RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/२४ गते
३२१ पटक

काठमाडौँ  । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद शान्ति परियार विकले संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि व्यवहारमा त्यस्तो विभेदको अन्त्य नभएको बताएकी छन् ।

उनले पछिल्लो समय जनप्रतिनिधिहरूबाट नै जातीय भेदभाव भएको घटनाहरूको उदाहरण दिँदै ६० लाख दलित समुदायको अपमान भएको बताइन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद विकले संविधानको पानामा जातीय विभेद विरुद्धका कानुन कोरिए पनि शिक्षित र सभ्यसमाजको मस्तिष्कमा भने अहिलेसम्म त्यस्तो कोरिन नसकेको बताइन् । ‘हामी समाज बदल्ने परिकल्पना गरिरहेका छौँ । तर समाजमा विभेद र कुप्रथाहरु हटेका छैनन्,’ उनले भनिन् । उनले दलित समुदायमाथि हुँदै आएको भेदभावको अन्त्यका लागि सरकारको ठोस पहल हुनुपर्ने बताइन् ।

प्रतिकृया दिनुहोस्