RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/२३ गते
३४० पटक

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामाजिक संघसंस्था सम्वन्धी ऐन सँसदमा प्रस्तुत भएको खण्डमा प्रक्रियागत रुपमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले सरकारले संसदमा सामाजिक संघसंस्था सम्वन्धी ऐन ल्याएमा बहस गर्ने, राय, सुझाव तथा परामर्शका लागि आफूले भूमिका खेल्ने बताउनुभएको छ ।

गैरसरकारी संस्था महासंघ नेपालको २८ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन समारोहमा सभामुख घिमिरेले नेपालका गैरसरकारी संघसंस्थाहरुले विगत देखि वर्तमानसम्म सामाजिक परिवर्तनका क्षेत्रमा ठूलो योगदान गरेको टिप्पणी गर्नुभयो ।

उहाँले चेतना विहिन नागरिकहरुलाई जागरुप बनाउने कार्यमा समेत गैरसरकारी संस्थाहरुकोे भूमिका खेलेपनि पछिल्ला वर्षहरुमा गैरसरकारी संस्थाहरुप्रति नागरिक तहबाट नै विभिन्न प्रश्न गरिरहेकोले त्यस्ता प्रश्नहरुको जवाफ मेटाउने कार्यमा गैरसरकारी संस्थाहरु नै जवाफदेही हुनुपर्ने बताउनुभयो ।

सम्मेलनमा सामाजिक संघसंस्थाका सवाल र नागरिक स्वतन्त्रता र जलवायु परिवर्तन, विपद् व्यवस्थापन र नीतिगत सवाल अन्तरक्रिया, कार्यक्रम : दिगो विकास लक्ष्य, बाल अधिकार र बालश्रम नीतिगत अन्तरक्रिया सम्वन्धी प्रस्तुति रहने गैरसरकारी संस्था महासँघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले बताउनुभयो ।

विहीबारदेखि सुरु भएको सम्मेलनको समापनका लागि शुक्रबार प्रधानमन्त्री पृष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजनकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्