RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/६/१८ गते
३०२ पटक

कानुन निर्माणमा प्रदेश सांसदहरुले चनाखो भएर आफ्नो भुमिका निर्वाह गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । जागरण मिडिया सेन्टरले बुधबार काठमाडौंमा आयोजना गरेको कानुन निमार्णमा प्रदेशसभा सदस्यहरुको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने सहभागिले सो कुरा बताएका हुन । उनीहरुले कानुन निमार्ण गर्दा ‘र’ र ‘वा’ ले पनि ठुलो अर्थ राख्ने हुदाँ सांसदहरु अझै सचेत हुनुपर्ने बताएका हुन ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता मोहन आचार्यले प्रदेश सरकार पनि कानुन निमार्ण गर्ने सवालमा गम्भिर नभएको वास्तविकता राख्नु भयो । प्रदेशमा अझै थुप्रै कानुन बनाउन बाँकी रहेको उहाँको भनाई थियो । उहाँले प्रदेश सरकारले बनाएका कानुनहरु कतिपय बाझिने खालका,कतिपय अस्पष्ट र कतिपय कार्यान्वयन गर्न गाह्रो हुने खालका भएको बताउनु भयो । उहाँले संसदको काम नीति निमार्ण गर्ने भएकाले संबिधानको मर्म अनुरुप ऐन,नियमावली,कार्यबिधि बन्यो बनेन भनेर सचेत हुदै कानुन निमार्णमा जुट्न सांसदहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा सहभागि बागमती प्रदेश सांसदहरुले कतिपय कानुनी ज्ञान नभएकाले बिज्ञहरुको सुझाव,सल्लाह अनुरुप आफ्नो भुमिका निर्वाह गर्न प्रतिबद्धता जनाएका थिए । उनीहरुले आफुहरु नयाँ भुमिकामा रहेकाले प्राबिधिक,प्रकृयागत र भाषा लगायतमा सरोकारवालाहरुले पनि सहयोग, सुझाव दिनुपर्ने बताएका हुन ।

संबिधान सभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले प्रदेश सांसदहरुले नीति निमार्ण गर्दा आवश्यकताको अध्ययन गरेर गर्नु पर्ने बताउनु भयो । उहाँले बनेका नीति ,नियमहरुको कार्यान्वयको अवस्थालाई ध्यान दिदै नयाँ नीति,नियम बनाउन सक्रिय भएर लाग्न आग्रह गर्नु भयो । त्यस्तै उहाँले बागमती प्रदेश सांसदहरुलाई कानुन निमार्णको क्रममा प्राबिधिक सहयोग जरुरी हुने भएकाले बिषय विज्ञहरुको व्यवस्था गरेको जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्