RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/५/११ गते
३४४ पटक

काठमाडौँ । गलत र भ्रामक सूचना विरुद्ध अब निशुल्क अनलाईन कोर्स लिन पाईने भएको छ । अमेरिकी दूतावास र यूथ इनोभेसन ल्याबले संयुक्तरुपमा मिलेर सात वटै प्रदेशमा गलत/भ्रामक सूचनाविरुद्ध  कार्यशाला सम्पन्न गरीसकेको छ । गत शुक्रबार काठमाडौमा भएको कार्यक्रममा गलत र भ्रामक सूचना विरुद्ध निशुल्क अनलाईन कोर्स उपलब्ध रहेको जानकारी गराईएको थियो ।

देशका ७ प्रदेशमा भएको कार्यशालामा सीमान्तकृत समुदायका १४० भन्दा धेरै पत्रकार, अडियो तथा भिडियो सामग्री उत्पादक, अधिकारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यशाला आजको डिजिटल युगमा गलत र भ्रामक सूचनाले निम्त्याउने समस्या, उत्पन्न हुने चुनौतीको पहिचान र सम्बोधन कसरी गर्ने भन्ने सवालमा केन्द्रित रहेको थियो । त्यस्तै कार्यक्रमका सहभागिहरुसंग गलत/भ्रामक सूचना सम्बन्धी अनुभव आदान प्रदान गर्नुका साथै प्रयोगात्मक अभ्यास पनि गराईएको थियो ।

गलत र भ्रामक सूचना विरुद्ध अब निशुल्क अनलाईन कोर्सले व्यक्तिलाई सूचित गर्न र अनलाइनमा गलत र भ्रामक सूचनाको पहिचान गर्न सशक्त बनाउनेमा जोड दिइएको थियो ।

यो निः शुल्क कोर्स लिन चाहनहरुले shikshya.org लगईन गरेर जानकारी लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्