RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/२२ गते
३३३ पटक

कैलाली लम्किचुवा नगरपालीका वडा नं.३ बलचौर बस्ने मृगौला पिडित २० वर्षिय राजु वादी बचाउन बुवा नन्दराम वादी र आमा पार्वती वादीले सबैसंग सहयोगको अपिल गर्नु भएको छ ।

कक्षा ११ मा अध्ययनरत राजु बिगत ३ वर्ष देखि मृगौला सम्बन्धी समस्याका कारण काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा डायलासिस गराउदै आउनुभएको छ । आमा पार्वती वादी भन्नु हुन्छ “हप्तामा तीन पटक डायलासिस गर्नु पर्छ । हप्तामा १८ हजार खर्च लाग्छ,छोरोको उपचारका लागि काठमाडौमा उपचारकै लागि कोठा लिएर बसेका छौ  , हाम्रो आर्थिक स्थिती कमजोर भएकाले निक्कै गाह्रो भएको छ ,कहि कतैबाट सहयोग पाए छोरालाई बचाउँन  सकिन्छ कि भन्ने आशा छ ।”

समाजको पिधमा परेको वादी समुदाय आर्थिक रुपले पनि बिपन्न छन ।“आर्थिक स्थिती निकै कमजोर भएकाला सबैसंग सहयोगको अपेक्षा गरेका छौ ”वुवा नन्दराम वादीले बताउनु भयो । आफुहरु अशिक्षीत र सरकारको सेवा सुबिधाबारे जानकारी र पहुँच नहुदा मृगौला पिडित बिरामीले पाउने सेवा सुबिधा पनि पाउन नसकेको उहाँको भनाई छ ।

छोराको मृगौलाको उपचारको लागि करिब २ लाख ५० हजार बढि खर्च भैसकेको छ । राजुको नियमित औषधी उपचार र डायलासिस गर्नका लागि समेत खर्च धान्न गाह्रो भएकाले आर्थिक सहयोग गर्न वादी परिवारले सबैमा आग्रह गरेको छ ।

डाक्टरका अनुसार राजु वादीको दुबै मृगौलाले काम गर्न छाडेकाले अब फेर्नु पर्ने भएको जनाएको छ । मृगौला पिडित राजुलाई सहयोग गर्न चाहानेहरुले कुमारी बैंक लिमिटेड राजु वादीको नाममा रहेको खाता नम्बर १६२०१४२४९४२००००१ मा रकम जम्मा गरि दिन परिवारले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्