RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१०/१८ गते
३२० पटक

काठमाडौं ।दक्षिण एसियाका दलित समुदायका पत्रकारहरुले ३१ जनवरीको दिनलाई ‘अन्तर्राष्ट्रिय दलित मिडिया दिवस’ घोषणा गरिएको छ ।

३१ जनवरीको दिनलाई भारतका डा. भिमराव अम्बेडकरले दलित समुदायमाथिको विभेद र उत्पीडनको अन्त्यका लागि पत्रकारिता सुरु गरेको दिन हो । सोही दिनलाई अन्तराष्ट्रिय दलित जर्नालिष्ट नेटवर्कले भर्चिअल बैठकमार्फत उक्त अन्तर्राष्ट्रिय दलित मिडिया दिवस घोषणा गरिएको छ ।

डा. भिमराव अम्बेडकरले सन १९२० जनवरी ३१ मा मूकनायक, नामको पाक्षिक पत्रिका सुरु गरेका थिए । अन्तराष्ट्रिय दलित जर्नालिष्ट नेटवर्कले सोही दिनको स्मरण गर्दै अन्तर्राष्ट्रिय दलित मिडिया दिवस औपचारिक मान्यता दिन सुरु गरेको छ ।

अन्तराष्ट्रिय दलित जर्नालिष्ट नेटवर्कका अध्यक्ष मल्लेपल्ली लक्ष्मैयाले मिडिया समाजको ऐना भएतापनि दलित समुदायको मुद्धा उठानका सवालमा आनाकानी गरिरहेको बताउनुभयो । लक्ष्मैयाले भन्नुभयो, ‘मिडिया ससक्त हतियार हो । यसको प्रयोग गरी समाजको रुपान्तरण सम्भव भएकोले दलित समुदायका पत्रकारहरु सो समुदायको हक अधिकार स्थापित गर्न लाग्नुपर्छ ।’

यसका लागि नेटवर्कले सबै मानव अधिकारकर्मी, पत्रकार तथा समाजलाई जिम्मेवार बनाउन खाँचो रहेको उहाँले बताउनुभयो ।

अन्तराष्ट्रिय दलित जर्नालिष्ट नेटवर्कका महासचिव रेम वहादुर विकले डा.अम्वेडरले दलित मुक्तिका लागि सुरु गरेको मिडियाको भूमिकाको योगदानको कदर गर्न अन्तर्राष्ट्रिय दलित मिडिया दिवस ‘डेको’ घोषणा गरेको बताउनुभयो ।

उहाँले दलित मुक्तिका लागि मिडियाको भूमिका ससक्त रहेको बताउदै मिडियाले राज्य र समाजलाई जिम्मेवार बनाउन र समाज रुपान्तरणमा निकै महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय दलित मिडिया दिवस ३१ जनवरीलाई हरेक वर्ष औपचारिक रुपमा भव्यताका साथ मनाइने प्रतिवद्धता जनाउनुभयो ।

अन्तर्राष्ट्रिय दलित मिडिया दिवस ३१ जनवरी घोषणा समारोहमा भारतको हरियाणा राज्यका अतिरिक्त मुख्य सचिव डा. राजशेखर वुन्द्रु, अम्वेडबर अन्तराष्ट्रिय मिसनका वोर्ड अफ डाईरेक्टर मिलिन्ड, अवासरमोल, दलित अधिकार अन्तराष्ट्रिय आयोगका अध्यक्ष डिविसागर विश्वकर्मा, एसियन दलित अधिकार मञ्चका अध्यक्ष विना पल्लीकल, जस्टिज न्युज लखनउ ईन्डियाका अरुण खोते प्रोफेसर सन्तोष राउतले डा. अम्बेडकरले सुरु गरेको पत्रकारिताको सुरुवाती दिनको स्मरण गर्दै मिडियाको भूमिका समाज रुपान्तरणको एउटा ससक्त शक्ति रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अन्तराष्ट्रिय दलित जर्नालिष्ट नेटवर्कका अध्यक्ष मल्लेपाली लक्ष्मैयालले उपस्थित अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

डा. अम्बेडकरले सुरु गरेको पत्रिका भारतको बम्बईबाट शनिबारको दिन प्रकाशित हुने गर्दथ्यो । अम्बेडकरले दलित र राजनीतिमा धेरै समसामयिक लेखहरू लेखेका छन् । दलित अखबारहरूको महत्व र दलित आन्दोलनको इतिहासमा उनको ठूलो योगदान रहेको पाईन्छ ।

अम्बेडकरसँग दलित र राजनीतिक सक्रियताको इतिहासमा पत्रपत्रिकाहरूसँग सम्बन्धित जानकारीको विशाल भण्डार भएकाले पत्रकार र सम्पादकको रूपमा अम्बेडकरको भूमिकालाई धेरै हदसम्म बेवास्ता गर्नु दुःखद् कुरा हो । अङग्रे्रेजीमा लेखिएका उनका विद्वत्तापूर्ण लेखनहरू भन्दा फरक, उनका पत्रकारिता कार्यहरू मराठीमा प्रकाशित भएका छन् ।

अम्बेडकरले ३१, १९२० मा सुरु गरेको पहिलो पत्रिका ‘मूकनायक’ तीन वर्षसम्म चलेको थियो । लगत्तै तीनवटा अखबारहरू, बहिष्कृत भारत (१९२७– १९२९), जनता (१९३० १९५६) र प्रबुद्ध भारत (१९५६) पनि सुरु गर्नभएको थियो । उहाँ पहिलो दुई पत्रिका मूकनायक र बहिष्कृत भारतको सम्पादकीय व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुनुभएको थियो ।
अम्बेडकरले पत्रकारिताले जनतालाई आँखा चिम्लनु हुँदैन भन्ने दृढ विश्वास रहेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार पत्रकारिताले लोकतान्त्रिक विचार स्थापित गर्न मद्दत गर्नुपर्छ । साथै पत्रपत्रिकाले जनताका लागि उदाहरण बसाल्नुपर्ने उहाँको तर्क रहेको छ ।

अन्तर्राष्ट्रिय दलित मिडिया दिवस ३१ जनवरी आजैका दिन भारतको हैदरावादमा पनि सेन्टर फर दलित स्टडीज र दलित जर्नालिष्ट नेटवर्कले संयुक्त रुपमा भौतिक र भर्चिअल माध्यमद्धारा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्