RaraNews

बाजुराका ४२ दलित परिवारमाथि पटक पटक आक्रमण

अधिकारकर्मीहरु द्धारा प्रशासनको ध्यानाकर्षण

जागरण मिडिया प्रकाशित : २०७४/१२/६ गते
१७३३ पटक

बाजुर– पटक पटक बाजुरकाको दलित बस्तीमा आक्रमण हुन थालेपछि बाजुरामा रहेका विभिन्न संस्थामा आवद्ध दलित अधिकारकर्मीहरुले आपत्ती जनाएका छन । गाउँमा रहेका दलित समुदायका ब्यक्ती माथिको आक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्याल बाजुरामा उनिहरुले मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । दलितका अधिकारका लागि लड्ने जिल्लाका दश संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको संयुक्त हस्ताक्षरमा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीलाई पत्र बुझाएका हुन ।

जिल्लाको गौमुल गाउँपालिका–४ का स्थानीय गाँउका ४२ परिवार माथि गैर दलितहरुका केही व्यक्तिहरुले पटक पटक आक्रमण गरी मराणसन्न हुने गरी कुटपिट गर्ने र विभिन्न यातना दिने लगायतका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको दलित अधिकारकर्मी कासी वि।क।ले जागरण मिडिया डटकमलाई जानकारी दिनुभयो।

जानो जात भन्दै आफुहरुलाई बिना कारण गाली गर्ने, होच्याउने र कुटपिट गरी सक्त घाइते बनाउने लगायतका अमानविय क्रियाकलाप गर्दै आएको प्रती जिल्लाका सम्पुर्ण दलित समुदाय घोर भत्सना गर्दै दोसी उपर सक्त कारवाही गरिनु पर्ने उनिहरुको माग छ ।
पटक पटक जातिय विभेद र जातियरुपमा भएका गाली, कुटपिटबारे प्रहरीमा उजुरी गरे पनि पिडितले न्याय नपाएको गुनासो दलित अधिकारकर्मीहरु छ । जातिय भेदभाव तथा छुवाछूत का घटना घोर सामाजिक अपराध भएपनि प्रहरी प्रसाशनबाट दोसी उपर कानुन वमोजिम कारवाही हुन सकेका छैनन बरु घटनालाई मिलापत्र गर्ने गरिएको दलित अधिकारकर्मी विनोद कुमार वि।क।ले बताउनु भयो । गाँउघरमा लगायत जिल्ला सदरमुकाममा समेत दलितलाई चर्को जातिय विभेद गरिदै आएकाले यस्ता अन्याय र दण्डनिय कार्य रोकी समाजमा शान्तीपुर्ण ढंगले बस्न पाउने वातावरणको सिर्जना गरिदिन समेत दलित अधिकारकर्मीहरुले प्रसाशनलाई आग्रह गरेका छन ।

ध्यानाकर्षण पत्रमा गौमुल गाउँपालिका ४ मा बसोबास गर्दै आएका ४२ परिवार माथि जातिय अपशव्द डुम भन्दै गालीगलौज गर्दै आएका छन । गत पुष महिनामा मात्रै भुवापर्वको जात्रामा हेर्न गएका ७ जना दलित माथि खुकुरी प्रहार गरी शक्त घाईत बनाएको घटना सेलाउन नपाउदै चैत २ गते सोही गाउँका विसे कामीलाई मराणशन्न हुने गरी कुटपिट गरी खोलामा फालेको अवस्थामा भेटिएको थियो । घाईते कामीको अवस्था अझै पनि गम्भीर रहेकाले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन ।

घटना घटाउन प्रत्यक्ष रुपमा सहयोग गर्ने गौमुल गाउँपालिका ५ का धन बहादुर रोकाया,ज्ञान बहादुर रोकाया,र जनक बहादुर रोकायालाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न उनिहरुले प्रसाशनलाई बुझाएको ध्यानाकर्षण पत्रका भनेका छन । खुकुरी प्रहार गरी ७ जना घाईते बनाउने धन बहादुर रोकाया र ज्ञान बहादुर रोकाया प्रहरीले पक्राउ गर्नुको साटो जिल्लाबाट भगाउन सहयोग गरेको आरोप दलित अधिकारकर्मीहरुको छ । ध्यानाकर्षण पत्रमा घटनाका दोषीलाई कारबाही नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुुक बहादुर क्षेत्रीले अमानवीय र जातिय विभेदका घटना घटाउने जो कोही दोषीलाई पक्राउ गरी कानुन वमोजिक कारबाही गर्ने प्रतिबद्धता जनाएको दलित अधिकारकर्मीले जानकारी दिए ।
घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिने र पिडितलाई न्याय दिलाउन आफु कटिबद्ध रहेको समेत प्रजिअ क्षेत्रीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्