RaraNews

केपी अनमोल प्रकाशित : २०७४/१२/१९ गते
५८८५ पटक

चर्चित कलाकार शंकर बि.सीले आफुमाथि जातिय गाली गलौच गर्ने बिरुद्ध साइबर क्राइम अन्र्तगत उजुरि दिएका छन् । महानगरिय अपराध शाखा टेकु काठमाडौंमा गएर उनले आफु उपर जातिय गाली गलौच गर्ने बिरुद्ध सोमबार कारवाहीका लागि उजुरि दिएका हुन ।
केहि कलाकार, दलित अधिकारकर्मी सहितको टोली प्रहरीमा पुगेर उजुरि दर्ता गरेको संचारकर्मी तथा दलित महिला अधिकारकर्मी सरु सुनारले बताए ।

कलाकार शंकर बि.सीले दिएको उजुरीका आधारमा दोसी उजर आवश्यक अनुसंन्धान सुरु भइसकेको र कानुन बमोजिम कारवाही हुने महानगरिय प्रहरी परिसर टेकु काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए । कुनै पनि ब्यक्तीलाई जातिय रुपमा गाली गलौच, विभेद र हेंला होचों गर्न नपाइने देशको कानुन नै भएकाले त्यस्तो गर्ने जुनसुकै ब्यतmीलाई प्रहरीले कानुन बमोजिम कारवाही गरेरै छाड्ने डिएसपी थापाको भनाई छ ।

केहि दिन अघि भृकुटीमण्डपको एउटा सास्कृतीक कार्यक्रममा क्यामरा छेकेको बिषयमा विवाद हुंदा कलाकार बि.सीले पत्रकारलाई धम्काएको एकहोरो संवादको भिडियो बाहिर आएको थियो । सो भिडियोलाई लिएर बनाइएका समाचारको कमेन्ट बक्श र सामाजिक संजालमा केहि ब्यक्तीहरुले कलाकार बि.सीलाई तुच्छ शब्द प्रयोग गर्दै जातिय गाली गलौच गरेका थिए ।

दुबैतर्फको असमझदारीमा भएको उक्त घटनालाई लिएर सिंगो दलित समुदायको आत्म सम्मानमा गहिरो चोट पुग्नेगरि दिइएको जातिय गालीले आफु मात्रै नभएर लाखौं दलित समुदायको आत्म सम्मानमा चोट पुगेको कलाकार बि.सीले बताए ।

‘देशमा धेरै नै परिर्बतन भइसकेको सोंचेको थिए । तर, मान्छेहरु जात मै सिमीत रहेछन्, उनले भने ।’ जातिय रुपमा आफु लगायत सिंगो दलित समुदायमाथि भएको विभेदले ज्यादै चित्त दुखेका कारण न्याय माग्न प्रशासनको ढोका सम्म पुगेको उनको भनाई छ । अन्जानबस पत्रकारले अन्तरवार्ता लिइरहेको बेला आफुबाट क्यामरा छेकिन पुगेको प्रती कलाकार बि.सीले मिडिया मार्फत आफु आवेगमा आएर बोलेको कुराप्रती क्षमा मागी सकेका छन ।

घटना के थियो ?
घटना तिन दिन अघि काठमाण्डौको भृकुटी मण्डपमा आयोजना भईरहेको राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगिता स्थलमा कलाकार शंकर बि.सी र एकजना पत्रकार बिच क्यामरा छेकेको बिषयमा भएको सामान्य विवाद हो । कार्यक्रमको स्टेच पछाडी ड्रेस चेन्ज रुम नजिकै फिल्मिजुम डटकमका प्रकाश ढकालले लोक गायक चोलेन्द्र पौड्यालसंग अन्तर्वार्ता लिईरहेको बेलामा क्यामराको अगाडीबाट कलाकार शंकर बि.सी छिरेपछि विवादको बिउ रोपिएको थियो । तर, अन्तरवार्ता भइरहेको छ भनेर आफुलाई थाहा नभएरै छिरेको बलाकार बि.सीले प्रष्ट्याइ सकेका छन् ।
कलाकार बि.सी क्यामरा अघिबाट गएको देखेपछि ढकालले उनलाई हेपाहा र रिसले घुरेर, ह्या खिचेको देखेन ? भनेर बोलेपछि, आफुलाई डोमिनेट गरेको भन्दै आवेगमा आएका कलाकार बि.सीले त्यसरि मसंग बोल्ने, पिट्ला झै गरेर, घुरेर हेर्ने तेरो हैसियत हो ? मसंग त्यसरि बोल्ने ? भनेर प्रतिवाद गरेका थिए । उनको यहि बोलेको भिडियो मात्रै ति पत्रकारले आफुमाथि दुब्र्यवहार भयो भन्दै सार्बजनिक गरेका थिए । तर, कलाकार बि.सीले घटनाको यर्थात आफुले दिएको अन्तरवार्तामा बताएका छन ।

प्रतिकृया दिनुहोस्