![](https://jagaranonline.com/wp-content/uploads/2018/03/29512998_563986590623772_6867450018207367168_o-1070x601.jpg)
कैलाली ।
कैलालीमा फेरि एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । ५३ औ अन्तराष्ट्रिय जतिय विभेद उन्मुलन दिवश मंगलबार मनाईदा घोडाघोडी नगरपालिका ४ जनकपुरमा एक दलित महिला सारदा नेपाली माथि निर्घात कुटपिट गरिएको हो ।
छिमेकी यशोदा हमाल चौधरी र उनकै सासु जुगमनी चौधरीले सारदाको घरमै गएर जातिय अपशब्द डुमेनी, ढोली भन्दै कुटपिट गएको पिडितले बताएका छन । कुटाईबाट घाईते भएकी नेपालीलाई हिजै उपचारका लागि घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको छ । उनको छाती र टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।
छिमेकीका बच्चाहरुसंग खेल्न गएकी छोरीलाई सारदा नेपालीले पढ्न छोडेर किन घुम्छेस, किन खेल्छेस भन्दै गाली गरेको देखेपछि आरोपित यशोदा हमाल चौधरीले, ‘तँ डुमेनी बडां ठुली भएकी, हाम्रा अघि ठुला कुरा गर्छेस ? भन्दै गाली बेईजती गरेको पिडित सारदाको भनाई छ ।
आफुले किन एकहोरो डुमेनी, ढोली भनेर गाली गर्छौ भनेपछि, ‘तँ लाई डुमेनी न भने के भनौं त, रानी साप भनौं ? भनेर यशोदा र उनकी सासुले घरमै आएर झम्टिदै छाती र टाउकोमा हानेको पिडीत नेपालीले जागरण मिडिया डटकमसंग टेलिफोनमा बताएकी छन ।
यशोदा हमाल चौधरीका ससुरा रामदिन चौधरीले पनि केहि दिन अघि मात्रै सारदा नेपालीलाई “तिमीहरु तल्लो जाती, डुम ठुलो हुन खोज्ने” भन्दै गाली गालौच गरेर घरमै कुट्न गएका थिए । तर, गाँउलेहरुले यसरि महिलामाथि गाली गलौच गर्न र पिट्न पाईन्न भन्दै उनलाई सारदाको आँगनबाट फर्काएपछि उनि त्यसबेला कुटाई खानबाट बचेकी थिईन । रामदिन चौधरी आफु गाँउका भलमन्सा (मुखिया) समेत हुन ।
आरोपितमाथि जातिय विभेदको मुद्दा हाल्ने तयारि ।
जातिय रुपमा गाली गलौच सहित घरमै गएर कुटपिट गर्ने यशोदा हमाल चौधरी र उनकी सासु बिरुद्ध आज प्रहरीमा जाहरी दर्ता गर्न लागेको स्थानिय दिपा नेपालीले जानकारी दिए । कैलालीका दलित संघसस्थाको सहयोगमा स्थानिय प्रहरीमा उजुरी दर्ता गर्ने तयारि भईरहेको उनले बताए ।
बिशेषगरि, आफ्नो गाँउ समाजमा थारु जातिले दलित माथि जातिय विभेद नगर्ने गरेको तर, यशोदा हमाल चौधरी (थारु) संग विवाह गरि आइसकेपछि मलमन्सा रामदिन चौधरीको परिवारले आफुहरुमाथि विभेद गर्न सुरु गरेको उनको भनाई छ ।