RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/७/४ गते
४३५ पटक

काठमाडौं । जुरी नेपालको तेस्रो सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

जुरी नेपालका कार्यकारी निर्देशक मोहनलाल आचार्यले आर्थिक वर्ष २०७८।०७९ सम्पन्न भएका मुख्य मुख्य गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।

जुरी नेपालकी प्रशासन तथा वित्त संयोजक सुनितासिंह ठकुरीले आर्थिक वर्ष २०७९।०८०को आय व्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका मुख्य पाहुना राष्टिय दलित आयोगका देवराज विश्वकर्माले मधेश प्रदेशमा दलित समुदायका ७५ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नभएको बताउनुभयो । जन्म दर्ता नहुने बालबालिकाहरुको शिक्षा आर्जनबाट बञ्चित रहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशमा पनि दलित बालबालिकाहरु शौक्षिक रुपमा पछाडि नै रहेको उहाँले बताउनुभयो । राष्टिय मानवअधिकार आयोगका सहचिव नवराज सापकोटाले मानवअधिकार मैत्री सीटी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा गैरसरकारी महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले सामाजिक परीक्षण तेस्रो पक्षबाट गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम जुरी नेपालकी उपाध्यक्ष रुक्मणी महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जुरी नेपालका साँझेदारी संस्थाहरु जागरण मिडिया सेन्टरका महासचिव भीम बहादुर विश्वकर्मा, दलित महिला संघका व्यवस्थापक सुरेश विश्वकर्मा, सिद्दार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका सल्लाहकार पोमनारायण पौडेल लगायतले जुरी नेपाल दलित तथा सीमान्तकृत समुदायका क्षेत्रमा काम गरी परिवर्तनका लागि सहयोग बनेको बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्