RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/२/२१ गते
४०५६ पटक

कालिकोट । कालिकोटमा एक दलित महिलालाई कुटेर हत्या गरिएको छ । नरहरिनाथ गाउपालिका वडा नम्बर ९ की महिला वडा सदस्य ४५ वर्षिया मना सार्कीको कुटपिटबाट मृत्यु भएको हो ।

गाँउकै स्थानीय राजिन्द्रा शाही, सिर्जना शाही लगायतकाले कुटपिट गर्दा वडा सदस्य मनाको मृत्यु भएको आफ्न्तले बताएका छन् । कुटाईबाट सार्कीको गत शनिबार राति ११ बजे मृत्यु भएको आफन्तले बताएको भनाई छ ।

मनाका श्रीमान रोजगारीका लागि भारतमा छन् । उहाँका ३ छोरा र ३ छोरीको बिचल्ली भएको छ । वडा सदस्य मना सार्कीको हत्याका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जानकारी दिएको छ ।

मृतक सार्कीको लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल मान्माम ल्याइएको छ । कुटपिटमा संलग्न राजिन्द्रा शाही, सिर्जना शाही र दुर्गा शाहिलाई प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालाय पुर्याएको छ ।

स्थानिय सरकारका दलित प्रतिनिधीलाई नै कुटेर हत्या गरिएको जघन्य अपराधको घटनाको घोर बिरोध विभिन्न दलित संघ संस्थाहरुले सरकारले ध्यानआर्कषण गरेका छन् ।

देशको राजधानी काठमाडौं लगाएत विभिन्न ठाँउमा नेपाललाई जातिय विभेद तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको सम्झनामा दिवश मनाउने तयारि भइरहेका बेला यस्तो जघन्य अपराधको घटना सुन्दा सिंगो दलित समुदायलाई झस्काएको छ ।

दलित माथि हुने विभेद, अन्याय र हत्या जस्ता जघन्य अपराधहरुको चर्को बिरोध गर्दै गृह मन्त्रि रामबहादुर थापा बादलले अब त्यस्ता घटनाहरुमा कडा रुपमा गृह प्रसाशनले कदम चाल्ने र दोसीलाई हदैसम्मको कारवाही गर्ने उहाँले बताईसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्