RaraNews

रमेश कुमार वोगटी प्रकाशित : २०७४/९/५ गते
२९५७ पटक
कालिकोट । 

नेपालको विकट जिल्ला कालीकोटमा मंसिर मसान्तसम्म १७ सय ४१ जनालाई विभिन्न श्रेणीका अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । मापदण्डमा आधारित रहेर जिल्ला अपाङ्ग छनौट समितिले सिफारिस गरेको आधारमा परिचयपत्र वितरण गरिएको हो ।

महिला तथा बालबालिका कार्यालयका निमिक्त कार्यालय प्रमख सविता राणाका अनुसार कार्यालयले रातो, निलो, पहेलो र सेतो गरी चार प्रकारका परिचयपत्र वितरण गरिएको छ।

अपाङ्गलाई शारिरिक, दृृष्टिविहिन, सुुनाई, श्रवण, स्वर वा बोलाई, मानसिक र बहुुअपाङ्गता रुपमा वर्गिकरण गरि सूुचकका आधारमा क देखि घ वर्गमा वर्गिकरण गरिएको निमिक्त कार्यालय प्रमुख राणाले वताइन ।

पूर्णरुपमा अशक्त भएका क वर्गका अपाङग भएकहरुलाई रातो रङको परितय पत्र वितरण गरीएको छ भने केहि मात्रामा गर्न सक्ने असस्वस्थ ख वर्गका अपाङगलाई निलो रङको परिचय पत्र वितरण गरीएको छ ।

त्यस्तै मध्यम वर्ग ग का अपाङगलाई पहेलो रङको परिचय पत्र र समान्य खालका जो घ वर्गका अपाङगलाई सेतो रङको परिचय पत्र वितरण गरीएको छ ।

क वर्गमा १ सय २५ जना, ख मा २ सय २१, ग मा ४ सय ८३ जना र घ मा ९ सय १२ जना अपाङ्ग रहेका छन् । हालसम्म कार्यालयमा उपलव्ध भएको विवरणका आधारमा सबै अपाङ्गलाई परिचय पत्र वितरण गरिएको र त्यसमा महिलाको भन्दा पुुरुषको संख्या बढिरहेको छ ।

महिलाको संख्या ५ सय ७८ जना रहेका छ भने पुुरुषको संख्या ११ सय ६३ जना रहेको महिला तथा बालवालीका कार्यालयको तत्थ्याङमा उल्लेख गरीएको छ ।

मंसिर मसान्त सम्मको तत्थ्याङ अनसार कालीकोटमा महिला भन्दा पुरुषको संख्या झन्डै दोब्बर रहेको छ । निमिक्त कार्यालय प्रमुख राणाका अनुसार अहिले कालीकोटमा १७ सय ४१ जना अपाङगले विभिन्न श्रेणिका परिचय पत्र लिएका छन ।

इमान्दारमिडियाबाट

प्रतिकृया दिनुहोस्