RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/५/११ गते
३७७ पटक

काठमाडौँ । बागमती प्रदेशका पूर्व मख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दलित, महिला तथा सीमान्तकृत समुदायको पक्षमा साँसदहरुको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।

जागरण मिडिया सेन्टरले आयोजना गरेको बागमती प्रदेशसभाका सीमान्तकृत समुदायका महिला प्रदेशसभा सदस्यहरुको क्षमता विकास कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा पूर्व मख्यमन्त्री शाक्यले प्रदेशसभा सदस्यहरुले प्रश्न उत्तरका माध्यमबाट सरकार र ससदलाई जनताप्रति जिम्मेवार बनाउन सकिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अध्यादेशबाट देश चलाउन पाइदैन, हँुदैन । सरकारी र प्राइभेट बिल ससदमा पेश हुन्छ । मन्त्रिपरिसदले सदनमा पेश गर्ने बिल नै सरकारी विल हो । साँसदले संवैधानिक तथा समसामियक विषयमा प्राईभेट बिल पेश गर्न सक्छ ।” प्राईभेट बिल दर्ताका लागि पनि सरकार र सभामुखसँग छलफल गर्नुपर्छ ।

उहाँले भन्नुभयो, “ससदमा सैद्धान्तिक छलफलमा पुरुषकोे सहभागिता छ । सैद्धान्तिक छलफलमा महिलाको सहभागिता छैन । सैद्धान्तिक छलफलमा महिलाहरुले भाग लिनुहोस् । तीन मिनेटको समय हुन्छ, महिलाले पढेर भाग लिनुपर्छ ।”

बागमती प्रदेशसभाका पूर्व सभामुख सानु कुमार श्रेष्ठले प्रदेशसभामा बोल्न भन्दा अगाडि के विषयमा बोल्ने भन्ने तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकै लाइन कुरा के नहोस्, सही कुरा बोल्नुहोस, सरकार, सँसद र जनतालाई सहयोग हुने कुरा सदनमा बोल्नुपर्छ ।”

अध्यादेशबाट संविधानलाई तड्मोड गर्ने, अध्यादेशबाट ऐन नियम कानुन तोडमोड गरेर आफ्नो स्वार्थ पुरा गर्न खोज्नु अनुचित कार्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बजेट पनि ससदले पास गरेपछि त्यही अनुसार गर्नुपर्छ । सरकारले आफु अनुकुल चलाउनुहुँदैँन ।”

संविधानसभा सदस्य विनोद पहाडीले सँसदीय समितिसँग विशेष तागत हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “मन्त्रिपरिसद र न्यायलयले गर्न नसकेको काम संसदीय समितिले गर्न सक्छ । त्यसैले सँसदीय समितिसँग विशेष तागत हुन्छ ।”

उहाँले भन्नुभयो “संसदीय समिति मार्फत विशेष प्राथमिकताका मुद्दा साँसदले उठाउनपर्ने हुन्छ । नागरिकका मूल समस्याहरु पहिचान गरी जनताका प्रतिनिधिले ससदमा मुद्दा रुपमा उठाउन सक्ने गरी मेहनत गर्नुपर्छ ।”

नेपाली काँग्रेस बागमती प्रदेशसभाकी पूर्व सचेतक राधा घलेले भन्नुभयो, “प्राइभेट विल दर्ता गराउने साँसदको अधिकार हो । बागमती प्रदेशमा प्रदेश मामिला समिति छ । यो मूल समिति हो । बागमती प्रदेशमा ५ ओटा समिति बनेको छ । आर्थिक भारी नपरोस भनेर ५ ओटा मात्र संसदीय समिति बनाएको हो ।”

उहाँले भन्नुभयो, “ससदलाई कसरी सञ्चालन गर्ने जिम्मेवारी कार्यव्यवस्था तथा परामर्श समिति हुन्छ । ससद सञ्चालनका लागि कार्यव्यवस्था समिति संयोजक सभामुख भूमिका विशेष हुन्छ ।”
संसदमा पेश भएको विध्येकको दफा दफासँग अध्ययन गर्नुपर्छ । उहाँले भन्नुभयो, “विध्येक पास भएपछि कानुन बन्ने भएकोले अध्ययन गरी छलफल गर्नुपर्छ । सैद्धान्तिक छलफलपछि आवश्यक परे संशोधन गर्नुपर्छ । त्यसका लागि पढ्न ७२ घण्टा समय हुन्छ । ”

संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले संसदीय समितिहरु महिला साँसदको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सासदहरु सदनमा सीमान्तकृत समुदायका महिला तथा बालबालबालिकाको हितमा बोलिरहनु पर्छ, त्यसका लागि महिला साँसदहरु अध्ययन बढाउन खाँचो छ ।”

कार्यक्रममा सेन्टरका कार्यकारी निर्देशक भीम बहादुर विश्वकर्माले बागमती प्रदेशसभा सदस्यहरुको संसदीय अभ्यास थप प्रकावकारी बनाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएकोे बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु सुजा परियार, बालकुमारी विश्वकर्मा, भुवनकेशरी श्रेष्ठ, कुमारी मोक्तान, समिता खडगी, माइली तामाङले प्रदेशसभाका के कस्ता मुद्दा कसरी उठान गर्ने भन्ने विषयमा अग्रजको अनुभवले जनताको पक्षमा काम गर्न थप उत्साह मिलेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्