RaraNews

केपी अनमोल प्रकाशित : २०७५/३/१ गते
११४३ पटक

काठमाडौं । प्रतिनिधी सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलित सांसदहरुले पुर्ब दलित सांसदहरुको अनुभव आफ्ना लागि मार्गदर्शक हुने बताउनु भएकोछ । संसदमा बोल्दा कसरि बोल्ने, कुन बिषयलाई कसरि उठान गर्ने लगायतका संसदिय कुराहरुमा पुर्ब सांसदहरुले आफ्नो अनुभव आफुहरुलाई बताएमा त्यो आफ्ना लागि मार्गदर्शक हुने उहाँहरुको भनाई छ ।

बिहिबार जागरण मिडिया सेन्टरले दलित सांसदहरुसंग गरेको भेटघाट कार्यक्रममा दलित सांसदहरुले संसदमा बोल्दा कतिपय कुराहरु प्रष्ट नहुने र प्रस्तुतीकरण पनि त्यति नमिल्ने गरेका कारण पुर्ब सांसदहरुको अनुभव आफ्ना लागि महत्वपुर्ण हुने बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा पुर्बमन्त्रि मिन बिश्वकर्माले संसद, सडक र संचार तिन वटा “स” आफुहरुका लागि चुनौतीपुर्ण रहेको बताउनुभयो । दलित सांसदहरुले सजिलै संसदमा आफ्नो कुरा राख्न नसक्ने, सडक पनि आफुहरुले तताउन नसक्ने र संचारमा समेत आफुहरुले स्थान नपाउने गरेका कारण दलित सांसद सधै ओझेलमा पर्दै आएको उहाँको भनाई थियो ।

सांसद बिश्वकर्माले दलित जति क्षमतावान भएपनि उसलाई जातकै कारण कमजोर, असक्षम ठान्ने प्रबृती जहाँ पनि रहेकाले त्यसका बिरुद्ध एकछुट भएर लड्न सबैमा आग्रम समेत गर्नुभयो ।

संसदमा बोल्नुपुर्ब बिषयबस्तुको गहिरो अध्यन र अन्य दलित सांसदसंग पनि छलफल गरेर बोल्दा आफुले बोलेको कुराको महत्व रहने भन्दै उनले अन्य सांसदहरुलाई सुझाव दिनुभयो । राष्ट्रिय दलित आयोगको प्रसंग जोड्दै सांसद बिश्वकर्माले दलित आयोग निष्कृय अवस्थामा रहेकाले त्यसलाई अधिकार सम्पन्न बनाउनतर्फ सबैको ध्यानआर्कषण गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद नरपती लुहारले दलित सांसदहरुबिच एकतामा जोड दिदै कुनैपनि घटनामा बिज्ञप्ती, छलफल र योजना बनाउदा दुई चार जना बसेर नभई सबैको सहभागितामा हुनुपर्ने बताउनुभयो । दलितका मुद्धामा यसरि नै बेला बेला सांसदहरुको जमघट हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै सांसद अन्जना बिसुन्खेंले उत्पिडित जनताका सवालमा बोल्न र काम कारवाही गर्नका लागि दवाब दिन संसदमा प्रतिपक्ष पनि कमजोर रहेकाले दलित सवालमा नागरिक समाज पनि सकृय हुनुपर्ने बताउनुभयो । दलित समुदायको सवालमा गैर दलित समुदाय पनि बोल्नु पर्ने र दलित र गैर दलित एकसाथ बसेर मुद्धामा छलफल हुनुपर्ने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै सांसद निरा जैरुले पुर्ब सांसदहरुसंग थुर्पे अनुभव भएकाले आफुहरुको उहाँहरुसंग समन्वय गरि अघि बड्नु पर्नेमा जोड दिनुभयो । स्थानिय तहका वडाहरुमा दलित महिला सदस्य नभएको भन्दै त्यो ठाँउमा अरुलाई राखिने खतरा बढिरहेकाले त्यसमा सबैजना सचेत रहन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद बिमला बिश्वकर्माले दलित सम्बन्धि घट्ने जुनसुकै घटनाबारे सबैले सबैसंग समन्यव गर्नुपर्ने र बुझाईमा एकरुपमा हुनुपनैमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका बोल्दै सांसद पार्बती बिसुन्खेंले जातिय विभेदका घटना र दलित मुद्धालाई राष्ट्रियकरण गर्नमा जागरण मिडिया सेन्टरको ठुलो भुमिका रहेको उल्लेख गर्दै जागरण मिडिया सेन्टरले दलित सांसदहरुको प्रोफाईल बनाउने कार्य आफुहरुको लागि खुशीको कुरा भएको बताउनुभयो । कुनै पनि घटना र सवाललाई माथि उठाउनका लागि संचारमाध्यमको ठुलो भुमिका रहेकाले सम्पुर्ण दलित सांसदहरुले मिडियाबारे चासो राख्न र पत्रकारहरुसंग समन्वय गर्न समेत आग्रह गर्नुभयो ।

सांसद बिसुन्खेंले कालीकोटकी वडा सदस्य मना सार्कीको हत्या घटनाबारे जानकारी दिदै राष्ट्रिय मिडियाले उतm घटनालाई स्थान नदिएको र एउटा पत्रिकाले पुर्बाग्रही, गलत र घटनाको यर्ताथ लुकाउने गरि समाचार प्रकाशन गरेको प्रती आपत्ती समेत जनाउनुभयो । दलित सम्बन्धी घटना र सवालमा जागरण मिडिया सेन्टरले लामो समयदेखि मिडिया मार्फत वकालत गर्दै आएकाले अझै सकृय भएर साथ दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सांसद विमला नेपालीले संसदमा जातिय छुवाछूतका घटनाबारे हेर्ने छुट्टै समिती निमार्ण हुन सकेमा त्यसले दलितका घटना र मुद्धामा पिडितलाई सहि न्याय दिलाउनमा सहयोगी भुमिका निभाउन सकिने बताउनु भयो ।

त्यस्तै सांसद आसा कुमारी बिकले दलित सम्बन्धि समाचार लेख्ने पत्रकार र मिडियालाई सम्मान गर्ने परिपाटिको विकास हुनुपर्ने बताउनु भयो । संसदमा समानुपातीक सांसदका आफ्नै पिडा र समस्याहरु रहेकाले दलित सम्बन्धि ऐन कानुन र संविधान कार्यान्वयनका लागि सिंगो दलित समुदाय एक ढिक्क भएर लाग्नुपर्नेमा जोड दिनु भयो ।

सांसद सुजाता परियारले दलित समुदायका मुद्धालाई राष्ट्रियकरण गर्न र सबैका आवाज समेट्न जागरण मिडिया सेन्टर सफल रहेकाले दलित सांसदहरुसंगको भटघाट, आवश्यक सर सल्लाहलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताउनुभयो । मिडियामा दलित सवाल आउनका लागि दलित सांसदहरुले कसरि बोल्ने र मिडिया दलितमैत्रि कसरि हुने भन्नेमा दलित सांसदहरुबिच छलफल र वहश आवयक रहेकोउहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै सांसद कलुदेबी बिश्वकर्माले संसदमा आफुले कोठा नपाएको कुराले चर्चा पाएको तर केहि दलित सांसदहरुले नै आफुलाई हिनताबोध हुनेगरि कुराहरु सुनाएकोमा दुखेसो गर्नुभयो । आफुहरुलाई दलित भित्र राखिएकाले होच्चाउने, हेप्ने र विभेद गर्ने गरेका कारण दलित शब्द नै हटाउनु पर्ने उहाँको भनाई थियो । समाजमा सिप र कलाका धनी जातिहरुलाई सामन्ती र कलँकित सोंच भएकाहरुले दलित र अछुत बनाइएको उहाँको तर्क थियो । दलितको उत्पिडन र अत्याचार बिरुद्ध आफु बर्षौदेखि लड्दै आएको र अब संसदमा पनि दलित प्रतीको अत्याचार र विभेद बिरुद्ध आवाज उठाइरहने उहाँको भनाई थियो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्माले दलित समुदायको क्षेत्रमा गर्दै आएका मिडिया गतिविधीको जानकारी र दलित सांसदहरुका लागि जेएमसीले “संसदिय स्रोत केन्द्र” को स्थापना गर्न लागेको जानकारी दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्