RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/८/२९ गते
३०६ पटक

कपिलबस्तु । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन र कानुनी प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कपिलबस्तु जिल्लाको शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका जनप्रतिनिधिहरु स्थानीय सरकार सञ्चालन सम्वन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धिका अन्तरक्रिया गरिएको हो ।

स्थानीय सरकार सञ्चालन सम्वन्धी ऐन कानुन निर्माण कसरी गर्ने, कार्यान्वयन प्रक्रिया कस्तो हुन,े कार्यान्वयनमा के के कुरामा ध्यान दिने, पालिका स्तरको कार्यविधी कसरी निर्माण गर्ने, सहभागितामुलक तथा मानव अधिकारमुखी योजना तथा बजेट निर्माणमा सहजपार्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

मायादेवी गाउँपालिकामा ८ वडाका ४२ जना जनप्रतिनिधि तथा शुद्धोधन गाउँपालिकामा ६ वडाका ३१ जना जनप्रतिनिधिहरु उपस्थिति रहेको थियो । स्थानीय स्तरमा रहेका समस्या सवाल र समाधानको उपायका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा मायादेवी गाउँपालिका ३ नं.वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले हाम्रो वडा तथा पालिकाको ८ वटै वडामा राष्ट्रि«य परिचयपत्र बनाउने कार्य भइरहेको कार्यव्यस्तताका वावजुद पनि आफुहरुले स्थानीय सरकार सञ्चालन सम्वन्धी कानूनी ज्ञान हासिल गर्नुपर्ने देखिएको बताउनुभयो ।

शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रसाद चौधरीले जनप्रतिनिधिहरुको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउनका लागि अन्तक्रिया कार्यक्रम आवश्यक रहेको बताउनुभयो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको काम कर्तव्य र अधिकार सम्वन्धी ज्ञान हुन आवश्यक रहेको चौधरीले बताउनुभयो ।

वडा नम्वर १ का अध्यक्ष तिलकराम यादवले सिद्धार्थ समाजिक विकास केन्द्रको कार्यक्रम जनताको अवश्यकता अनुरुप रहेको र सबै कर्मचारी अरु संस्थाको तुलनामा काम गर्न इच्छुक अनि आतुर हुन्छन जे काम समयमा गर्छन र सामाजिक काम तथा कानुनको विषयमा धेरै जानकारी हुने गरेका आफनो महत्वपूर्ण रहेको बताउनुभयो ।

सोही गाउँपालिकाको २ नं.वडा अध्यक्ष मनोज कुमार यादवका भनाई अनुसार हाम्रै पालिका भित्र कार्यपालिका, व्यवस्थापिका र न्यायिक समिति रहेको बताउनुभयो । सिद्धार्थ समाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेलले संस्थाले हरेक सामाजिक परिर्वतनका लागि दिनरात खटेर लाग्नुपर्ने बताउनुभयो ।

रुपान्तरण कार्यक्रमका फोकल पर्सन रोमकान्त घिमिरेले स्थानीय तहका जनप्रतिनिधीहरुलाई स्थानीय सरकार सञ्चालन सम्वन्धी कानूनी ज्ञान, सीप र क्षमता अभिवृद्धिका कार्यक्रम नियमित गरिने प्रतिबद्धता गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा जुरी नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता मोहन आचार्यले स्थानीय सरकार सञ्चालन सम्वन्धी कानूनी जटिलता र समाधानका लागि सहजीकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्