RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१/२९ गते
५४५ पटक

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । विकट हिमाली जिल्लाका हुम्ला, जुम्ला, कालिकोट, र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको आयोजकले जनाएको छ ।

२०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष रु. १२ हजार छात्रवृत्ति प्रदान गर्ने भएकोे छ । छोरी पढाऔ : गरिमा बढाऔँ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट शुरु गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कर्णाली केन्द्रित तीन वर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सभापति रामकृष्ण बरालले २ जना र वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति पुष्पा मल्ल, सचिवहरु लक्ष्मीनारायण मिश्र, अमरबहादुर गौतम, सन्तोष अधिकारी क्षेत्री, प्रकाश शाही, सन्तोष रौनियार, पूर्व सचिव मदन बहादुर कुवँर, केन्द्रीय सदस्यहरु, डि.पी खनाल, तुलसीराम सुनार, अरुण ज्ञवाली, ज्योती बाल्मिकी, निर्मला गुरुङ, अनुजा सैजु, दिवाकर पुडासैनी, प्रतिमा महतो जिल्ला सभापति तथा पदाधिकारीहरु शम्भु राउत, खिम (कृष्ण) भट्टराई, रेनुका देवकोटा, भानु रिमालले एक एक जनाको छात्रवृत्ति रकम प्रदान गर्ने भएको केन्द्रीय अध्यक्ष रामकृष्ण बरालले बताउनुभयो ।

त्यसैगरी तिर्थराज न्यौपाने, प्रेम भण्डारी, निलकण्ठ शर्मा, ढुण्डीराज पोखरेल, हरिप्रसाद रेग्मी, सन्तवीर बराल, डोरविक्रम श्रीस, दीपक गौतम, सम्झना बुढा, सुशिला रेग्मी, जीवन के.सी, प्रमोद फुयाल, रमेश बराल, शंकरप्रसाद जोशी आजीवन सदस्यहरु शिवप्रसाद दाहाल, जगन्नाथ पुडासैनी, ईश्वरा लिङदेन, कृष्ण पराजुली, जगन्नाथ अर्याल, जयराम पुडासैनी, सरीफ गहतराज, पुर्णचन्द्र चापागाई, योगेन्द्र कार्की, रविन्द्र आचार्य, रुद्र बहादुर न्यौपाने, मधुराज पौडेल, हरिभक्त पुडासैनी, सुरज बोहरा र सदस्य तथा शुभचिन्तकहरु सृष्टि श्रेष्ठ राजवंशी, बोनिन पिया, जीवन काफ्ले, कमल ढुंगाना, गोपाल बस्याल, सुशील के.सी, ऋषिकेश पुडासैनी, आले लामा, पूर्ण नेपाली, चिरञ्जीवी खनाल, बालदिप कँडेल, सन्तोष शर्मा र मिहुल पुडासैनीका अभिभावकले एक एक जनाको छात्रवृत्ति रकम प्रदान गर्नुहुने भएको छ ।

शान्ति समाजका आजीवन सदस्यहरु बिष्णु चापागाई र राकेश दास, कोमल डि.सी र माधव बस्नेत, गृष्मा खनाल र दिप्सन खनाल, शैशव खनाल÷आर्या पाण्डेका अभिभावकले ४ जनाको छात्रवृत्ति रकम प्रदान गर्ने समाजका अध्यक्ष बरालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्