RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/३/१ गते
५२४ पटक

काठमाडौं । प्रतिनिधिसभा सदस्य शान्ति परियार विकले प्रतिनिधिसभा जातीय विभेदको कारण कति र कहिलेसम्म मृत्यु, जेल सहनूपर्ने भनेर प्रश्न गर्नू भएको छ । उहाँले तीन वर्षदेखि प्रभात बसेल र प्रिती घिमिरे बीचको प्रेम सम्वन्धमा जातीय विभेदको ग्रहण लागेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्रभाव बसेल दलित भएकै कारण प्रितीको परिवारले स्वीकार नगर्ने राम्रो बुझेर उनैको सल्लाह अनुसार भारतमा केटाको आफन्तको घरमा रहदा प्रिती घिमिरेको परिवारले दुवैलाई स्वीकार गर्ने बाहनामा बोलाई प्रभावमाथि कुटपीट गर्नूको साथै बलात्कार, अपहरण, शरीर बन्धकको झुटा मुद्दा दायर गरेको छ ।”

“मौलिक हक अन्तरगत संविधानको धारा १६ को उपधारा एकमा प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्न पाउने हक छ” उहाँले भन्नुभयो के यो हक दलित समुदायका लागू हुँदैन कहिलेसम्म जातीय विभेदको आगोमा जल्नुपर्ने सभामुख मार्फत सरकारलाई प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य परियारले प्रभात बसेललाई निशर्त सुरक्षित रिहाईका लागि सरकारसँग माग समेत गर्नूभएको छ । समाजको जातीय विकृति र विसंगतिले गर्दा प्रेम जस्तो शब्दको दुरुपयोग भएको उहाँको दावी थियो ।

प्रतिकृया दिनुहोस्