RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/५/१९ गते
२९० पटक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र वादी समुदायका बीच छलफल भएको छ ।

मानवअधिकार आयोगका पदाधिकारी र वादी समुदायका अगुवा बीच आयोगका कार्यालय ललितपुरमा भएको छलफलमा वादी समुदायको हक अधिकार प्राप्तिका लागि सरकारलाई दबाब दिनुपर्ने सहभागीको भनाई थियो ।

वादी समुदायको समान व्यवहारको बातावरण निर्माण गर्न, आमाको नामका आधारमा नागरिकता प्रदान गर्न, एकल वादी महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न, सरकारहरबाट भएका पूर्व सहमति कार्यान्वयन गर्न, विश्वसनिय जनता प्रवाह गर्न, भूमिहीनलाई भूमि उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

रोजगारको व्यवस्था मिलाउन, राजनीतिक लगायतका सहभागिता सुचित गर्ने वातावरण निर्माण गर्ने, शिक्षा, बेरोजगारीका अवसर निर्माण गर्ने कार्यक्रम निर्माण गर्ने, स्थानीय स्तरमा जनचेतनामुलक कार्यक्रम गर्न लगायतका १२ बुँदामा छलफल भएको वादी समुदायका अगुवा गोपाल नेपालीले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस्