RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/६ गते
२७७ पटक

लहान। सखुवानन्कारकटि गाँउपालिका –३ पोर्ताहा गाँउमा श्री जनता माध्यमिक विद्यालय भएपनि त्यस गाँउका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् ।

१४ वर्ष उमेर भएकी लक्ष्मीनियाँ सदाय त्यस माध्यमिक विद्यालयमा गाउँपालिकाको पहल र दतित जनकल्याण लहानको सहयोगमा सञ्चालित मखमली उडान सिकाई केन्द्रमा भर्ना भएर अक्षर चिन्दै किताव पढन थालेकी भन्दै ६ महिना अझै पढेर त्यहि विद्यालयको कक्षा ५ वा ६ मा पढ्न सकिने हिम्मतका साथ पढ्न लागेको बताउनुभयो ।

अक्षर चिनौला र किताब पढौला भने लागेको थिएन तर उडान केन्द्रले पढने अवसर जुटाइ दिएकोमा लक्ष्मीनीयाँसँगै पढिरहेकी सबै किशिोरीहरु हर्षित देखिएका हुन् । कक्षा दुई सम्म पढेर विद्यालय छाडि सकेकी १२ वर्षिया रीना सदाय भन्नुहुन्छ,‘‘ आफू उच्च शिक्षासम्म पढने पढाईको भोक लाग्यो । घरमा बुवाभन्दा आमाले छोरी पढन मन लगाउ भनेर हौस्याउदै पढाईको वातामवरण पोर्ताहा गाँउमा आमा समूहले  बनाउन लागेकाले पढाइको लागि झन अनुकूल वातावरण बन्दैछ ।’’

मुसहरका बालबालिकाहरु पढेर के गर्ने भने भ्रम हट्दै पढाइप्रति गाउँमा माहोल तयारभयो। गाउँमै विद्यालय भएपनि मुसहर समुदायका बालबालिकाहरु पढने उोरमा गाई बाख्रा चराउने आमा बुवा कृषि मजदुरी गर्न जाँदा घरको स्याहार गर्ने पढनुपर्छ भने चेत नै नभएका मुसहर सुमाुदायका किशोरीहरु तनमनले पढ्न थालेपछि पोर्ताहा गाँउमा बल्ल शिक्षाको घाम लागेको त्यस विद्यालयको प्रधनाध्यापक घुरन यादवले अनुभव सुनाउनुभयो ।

प्रधानाध्यापक यादवले भन्नुभयो, ‘‘उडान सिकाइ केन्द्र सुरु गरेपछि मुसहर समुदायका किशोरीहरु पढलान भने विश्वास त थिएन तर कहिलेकाहि ‘नपत्याउने खोलाले बगउदो रहेछ’ भने भनाई चरितार्थ  हुँदैछ । भर्ना भएका किशोरीहरुको सिकाई प्रगतिउन्मुख छ । पोर्ताहा गाँउमै विद्यालय भएपनि टाढा टाढा गाँउका गैर दलित बालबालिकाहरु शिक्षा हासिल गर्थे तर गाँउकै मुसहर समुदायको बालबालिका पढदैन्थ्यो । अब बल्ल पढने वातावरण बन्दैछ ।’’

साउन महिनादेखि सिकाई केन्द्रमा पढन भर्ना भएकी लक्ष्मिनियासँगै भर्ना भएकी त्यस गाउँका चालिस जना किशोरीहरुको पढाई देखेर नसोचोको प्रगति हुन थालेको सिकाइ केन्द्रको शिक्षिका कबिता साहले बताउनुभयो । उहाँको अनुसार प्रति विधार्थी दैनिक ३० रुपियाँ खाजा खर्च अभिभावकहरुलाई बोलाएर दिने गरेका छौ । पाँच महिनानको कक्षामा किशोरीहरुलाई अक्षर चिनाएर किताव पढाउन र गणितमा अंक चिन्दै जोड घटाउ समेत गर्न थालेकोले आफु पनि उत्साहित भएकी छु ।

यस गााँउपालिकाको चारवटा सिकाई उडान केन्द्रको माध्यमबाट दलित समुदायका किशोरीहरुलाई शिक्षा दिन सुरु भएको सिकाई उडान केन्द्रबाट गाँउपालिकालाई ठूलो राहत मिलेकोले यस कार्यक्रमलाई दलित जनकल्याण युवा क्लवले छाडेर गएपछि गाउँपालिकाले स्वामित्व ग्रहण गरी अघि बढाउने पालिका अध्यक्ष केदारनाथ यादवले विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र अनलाइनबाट

 

प्रतिकृया दिनुहोस्