RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/४/२५ गते
५०३ पटक

काठमाडौँ। दलित समुदायका सांसदहरु पार्टीको भन्दा मुद्दाको नेता बन्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । बुधबार काठमाडौमा दलित महिला संघ९फेडो०को आयोजना, प्लान इन्टरनेशनल नेपाल र युरोपियन युनियनको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन । उनीहरुले राज्य दलित समुदायको सवालप्रति उदासिन बन्दै गएकाले दलित सांसदहरुले चनाखो भएर भुमिका निर्वाह गर्नु धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेकी नेता विन्दा पाण्डेले आफ्नो समुदायका मुद्धा निडर भएर उठाउनु पर्ने बताउनु भएके थियो । उहाँले आफ्नो संसदीय अनुभव सुनाउँदै महिला, दलित र पछाडि पारिएका वर्गले संसद्मा चर्को आवाजमा दवाद नदिए सम्म मुद्दाको सुनुवाइ नहुने बताउनु भयो । पाण्डेले भन्नु भयो “आफ्नो समुदायको मुद्धा उठाउदा छुच्चो भईन्छ,आलोचना झेल्नु पर्छ ,केहि फरक पर्दैन । ”
त्यस्तै, संविधानसभा सदस्य कमला विश्वकर्माले संविधान निर्माणको क्रममा दलितको सवाल संबिधानमा समेट्न निक्कै संर्घष गर्नु परेको अनुभव सुनाउनु भयो । संबिधानको मर्म अनुरुप कानुन बनाउन दलित सांसदहरु सजग हुनुपर्ने उहाँले बताउनु भयो ।
त्यस्तै पूर्व सांसद एवं माओवादी केन्द्रकी नेता अन्जना विशुंखेले दलित समुदायको मुद्धा संगठित रुपमा उठाउन दलित सांसद फोरम बनाउनु पर्ने भनाई राख्नु भयो । विशुंखेले आफुले दलितको मुद्दामा संकल्प प्रस्ताव राखे पनि त्यसको वास्ता नभएको गुनासो गर्ने भयो ।
अर्का पुर्वसांसद निरादेवी जैरुले समानुपाती समावेशीको मुद्धा पेचिलो बन्दै गएकाले दलित सांसदहरुले कानुन निर्माण गर्नेक्रममा संगठित भएर शशक्त भुमिका खेल्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै पूर्वसांसद पार्वतीकुमारी विशुंखेले आसन,भाषण र शासन अन्तर सम्बन्धीत भएकाले नीतिलाई टेकेर बहस गर्नु पर्ने बताउनु भयो ।
वर्तमान सांसद सीता मिजार, रुकमणि राना बराइली, हर्कमाया विश्वकर्मा लगायतका सांसदहरूले संसदमा दलित सांसदको स्तर निर्धारण हुने,बोलेका कुराको सुनुवाई नहुने , दलित सवालमा गम्भीर भएर स्वीकार नगर्ने प्रवृत्ति रहेको गुनासो गरेका थिए । त्यस्तै उनीहरुले दलित समुदायको मुद्धाहरुमा आफुहरु ईमान्दारीताका साथ लाग्ने प्रतिवद्धता जनाएका थिए ।
दलित महिला संघ फेडोकी संस्थापक अध्यक्ष एवं अधिकारकर्मी दुर्गा सोवले सबै भन्दा विभेद ,उत्पीडनमा दलित महिलाहरु रहेकाले संसदमा विशेष महत्वका साथ उनीहरुको मुद्धा उठानु पर्ने तर्क राख्नु भयो । उहाँले संबिधान अनुरुप कानुन निमार्ण गर्ने भुमिकामा सांसदहरु भएकाले चनाखो भएर लाग्नु पर्ने सुझाव दिनु भयो ।

प्रतिकृया दिनुहोस्