RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१०/२८ गते
४३३ पटक

लैङ्गिक समानता हासिल गर्नका लागि प्रबिधि र आविष्कार पनि समानरुपले लैजानु पर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । उनीहरुले प्रबिधि र आविष्कारको विकासले सबै वर्ग,क्षेत्र,जात,लिङ्ग ,अपाङ्गता लगायतलाई समेटन नसक्ने हो भने असमानता र बिभेदको खाडल झनै गहिरो हुदै जाने बताएका छन । बियोण्ड बेईजिङ्ग कमिटीको आयोजना आईएम स्वीडिस डेब्लप्मेन्ट पार्टनर ,भीएसओ, एक्सनएडको आर्थिक सहयोगमा शुक्रबार काठमाण्डौमा भएको महिलाको स्थिति सम्बन्धी आयोगको ६७ औं सत्र (CSW) राष्ट्रिय परामर्श कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथि प्रतिनिधि सभाका सदस्य शुशिला श्रेष्ठले नयाँ प्रबिधी र आबिष्कार पनि समानताको पक्षपाती भएको भनाई राख्नु भयो । उहाँले प्रबिधि र आबिष्कारले समाजमा रहेको असमानता झनै बढ्दै जाने खतर बढेको बताउनु भयो । उहाँले भन्नु भयो “ समाजको तल्लो वर्ग समक्ष पहुँच पुग्न सकेको छैन अर्को तर्फ नयाँ प्रबिधिको प्रयोग कुन रुपमा गर्ने भन्ने बारे जानकारी नहुदा खास गरेर युवा,महिला,यौनिक तथा अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरु बढी जोखिममा परेका छन । त्यसैले प्रबिधिको पनि सहि सदुपयोग गर्नुपर्छं । ” उहाँले कल फर एक्सन बनाएर युएनमा जाने भएकाले समाजको तल्लो वर्ग,क्षेत्र,समुदाय र लिङ्गलाई समेट्ने गरि बनाउन सुझाव दिनु भयो ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिर ठाकुरले पछिल्लो समय अनलाईनबाट हुने हिंसामा बृद्धि भएकाले सोही अनुरुपको कानुन र पहुँचको कुरालाई सुनिश्चित गर्न दवाव दिनु पर्ने धारणा राख्नु भयो । उहाँले अनलाईबाट हुने अपराध बढे पनि नागरिकको पहुँचमा पुग्न नसकेकाले बेलैमा ध्यान दिनुपर्ने बताउनु भयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्रालयका सह सचिव लक्ष्मी बस्नेतले नयाँ नयाँ प्रबिधिको विकास भए पनि आर्थिक,भौगोलिक,अशिक्षा ,पितृसत्तात्मक सोच लगायतका कारणले सबैको पहुँचमा पुग्न नसकेको वास्तविकता राख्नु भयो । उहाँले नयाँ प्रबिधि सबैको पहुँमा पु¥याउन सबैको मिलेर काम गर्ने बताउनु भयो ।

युएन युमनका कार्यक्रम बिश्लेषक रचना अधिकारी भट्टराईले नेपाल लैङ्गिक मैत्री नीतिहरु राम्रा छन । तर कार्यान्वयन चुनौतीपुर्ण रहेको विचार व्यक्त गर्नु भयो । उहाँले लैङ्गिक समानताको सवालमा लगानी न्युन रहेको भन्दै काम गर्न धेरै बाँकी रहेको बताउनु भयो । उहाँले नेपालको लैङ्गिक अवस्था संयुक्त राष्ट्र सम्म पु¥याउन नेपाल सरकार र गैरसरकारी संघसंस्थाहरुलाई पनि सहयोग र समन्वय गर्दै आएको बताउनु भयो ।

कायक्रममा बियोण्ड बेईजिङ्ग कमिटीका सल्लाहकार शान्ता लक्ष्मी श्रेष्ठले महिलाको स्थिति सम्बन्धी आयोग र प्रामिकताका बिषयबारे जानकारी दिनु भएको थियो । उहाँले लिङ्ग,भुगोल,जातजाती,भाषा,शारीरिक विविधता,अशिक्षित लगायतका क्षेत्रमा डिजिटल असमानता देखिएकाले सबैलाई समेटेर लैजानु पर्ने बताउनु भयो ।

बियोण्ड बेईजिङ्ग कमिटीका कार्यवाहक अध्यक्ष सीमा खानको अध्क्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार भारती सिलवाल गिरी ,पत्रकार तथा लैङ्गिक विश्लेषक आरती चटौत, सिविन नेपालका सुम्नीमा तुलाधर,टेवाका उर्मिला श्रेष्ठ,युवा अभियान्ता पुष्पा जोशि लगायतले प्रबिधिको विकाससंगै यसको उपलब्धता र पहुँच समान रुपले हुनु पर्ने र यसको सहि सदुपयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा दलित,युवा,महिला,अपाङ्गता,यौनिकता तथा लैङ्गिक अल्पसंख्यक आदि क्षेत्रमा काम गर्ने नागरिक संघसंस्था प्रतिनिधित्व रहेको थियो ।

प्रतिकृया दिनुहोस्