RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१०/६ गते
२६६ पटक

काठमाडौं, निरन्तर आन्दोलनमा रहेका मिटरब्याजी समस्याका पीडित किसानहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने आश्वासन दिनु भएको छ । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्रीले भन्नु भयो ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।यस अघि पनि मिटरब्याजी समस्याका पीडित किसानहरूको समस्या समाभन गर्न भनेर गृहमन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

मिटरब्याजी समस्याका पीडित किसानहरूले अन्यायमा परेको भन्दै आन्दोलनमा रहेका छन । जागरण मिडिया सेन्टरले यस अघि पनि यो सवालमा आवाज उठाउदै आएको छ ।

प्रतिकृया दिनुहोस्