RaraNews

मानसिकताको सिण्डीकेट तोड्न जरुरी – दलित सांसद

आफ्ना कुरा मिडियामा नआएको गुनासो ।

केपी अनमोल प्रकाशित : २०७५/३/१६ गते
१३०२ पटक

काठमाडौं । दलितलाई कमजोर र असक्षम देख्ने मानसिकतामा नै सिण्डीकेट रहेकाले त्यो तोड्न जरुरी रहेको दलित सांसदहरुले बताउनु भएको छ । समाजप्रतीको दायित्व, देश निर्माण र संसदमा निभाउने आफुहरुको भुमिका अन्यको तुलनामा कम महत्वको नभएको भन्दै आफ्ना आवाजहरुलाई स्थान दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

जागरण मिडिया सेन्टर र संसदीय मामिला पत्रकार समाजको संयुतm आयोजनामा शनिवार राजधानीमा आयोजित ‘संसदमा दलित सवाल – सांसद र पत्रकारबीच संवाद’ कार्यक्रममा बोल्दै दलित सांसदहरुले संसदमा बोलेका कुराहरु मिडियामा नआउने गुनासो गर्नुभएको हो ।
दलित सांसद र संसदबारे रिर्पोिर्टङ गर्ने पत्रकारबिच समन्वयन र दलित सांसदले संसदमा बोलेको कुराहरु मिडियामा आउन नसक्नुका कारणहरुबारे छलफल गर्ने उदेश्यले आयोजित उतm कार्यक्रममा बोल्ने प्राय सबै दलित सांसदहरुले मिडियाले आफुहरुलाई बेवास्ता गरेको गुनासो गर्नुभयो ।

प्रतिनिधी र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलित सांसदहरुको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सांसद महेश्वर गहतराज (अथक) ले मिडिया पनि एक ठुलो शक्ती भएकाले यसको प्रयोग र यसले गर्ने कार्य महत्वपुर्ण हुने बताउनु भयो । आफुले सांसदमा पटक पटक बोलेको भन्दै उहाँले भन्नुभयो, ‘म संसदमा पटक पटक बोलेको छु, तर त्यसबारेको समाचार कतै आयो की भनेर खोज्छु, एउटा पनि भेट्दिन, संसदमा बोलेको मेरो न एउटा फोटो कतै देख्छु ।’ कतिपय पत्रकारहरु सांसदहरुसंग नजिक रहेका कारण पनि उनिहरुका समाचार मिडियामा आइरहने उहाँको अनुभव थियो ।

कार्यक्रममा बोल्दै सांसद आसा बिकले पनि संसदमा आफु चार, पाँच पटक बोली सकेको तर त्यो बिषयमा कतैपनि समाचार नआएको देख्दा मिडियाले दलित सांसदहरुलाई उपेक्षा गरेको बताउनुभयो । तर, संसदमा आफुले बोलेका कुराहरुलाई आफुले प्रयोग गर्ने सामाजिक संजालमा पोष्ट गर्दा त्यसले आफ्नो निर्वाचित बझाङ जिल्लामा ठुलै प्रभाव पारेको उहाँको भनाई थियो ।

त्यस्तै संसदमा आफुले बोलेका कुराहरु मिडियामा आएनन् भन्ने गुनासो सांसद बिमला बिश्वकर्माले पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘सांसदमा हामीले दलितमाथि भएका अत्याचार, हकअधिकारका बिषयमा बोल्दा त्यो किन राष्ट्रिय सवाल भएन ? किन मिडियाले स्थान दिएन ? तर, संसद भवनमा केहि मिडियाकर्मीहरुले सांसद छानी छानी बोलाएर बोल्न लगाउनु हुन्छ ।’ सांसद बिश्वकर्माले मान्छेका दिमागमा पनि सिण्डीकेट रहेकाले त्यो हटाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

सबैतिरबाट पिल्सिएका दलित र त्यसमा पनि दलित महिलाहरुको कसैलाई पनि वास्ता नरहेको सांसद पार्बती बिसुंखेको भनाईथियो । पत्रपत्रिकाहरुमा दलित सम्बन्धि समाचार धेरै कम आउने गरेको भन्दै सांसद बिसुंखेले आफुहरुले प्रचारवाजी हुन नखोजेको तर दलितका जायज कुराहरु लेखिदिन पत्रकारसमक्ष आग्रह गर्नुभयो ।

त्यस्तै सिन्धुपाल्चोकबाट निर्वाचित सांसद सिंग बहादुर बिश्वकर्माले आफु पत्रकारबाटै पीडित भएको भन्दै आफ्नाबारेमा झुटा कुराहरु लेखेर बदनाम गरेका कारण मिडियाप्रती खासै बिश्वास नरहेको दुखेको गर्नुभयो । पत्रकार निश्पक्ष भएर नेता र जनताका कुराहरु लेखिदिन उहाँको आग्रह थियो ।

कार्यक्रममा डडेल्धुराबाट निर्वाचित सांसद प्रकास स्नेहीले पनि संसदमा आफुले बोलेका कुरा मिडियाले स्थान नदिएको गुनासो गर्नुभयो । संसदमा तीन पटक अजित मिजार र दुई पटक मना सार्की हत्याका बिषयमा बोल्दा नत मिडियामा नै आयो, नत मन्त्रि र सरकारबाट कुनै प्रतिकृया आयो भन्दै उहाँले आक्रोस ब्यक्त गर्नुभयो ।

दलित सांसदहरुका पनि केहि कमजोरी रहेको स्विकार्दै सांसद दुर्गा बिकले अग्रज र अनुभवी दलित सांसदहरुसंग आफुहरुलाई सुझाव सल्लाह दिन र समन्वय गर्नका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै कालिकोटबाट निर्वाचित सांसद नरपती लुहारले बिगतमा आफुहरुले भोगेको जातिय विभेदका कुराहरु मिडियामा आएको भए अहिलेसम्म जातिय विभेद र दलित समस्या कम भइसक्यो भन्ने उहाँको भनाई थियो । सांसद लुहारले दलित समुदायमा अहिले राष्ट्रपति, प्रधानमन्त्रि र मन्त्रि बन्न योग्य ब्यक्तीहरु देख्दा आफुलाई गर्व लाग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिंकास दलित सांसदले आफुलाई मिडियाले बेवास्ता गरेको भन्दै गुनासो राख्नेक्रममा पुर्बमन्त्रि तथा सांसद मिन बिश्वकर्माले पनि दलितका बिषय लेख्न कञ्चुस्याई भएको बताउनु भयो ।

                                                                                (सांसदहरु आफ्ना कुरा राख्दै)

पहिलो पटक भएको राष्ट्रपति निर्वाचनमा ६ जना सांसदको मत बदर भएको प्रसंग कोट्याउदै उहाँले भन्नुभयो ‘उतm राष्ट्रिपति निर्वाचनमा बदर मत दलितकै हो भन्ने आशंका धैरैलाई थियो । तर, बदर मत मध्ये दुई मत मेरो पार्टिको पनि थियो र ति दुई जना गैर दलित अलि नाम चलेकै नेता थिए । त्यसकारण गल्ति, कमजोरी र अनबिज्ञता दलितहरुसंग मात्रै छ भन्ने सोचाई गलत हो ।’ सांसद बिश्वकर्माले उतm मत बदर यदि अलि नाम चलेका दलित सांसदको भएको भए ठुलो समाचार बन्ने तर, त्यो बेला खासै केहि नभएको स्मरण गर्नुभयो ।

सांसद बिश्वकर्माले दलित सांसदहरु ब्यतmी नभएर सिंगो दलित समुदायको प्रतिनिधि भएकाले उहाँलाई त्यसरि नै बुझिदिन संसदीय पत्रकारहरुलाई आग्रह पनि गर्नुभयो । दलित समुदायमा पछिल्लो समय भएका केहि जघन्य अपराधका घटनाहरुमा नेपाली मिडियाले खासै वास्ता नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘गंगामाया अधिकारीको बिषयमा मिडियाले लेख्या लेखेई छ, तर लक्ष्मी परियार, अजित मिजार र मना सार्की हत्याकाण्डबारे त्यति महत्व दिइएको पाइदैन । यि घटनाहरुलाई मिडियाले केहि दिन मुख्य समाचार बनाएर निरन्तर प्रकासित गरिदिने हो भने सरकार सहि ढंगले कारवाही गर्न बाध्य हुनेथि«यो ।’

कार्यक्रममा डडेल्धुराबाट निर्वाचित सांसद निरा जैरुले दलित समुदाय समाचारको प्रमुख स्रोत भएको बताउनुभयो । सरकारले प्रयर्टन क्षेत्रको विकास र प्रचार प्रसारका लागि ल्याउने निती कार्यक्रमहरुमा दलित समुदायका कला, संस्कृती, सिप र पेशा पर्छन की पर्दैनन ? भनि प्रश्न गर्नुभयो । संसदमा बोल्ने सबै सांसदहरुका आवाजहरुलाई समानरुपले मिडियामा स्थान दिनका लागि उहाँले संसदीय पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।

पत्रकारहरुले के भने त ?

                                                                    (सांसदहरुको गुनासोबारे पत्रकारहरु सुझाव दिदै) 
आयोजित संवाद कार्यक्रममा सांसदहरुले आफ्ना कुराहरु भनिसकेपछि त्यसको जवाफ र संसदीय पत्रकारिताका मुल्य मान्यताबारे पत्रकारहरुले आफ्ना कुराहरु राखेका थिए ।

संसदीय मामिला पत्रकार समाजका अध्यक्ष तथा अन्नपुर्णकर्मी नरेन्द्र साउदले सांसदहरुलाई महत्वपुर्ण सुझाव दिदै संसद बैठकमा बोल्दा समयको ख्याल, आफ्नो कुरा छोटो र प्रष्टरुपमा राख्न आग्रह गर्नुभयो । संसदमा बिशेष समय लिएर बोल्ने क्रममा आफुहरुलाई दोस्रो बक्ताका रुपमा पालो दिन सभामुखलाई आग्रह गर्न हुन समेत उहाँले सुझाउनु भयो ।

संसदीय गतिविधीबारे रिर्पोटिङ गर्दै आएका विभिन्न मिडियामा आवद्ध पत्रकारहरुले संसदमा बोल्दा बिषयबस्तु नै प्रमुख हुने भएकाले त्यसमा ख्याल गर्न सुझाव दिनुभएको थियो । सांसदबारे लेखिने समाचारमा भनिएजस्तो कुनै पनि पक्षपात आफुहरुले नगर्ने प्रष्ट पार्दै संसदमा बोल्दा सहि सुचना, बिषयबस्तुको छनौट र प्रस्तुतीमा ध्यान दिन पत्रकारहरुले सांसदहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बहादुर बिश्वकर्माले दलित सांसदहरुले संसदमा बोल्ने कुरा उहाँहरुका साथै सिंगो दलित समुदायका लागि एक एतिहासिक दस्तावेज हुने भएकाले यसमा ध्यान दिन सबैलाई आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्