दुई भाईकी एक्ली बहिनीको हत्या हुँदा दाजु रमेश बिक पनि निकै स्तब्ध हुनुहुन्छ । ‘ मेरी बहिनीको हत्यारा अरु कोहि नभएर बहिनीसंगै काम गर्ने मान्छेहरु हुन, सहि ढंगले अनुसंन्धान गरेर छिटो भन्दा छिटो अपराधीलाई पक्रेर फाँसी दिनुपर्छ । यदि हामीले न्याय पाएनौं भने, बहिनीको आत्म शान्तीका लागि जुन सुकै कदम चाल्न तयार छौं, दाजु रमेसले भन्नुभयो ।

नगरप्रमुखको भनाई – बलात्कारपछि हत्या भएकाले कडा कारवाही हुनुपर्छ :
गौरीगंगा नगरपालिका नगरप्रमुख भिमबहादुर देउवाले माया बिकको बलात्कारपछि हत्या नै भएकाले दोसीउपर कडा कारवाहीको माग गर्नुभएको छ । ‘घटनाको प्रकृती र शवको अवस्था हेरिसकेपछि हामीले एक बिज्ञप्ती जारी गर्दै मायाको बलात्कार भएको र त्यस्ता अपराधीहरुलाई कदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायलाई भनिसकेका छौं, नगरप्रमुख देउवाले भन्नुभयो ।

माया पढ्ने बिधालयका शिक्षकको भनाई :
माया बिक पढ्ने जनपृय उच्चमाबी मसुरियाका प्रिन्सिपल जंग बहादुर देउवाले माया बिधालयकै सबै भन्दा सोझी, अनुसाशीत, र मेहनती छात्रा भएको बताउनु भएको छ । मायाको घटनाले पुरै बिधालय परिवार स्तब्ध भएको भन्दै घटनाका दोसीलाई हदैसम्मको कारवाहीको माग समेत गर्नुभयो । प्रिन्सिपल देउवाले भन्नुभयो, ‘मायाको बलात्कारपछि हत्या गरेको देखिन्छ, यो ज्यादै अमानविय घटना भएकाले समाजमा उपरान्त यस्ता घटना नघटुन भन्नका लागि पनि अपराधीलाई हदैसम्मको कारवाही गरिनुपर्दछ । ‘

प्रतिकृया दिनुहोस्