RaraNews

क्यानाडाको टोरोन्टोमा अमेरिकन क्षेत्रिय सम्मेलन हुने

गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यन्वयनका लागि नेपाल सरकारको दायित्व

जागरण मिडिया प्रकाशित : २०८०/१/१२ गते
२९९ पटक

काठमाण्डौं, २३ अप्रिल २०२३
सन २०२३ को मे २७ र २८ मा क्यानाडाको टोरोन्टो शहरमा अमेरिकन क्षेत्रिय सम्मेलनको आयोजना गरिने भएको छ ।

ग्लोबल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, क्यानाडाले भर्चिअल माध्यमद्धारा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
अमेरीकन क्षेत्रीय सम्मेलन २०२३ का क्षेत्रीय संयोजक कृष्ण पोखरलले नेपालीहरु बिचको आर्थिक र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउन सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनको रहेको संयोजक पोखरेलका अनुसार नेपालको आर्थिक बिकास र सामाजिक सम्बृद्विमा गैर आवासीय नेपाली संघको भुमिका भन्ने मूल बिषयबस्तु अन्र्तगत गैर आवासीय नेपालीहरुको हित र सरोकारहरुसंग सम्बन्धित अन्य महत्वपुर्ण सवालहरु शसक्त र प्रभावकारी बनाउने उदेश्य रहेको छ ।

सम्मेलनले नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइडोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक बिकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान,सीप, पुजी तथा प्रबिधिको हस्तान्तरण, लगाएतका मुलभूत मुद्धालाई बहसको बिषय बनाएको छ ।

यसका साथै गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यन्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक बिकास र आगामी रणनीती तथा सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि गैर आवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिकाका बारेमा अर्थपुर्ण छलफल र बहसमा गरिने भएको छ ।
अमेरिकन क्षेत्रिय सम्मेलनमा गैर आवासीय नेपालीहरुको अभियानमा आबद्ध बिभिन्न पेशाकर्मीहरु, व्यवसायीहरु, नागरिक समाज, पत्रकारहरु, सामाजिक अभियन्ताहरु तथा बिषय बिज्ञहरुको उपस्थिती रहने छ ।

सम्मेलन गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, गैर आवासीय नेपाली संघ, राष्ट्रि«य समन्वय परिषद अमेरिका र ग्वोबल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडाको समन्वयमा क्यानाडाको टोरन्टोमा आयोजना गरिएको सम्मेलनका क्षेत्रिय संयोजक पोखरेरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्