RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/१३ गते
२८३ पटक

संस्थाको  गतिबिधिलाई चुस्त,व्यवस्थित र योजनावद्ध तवरले अगाडि बढाउन ग्लोबल फोरमद्धारा पाँच वर्षे रणनीति योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  काभ्रेको धुलिखेलमा आयोजना गरिएको उक्त कार्यशाला गोष्ठीका सहभागिले संस्थालाई नीतिगतरुमा व्यवस्थित, आर्थिकरुपले मजबुद र आन्दोलनको हिसाबले सबैलाई संगठित गराएर लैजानु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जहाँ जहाँ नेपाली पुगेका छन, त्यहाँ त्यहा दलित समुदायलाई जातीय विभेद हुने भएकाले सबै संगठित भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माले नेपालमा भुकम्प,कोरोना महामारी,बाढि पहिरोमा पनि सहयोग गर्दै आएको स्मरण गराउदै अब पनि जातीय विभेद विरुद्ध लाग्न बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुलाई संगठित गर्ने बताउनु भयो । उहाँले नेपालको दलित आन्दोलन कमजोर भएकोमा चिन्ता व्यक्त गर्दै दलित आन्दोलन शशक्त,दलित अधिकार स्थापित गराउन र अन्यायमा परेका दलित समुदायलाई न्याय दिनका लागि फोरम सधै प्रतिवद्ध रहने जानकारी हुनुभयो ।

नेपाल सरकारका पुर्व सचिव डा. मान बहादुर विश्वकर्माले  संस्कृति,संस्कार,संरचना,शक्ति,सत्ता र श्रोतबाट दलित समुदाय शोषण परेको बताउनु भयो । उहाँले अब दलित समुदाय वर्षै देखिको संस्कृति,संस्कार,संरचना,शक्ति,सत्ता र श्रोत विरुद्ध संगठित भएर जुट्नु पर्ने बताउनु भयो । उहाँले अहिले पनि करिब ६ लाख दलित युवाहरु विदेशमा भएकाले ग्लोबल फोरमले सबैलाई समेटेर विभेद विरुद्धको आन्दोलनमा जोड्नु पर्ने सुझाव दिनु भयो ।

नेपालका लागि दक्षिण अफ्रिकाका पुर्व राजदुत डा.निर्मल कुमार विश्वकर्मा दलित आन्दोल अब पुरानो ढङ्गबाट जान नहुने बताउदै उहाँले संबिधान,ऐन,नियम र कानुनलाई टेकेर शशक्त आवाज उठाउँनु पर्ने बताउनु भयो । उहाँले दलित मुद्धालाई राज्यका हरेक निकायले आत्मसाथ गर्न बाध्य बनाउने गरि दवाव सृजना गर्नु पर्ने धारणा राख्नु भयो ।

प्रतिनिधि सभाका सदस्य रणेन्द्र बराईलीले आफु अहिले संसदमा भएकाले दलित अधिकारका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले दलित अधिकार,अन्याय र जातीय विभेदका सवालमा उठाउँनु पर्ने मुद्धाहरुकाबारेमा आफुलाई सुझाव दिन पनि आग्रह गर्नु भयो ।

ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षता,सचिव सुशिल बि.के.को संचालनमा भएको कार्यक्रममा बिभिन्न संघसंस्था,नागरिक समाज,राजनीतिक दल निकट भातृसंगठनका प्रतिनिधिहरुले संस्थाले अल्पकालिन र दिर्घकालिन रणनीति बनाएर काम गर्दा प्रभावकारी हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस्