RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/६/११ गते
२७६ पटक

सीता बि.के.जागरण मिडिया सेन्टर
असोज ११ ,काठमाडौ
नेपालको संचार माध्यमहरु समावेशी संरचना अनुरुप प्रतिनिधित्व हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले संचार माध्यमहरुमा नेपालको बिबिधता झल्किने गरि प्रतिनिधित्व र मुद्धाहरु समेट्नु पर्ने बताएका हुन । जागरण मिडया सेन्टरले बिहिबार काठमाडौंमा आयोजना गरेको मिडियामा समावेशी संरचना र दलित सवाल सम्पादकहरुसंग अन्तरकृया कार्यक्रम बोल्ने वक्ताहरुले अझै पनि नेपालका संचार माध्यमहरु समावेशी हुन नसकेको वास्तविकता राखेका थिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संबिधान सभा सदस्य तथा जागरण मिडिया सेन्टरका सल्लाहकार विनोद पहाडिले नेपालको संचारमाध्यमहरुले समावेशीताको मुद्धामा चाहे अनुरुप काम गर्न नसकेको धारणा राख्नु भयो । उहाँले भन्नु भयो “नेपालका संचारमाध्यमहरु अझै पनि न त कन्टेनमा न त प्रतिनिधित्वमा संवेदनसील छन् । ” उहाँले संबिधानले नै समानुपातीक समाबेशीता सुनिश्चित गरे पनि अझै पनि कार्यान्वयन हुन नसकेको भन्दै संचार माध्यमहरुले पनि कार्यान्वय गर्नु पर्ने बताउनु भयो ।

नेपालको संबिधानले नै समानुपाती समावेशीता सुनिश्चित गरेको छ । तर अझै पनि कार्यान्वयन फितलो छ । नेपालको संचार माध्यमहरुको पनि अवस्था उस्तै रहेको छ ।

जनता टेलिभिजनका टङ्क पन्थले समानुपातीक समावेशीता कार्यान्वय नहुनुमा संचार माध्यमहरुको पनि थोरै धेरै भागिदार रहेको बताउनु भयो । त्यस्तै अन्नपुर्ण पोष्ट दैनिकका गोपी कृष्ण ढुङ्गानाले दलित तथा सीमान्तकृतका सवालमा पछिल्लो समय संचार माध्यमहरु संवेदनशील बन्दै गएको बताउनु भयो । उहाँले आफु दलित तथा सीमान्तकृत समुदायलाई होच्याउने शब्द शब्दमा संवेदनशील बनेको बताउनु भयो ।
नेपाल प्रेसका मातृका पौडेलले न्युजरुप समावेशी भए ,मुद्धाहरु पनि समावेशीरुपमा आउने बताउनु भयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले नेपालका मिडियाहरुले दलित तथा सीमान्तकृत समुदायका सवालहरु तुलनात्मकरुपमा केहि सुधार भए पनि सन्तोषजनक नभएकाले संचार माध्यम सामाजिक मुद्धाहरुमा गम्भीर बन्न आग्रह गर्नु भयो ।

संस्थाका सचिव दिनेश परियारको संचालनमा भएको कार्यक्रममा मध्यान्न दैनिकका मदन श्रेष्ठ,राष्ट्रिय समाचार समितिका बिष्णुराज ओझा,न्युज ट्वान्टीफोरका नवराज चालिसे,नेपाल लाईभका डिवि खड्का लगायतले मिडियामा आरक्षण,समावेशीता र दलित तथा सीमान्तकृत समुदायको सवालमा संवेदनसिल भएर आफ्नो भुमिका निर्वाह गर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्