RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१२/८ गते
४२८५ पटक

कैलालीमा जातिय विभेद तथा छुवाछूत अन्र्तगत पहिलो मुद्दा दर्ता भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरकी २२ बर्षिय यशोदा हमाल चौधरी र उनकी सासु ५५ बर्षिय जुगमनी चौधरी बिरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको हो । बिना कारण आफुलाई जातिय रुपमा डुमेनी, ढोली भन्दै अपशब्द प्रयोग गरि गाली गलौच र कुटपिट गरेको भन्दै स्थानिय २४ बर्षिय सारदा नेपालीले प्रहरीमा जाहेरी दिएकी थिईन । कैलाली स्थित बिभिन्न दलित संघ संस्थाहरुको सहयोगमा मुद्दा गरिएको पिडीत सारदा नेपालीकी आफन्त पुजा नेपालीले बताए । जातिय भेदभाव सहित कुटपिट गरेको भन्दै परेको उजुरी उपर आवश्यक छानविन गरि दोसी उपर कानुन वमोजिम कारवाही हुने कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । कानुन भन्दा माथि कोहि पनि नहुने भएकाले जुनसुकै अपराधका दोसीहरु उम्कन नपाउने एसपी घिमिरेको भनाई छ ।

जातिय विभेद गर्नेलाई नेपालमा कस्तो सजायको ब्यवस्था छ त ?
जातिय विभेद गर्ने बिरुद्ध नेपालमा ऐन नै बनेको छ । “जातिय भेदभाव तथा छुवाछूत कसूर सजाय ऐन २०६८” भनेर जातिय विभेद गर्नेलाई सजायको ब्यवस्था छ । यस ऐन अनुसार भएको ब्यवस्था यस्तो छ :-
-३ महिनादेखि तीन वर्षसम्म कैद वा पाँच सय देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
-त्यसैगरि, जातिय भेदभाव वा छुवाछूत गर्न मद्द गर्ने, दुरुत्साहन गर्ने, उक्साउने, वा त्यस्तो कार्य गर्न उद्योग गर्ने ब्यक्तीलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुन सक्छ ।
-यस्तै, सार्वजनिक पद धारण गरेको यस ऐन बमोजिमको कसुर गरेमा निजलाई अन्य ब्यतmीलाई हुने सजायमा थय पचास प्रतिसत सजाय हुने ब्यवस्था गरेको छ ।
– त्यसैगरि, यस ऐन बमोजिमको कसूरको अनुसंन्धान तहकिकातको काममा कसैले बाधा बिरोध गरेमा निजलाई सो अनुसंन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिबेदनको आधारमा अदालतले कसूरदारलाई हुने सजायको आधा सजाय गर्न सक्नेछ ।
– त्यस्तै, ऐन बमोजिम कसूरु गरेको ठहरिएमा अदालतले कसुरदारबाट पीडितलाई पच्चिस हजार रुपैंया देखि एक लाखसम्म क्षतिपुर्ती भराईदिन सक्नेछ ।
-त्यसैगरि, क्षतिपुर्ती बाहेक कसूरदारले पीडितलाई कुनै हानी नोक्सानी पुर्याएको रहेछ भने अदालतले सो को प्रकृतीको आधारमा उपचार खर्च वा थप हानी नोक्सानीको मानसिव रकम कसूरदारबाट पीडितलाई भराउने आदेश दिन सक्नेछ ।

घटना कसरि भयो ?
घटना बुधबार ५३औं जातिय विभेद उन्मुलन दिवश कै दिनको हो । दिउसोतिर छिमेकी चौधरीका बच्चाहरुसंग खेल्न गएकी छोरीलाई सारदा नेपालीले पढ्न छोडेर किन घुम्छेस, किन खेल्छेस भन्दै गाली गरेको देखेपछि आरोपित यशोदा हमाल चौधरीले, ‘तँ डुमेनी बडां ठुली भएकी, हाम्रा अघि ठुला कुरा गर्छेस ? भन्दै गाली बेईजती गर्दै घरमै गई सारदालाई कुटपिट गरेका थिए ।

आरोपित यशोदा र उनकी सासु दुबै मिलेर सारदालाई उनका श्रीमान घरमा नभएको बेला गाली बेईजतीसंगै निर्घात कुटपिट गर्दै गरेको देखेपछि अन्य छिमेकीले सारदालाई बचाएका थिए । कुटाईबाट घाईते सारदालाई हिजै उपचारका लागि घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको थियो । उनको छाती र टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।

यशोदा हमाल चौधरीका ससुरा रामदिन चौधरीले पनि केहि दिन अघि मात्रै सारदा नेपालीलाई “तिमीहरु तल्लो जाती, डुम ठुलो हुन खोज्ने” भन्दै गाली गालौच गरेर घरमै कुट्न गएका थिए । तर, गाँउलेहरुले यसरि महिलामाथि गाली गलौच गर्न र पिट्न पाईन्न भन्दै उनलाई सारदालाई कुटनबाट बचाएका थिए । रामदिन चौधरी आफु गाँउका भलमन्सा (मुखिया) समेत हुन ।

प्रतिकृया दिनुहोस्