RaraNews

११औं दलित संसद काठमाडौंमा सुरु,

दलित अगुवा पहाडी सम्मानित ।

जागरण मिडिया प्रकाशित : २०७४/९/१३ गते
१५९८ पटक
काठमाडौँ ।

११औं दलित संसद काठमाडौंमा बुधबारदेखि सुरु भएको छ । “पूर्ण समानुपातिक समावेशी र सामाजिक न्यायका लागि राजनैतिक प्रतिवद्धता, समृद्धि, समानता र सवल राष्ट्र निमार्णमा दलित समुदायको सार्थक सहभागिता ” भन्ने नाराका साथ दुइ दिने उतm दलित संसद काठमाडौंको त्रिपुरेश्वरमा सुरु भएको हो ।
पुर्व प्रधानमन्त्री एंव नेकपा एमालेका बरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अथिती माधव कुमार नेपालले उतm भव्य कार्यक्रमको उद्घाटन गर्दै सबै भन्दा पहिले नेपाली समाजमा दलित समुदाय प्रति हेर्ने दृष्टिकोण, संस्कार र सोंचमा परिवर्तन आउनु पर्नेमा जोड दिनु भयो ।

‘समाजमा सबै भन्दा पिडाको पहिलो सिकार दलित समुदाय नै भएकाले हामीले पहिले देखि गर्दै आएका गलत संस्कारको उल्मुलनका लागि सबै राजनैतिक दल, सामाजिक न्यायको क्षेत्रमा काम गर्ने संघ संस्था, समाजका अगुवा, पार्टीका भातृ संगठनहरुका अगुवाहरु नै एकजुट भएर यसका बिरुद्ध लाग्नुपर्छ, पुर्व प्रधानमन्त्री नेपालले भन्नुभयो ! मान्छेले मान्छेलाई छुन नहुने यस्तो समाजको कंँलकलाई हटाउनैपर्छ’ ।

एमालेका बरिष्ठ नेता समेत रहनु भएका नेता नेपालले आफु प्रधानमन्त्री भएका बखत दलित र विपन्न समुदायका लागि धेरै कामहरु गरेको बताए । ति समुदायको लागि शिक्षामा जोड् दिनुपर्छ भन्दै २ वटा नर्सिङ कलेजको स्थापना, जनता आवास कार्यक्रम, प्रहरि कार्यालयमा महिला सेलको स्थापना जस्ता कामहरु गर्न सफल भएको स्मरण गर्दै अझै पनि दलित समुदायको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टका लागि निरन्तर राज्यलाई दबाब दिई लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । गलत मानसिकताका कारण अहिले पनि समाजमा जातिय छुवाछुत कायमै रहेकाले अब यस्को जिम्मेवारी राज्यले लिनु पर्नेमा उहाँको जोड थियो ।

त्यसैगरि, कायक्रममा बोल्दै पुर्व अर्थमन्त्री एंव माओवादी केन्द्रका पर्खर युवा नेता बर्षमान पुनले आफुहरुले उत्पिडित समुदाय र वर्गको हक अधिकारका लागि गरेको संघर्षका कारण अहिले संविधानको मौलिक हक मै दलित शब्द लेखिएको बताउनु भयो । संविधानमा अझै दलितको पक्षमा गर्नु पर्ने धेरै व्यवस्थाहरु छुटेकाले संविधान संशोधन गरि त्यस्ता व्यवस्था राख्न पहल गर्ने समेत बताउनु भयो । दलित समुदाय माथिको विभेद अन्त्यका लागि सबै भन्दा पहिले आर्थिक रुपमा दलित समुदाय शसक्त बन्नु पर्ने उहाँको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले जातिय छुवाछूत अन्त्यका लागि राजनैतिक पार्टी, सामाजिक संघ संस्थाका संस्थागत संरचनाहरु परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । दलित समुदायमाथिको विभेदको अन्त्य र उनिहरुमाथि हुने उत्पिडन, अत्याचारमाथि न्याय पाउनका लागि स्वयम दलितहरु सांसद, मन्त्री र प्रधानमन्त्री बन्नु पर्नेगरि पहल हुनु पर्नेमा जोड दिदै यसका लागि सबै राजनैतिक पार्टीले सर्बप्रथम आफ्नो पार्टी भित्र बाटै दलितलाई जिम्मेवार र निर्णायक पदमा पुर्याउनु पर्ने आवश्यक रहेको बताउनु भयो ।

‘मेरो पार्टीले ८ औं महाधिवेशनबाटै सबै समुदापयको प्रतिनिधित्व गर्ने कुरालाई अनिवार्य गरेकाले दलितको सहभागिता पार्टी भित्रै बृद्धि हुर्दै गइरहेको छ, नेता भट्टराई भन्नुभयो, राम्रो कामको सबैले सुरुवात गर्नु पर्छ ।’

दुई दिन सम्म संचालन हुने दलित संसदमा दलित समुदायका सांसदहरुको सहभागिता रहेको छ । कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै दलित समुदायको लागि राज्यले गर्नु पर्ने व्यवस्था, संविधानमा उल्लेख गर्नु पर्ने थप कुराहरुलाई, आगामि दिनमा दलित समुदायको रणनिती र कार्ययोजना सहितको घोषणा पत्र जारी उतm दलित संसद भोली सकिनेछ । राष्ट्रिय दलित नेटवर्कले २०५९ सालमा धनगडीबाट सुरु गरेको दलित संसदले दलित अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आइरहेको दलित संसदका आजका सभामुख तथा दलित नेटवर्कका अध्यक्ष एंव अधिकारकर्मी गणेश विकेले जानकारी दिनुभयो । दलित संसदको उद्घाटन सत्रको संचालन भने समता फाउण्डेसनका कार्यकारी निर्देशक प्रदिप परियारले गर्नु भएको थियो ।

दलित अगुवा विनोद पहाडी सम्मानित ।

दलित संसदमा पुर्ब सासद, दलित अगुवा तथा बरिष्ठ पत्रकार विनोद पहाडीलाई टिकाराम पार्की मानव मर्यादा पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबाट ५ हजार १ सय ८२ रुपैया राशीको सो पुरस्कार हस्तान्तरण गरिएको हो । पत्रकारिमार्फत दलित समुदायको हक अधिकार र उत्पिडनका बारेमा कलम चलाउदै आएका पहाडी पत्रकारिता संगै बिभिन्न निर्णायक दलित आन्दोलनको अग्रपङतीमा रहेर काम गर्दै आउनु भएको छ ।
नेपालको दलित आन्दोलन र वादी आन्दोलन उठान गर्नमा उहाँको ठुलो योगदान छ। सानै उमेर देखि बिद्रोही स्वभावका पहाडीले प्रत्यक्ष राजनितीमा रहेर पनि दलित समुदायका लागि महत्वपुर्ण कामहरु गर्नुभएको छ। । सामाजितक न्याय र दलित आन्दोलनमा निकै सक्रिय रुपमा रहने पहाडीले सचारमाध्यमा समेत सामावेशीकरणको वहस चलाएका थिए ।
नेपाल पत्रकार महासंघ रूपदेन्हीका संस्थापक अध्यक्षसमेत भइसकेका पहाडी ‘नेपालीमञ्च साप्ताहिक’का प्रधान सम्पादन र रेडियो जागरण, रूपन्देहीका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ पुर्ब सासंद पनि हुनुहुन्थ्यो र हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
सम्मान ग्रहणपछि बोल्दै दलित अगुवा पहाडीले आफुलाई गरिएको सम्मानले दलित समुदायका लागि थप जिम्मेवारी बोध गराएको बताउनु भयो । आगामि दिनमा दलित समुदायको मुतmी र हक अधिकारका लागि शसक्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यसैगरि, दलित समुदायका लागि स्थानीय स्तरमा योगदान पुर्याएको भन्दै विभिन्न जिल्लाका ८ जना दलित अगुवाहरुलाई प्रमाण पत्र सहित सम्पान गरिएको थियो । सम्मानित हुनेहरुमा डडेल्धुराकी कलावती भाँण, कैलालीका शिव विक, बझाङका श्याम सुनार, काठमाडौंका रमिता विक र कृष्णा कुमारी विक, रौतहटका सखाणी बैठा, कालिकोटका विर्खासिहं विक र इलामकी चन्द्रकला बराईली रहेका छन् ।

प्रतिकृया दिनुहोस्