RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/७ गते
३३६ पटक

काठमाडौं । बेयोन्ड बेजिङग कमिटि (बीबीसी)को आयोजनामा पुस्ता समानतामा राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न भएको छ । आर्थिक, सामाजिक समस्या भोगिरहेका महिलाहरुलाई राजनैतिक नेतृत्व सम्म पुग्नका लागि सक्षम बनाउनुपर्ने बताएका छन् ।

बीबीसी नेपालका अध्यक्ष शुशिला श्रेष्ठले राज्यले महिला उत्थानका नीतिहरु कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई सचेत बनाउने र सक्षम बनाउदै नेतृत्व तहमा महिलाको उपस्थिति अर्थपूर्ण बनाउने बतााउनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमका उपसचिव ममता विष्टले महिलाहरुले नागरिकताकै अभावमा राज्यका सुविधा पाउन नसकेको बताउनुभयो । कार्यक्रममा महिलाको आर्थिक न्याय र अधिकार, स्वास्थ्य अधिकार, महिलामाथि हिंसा र महिलाको नेतृत्व र आन्दोलनका सवालमा छलफल केन्द्रीत भएको थियो ।

 

प्रतिकृया दिनुहोस्