RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/२/२५ गते
१०३५ पटक

काठमाडौं । जातिय गाली गलौच सहित कुटेर हत्या गरिएकी कालिकोटकी वडा दलित महिला सदस्य मना सार्कीका हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गर्दै संसदमा आवाज उठेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्थानिय जनप्रतिनिधि सार्कीलाई कुटेर मार्ने हत्याराहरुलाई हदैसम्मको कारवाहीको माग गर्दै सांसद गोमा देवकोटाले सरकारको ध्यान आर्कषण गर्नु भएको हो ।

घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइउदै सांसद देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य भएको बताउनु भयो । संसद बैठकमा सुरुमै बिषेश समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवकोटाले घटनामा संलग्न राजिन्द्रा शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग समेत गर्नुभयो ।

कालिकोटको नरहरिनाथ गाउँपालिका वडा ९ का दलित महिला सदस्य सार्कीको गत शनिवार राती कुटाईबाट घरमै मृत्यु भएको थियो । घटनाका दोसी राजिन्द्र शाही र सिर्जना शाहीलाई प्रहरीले अनुसंन्धानका लागि हिरासतमा राखेको छ ।

तर, घटनालाई अन्तै मोड्ने र गलत प्रचारवाजी भइरहेकाले कतै आफुहरुलाई न्याय नपाइने होकी भन्ने चिन्ता पिडीतहरुले गरिरहेका छन । यद्यपी, गृहमन्त्रालय र सरकारका तर्फबाट घटनाबारे कुनै आधिकारी भनाई सार्बजनिक भइसको भने छैन ।

प्रतिकृया दिनुहोस्