RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/६/२६ गते
२८८ पटक

काठमाडौं । बागमती प्रदेशसभा सभामुख भुवन कुमार पाठकले सिक्ने कुराहरु कहिले पनि अन्त्य नहुने बताउनुभएको छ । सभामुख पाठकले भन्नुभयो, “अध्ययन कार्यको कहिले पनि अन्त्य हुँदैन । कोही मान्छे परफेट हुँदैन ।”

“हामी राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छौं । महत्वपूर्ण पदमा पुगेपछि हामी जति योग्य र जान्ने कोही छैन भन्ने छ, यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । साना देखि ठूला नेताहरुको भनाई गराईबाट थाहा हुन्छ” उहाँले भन्नुभयो ।

जागरण मिडिया सेन्टर र युएनडीपीको सहयोगमा संसदीय अभ्यासमा प्रभावकारी प्रस्तुतीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले बागमती प्रदेश तथा संघीय सभा सदस्यहरुमा अध्ययनको कमी रहेको बताउनुभयो । हामीले समसायिमक बस्तुस्थिति, समसायिमक विषयमा प्रस्तुत गर्न भन्दा अगाडि अध्ययन गर्ने चलनको कमी छ । उहाँले भन्नुभयो “हामीले लेखन गरी भाषण गर्ने बानीको विकास गर्न जरुरी रहेको छ ।”

“अहिले अध्ययनका लागि गुगलमा सबै विषयको कुरा पाइन्छ । तर, त्यसको खोजी गरी अध्ययन गर्नुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो,“ अभ्यास, अध्ययन र मेहनतको अभाव रहेको छ । हामी भर्खर भर्खर सिक्दै छौं । हामीले सिक्नुपर्ने र अध्ययन गर्नु कुरा धेरै छन् ।”

कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले भन्नुभयो, “रुकुम पश्चिममा ६ जना अन्तरजातीय विवाहको निहुँमा हत्या भयो । रुपन्देहीमा अंगीरा पासीलाई झुण्डाएर हत्या भयो । तर, साँसदमा केही पनि रुनुभएन्, मुद्धाले कसैलाई छुन सकेन् ।”

बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाई खत्रीले सीमान्तकृत समुदायका महिला दीदीबहिनीको क्षमता विकास गर्ने खालका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले महिलालाई केन्द्रविन्दु बनाई कार्य गर्ने क्रममा प्रदेशसभाको सहयोग रहने बताउनुभयो ।

“देश बदल्न युवाहरु कृषि अध्ययन गर्न इजरायलमा पुगे । १० जनाको इजरायलमा हत्या भयो । तर, सातै प्रदेशका प्रदेशसभा र संघीय सभाको सदन चलिरहे । कोही साँसद पनि रुनुभएको छैन ।” पहाडीले भन्नुभयो “जनताका छोराछोरीको हत्या हुँदा पनि कसैलाई मुद्धाले नछुने हो ? मुद्धाले छुनुपर्ने थियोे ।”

संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले बागमती प्रदेशसभाको संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन प्रस्तुतीकरणलाई व्यवस्थित गर्न खाँचो रहेको बताउनुभयो । उहाँले आफ्नो कुरा सुनुवाई गर्न सञ्चारकलालाई प्रभावकारी वतृत्वकला हुर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका महिला तथा सीमान्तकृत समुदायका साँसदहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी रुपेश श्रेष्ठले प्रभावकारी प्रस्तुतीकरण सम्वन्धी प्रस्तुती राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्